समाचार

छोरीलाई बचाउन खोज्दा बाबुको पनि मृत्यु

स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए। उद्धार गरी उनीहरूलाई वालिङस्थित अस्पताल लगिएको थियो। चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ। पुरा पढौ

रूकुम पश्चिम तरूण दलका अध्यक्ष पक्राउ

रूकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा कार्यरत सव-इन्जिनियरलाई नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका अध्यक्षसमेत रहेका निर्माण व्यवसायी रागेन्द्र शाही (राजु) ले कुटपिट गरेका छन्। सव-इन्जिनियर दीपक शाहलाई बुधबार अपरान्ह ३: ३० बजे शाहीले कुटेको आरोप छ। प्रहरीले शाहीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी नायब उपरीक्षक विष्णु सोतीले सव-इन्जिनियरमाथि कुटपिट गरेका शाहीलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको बताए। शाहीले गाउँपालिका अध्यक्ष जनककुमार बाठा मगरकै अगाडि सव-इन्जिनियरमाथि कुटपिट गरेको आरोप छ। वैशाखमा भएको चुनावमा जनककुमार नेपाली कांग्रेसबाट अध्यक्ष जितेका हुन्।… पुरा पढौ

करारका कर्मचारीको म्याद थप्न गाउँपालिका राष्ट्रिय महासंघको अनुरोध

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करार सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गर्न स्थानीय सरकारहरूलाई अनुरोध गरेको छ। गाउँ/नगरले साउन १ देखि करारका कर्मचारीको म्याद थपेका छैनन्। स्थानीय तहमा करारतर्फका सरसफाइ गर्नेदेखि सवारी चालक र स्वास्थ्यकर्मी, शिक्षक रिक्त अवस्था छ। यसरी एकमुष्ट रूपमा करार सेवाका कर्मचारी नहटाउन महासंघले आग्रह गरेको हो। अनुभवी कर्मचारी हटाउँदा स्थानीय सरकारका कामकारबाहीमा पनि असर पर्ने महासंघको भनाइ छ। लोक सेवा/प्रदेश लोक सेवाबाट सिफारिस भई कर्मचारी नआएसम्मका लागि करार सेवाका कर्मचारीलाई नै निरन्तरता दिन महासंघले… पुरा पढौ

गण्डकी सरकारले ५० करोडको सेयर लगानी गर्ने, तर कहाँ गर्ने टुंगो छैन

गण्डकी प्रदेश सरकारले यो वर्ष ५० करोड रुपैयाँ विभिन्न क्षेत्रमा सेयर लगानी गर्ने तयारी गरेको छ । बजेटभित्रको वित्तीय व्यवस्था शीर्षकबाट तीन शीर्षकमा लगानी गर्न लागेको हो । विभिन्न संस्था तथा कम्पनीहरूमा सेयर लगानी गर्न २० करोड छुट्याएको छ भने जलविद्युतहरूमा लगानी गर्न १५ करोड र खानी सन्चालनमा लगानी गर्न १५ करोड विनियोजन गरेको छ । तर, विनियोजित बजेट लगानी गर्ने मापदण्ड प्रदेश सरकारसँग छैन । यसअघि नवलपुरको हुप्सेकोटमा रहेको धौवादी फलामखानीमा लगानी गर्न सरकारले बजेट नै छुट्याएको थियो ।… पुरा पढौ

सुदूरपश्चिम सरकारले ल्याएको बजेट बिचौलियाको सेटिङमा वितरण !

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को ०७५ साल फागुन १ गते बसेको बैठकले प्रदेशका ९ जिल्लामा रहेका ९ वटा सडक योजनालाई गौरवका योजनाको रूपमा कार्यान्वयन गर्ने निर्णय गर्‍यो। निर्णय भएको झण्डै डेढ वर्षपछि ०७७ साल साउन १० गते गौरवका सडक आयोजना निर्माणको काम शुभारम्भ गरियो। तत्कालीन प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले सर्भे र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम पूरा भएपछि गौरवको सडकको निर्माण सुरु भएको बताउनुभएको थियो तर गौरवका सडक योजना कार्यान्वयन गर्दा विस्तृत सम्भाव्यता अध्ययन नगरेको पुष्टि भएको छ।… पुरा पढौ

स्रोत नखुलेको साँढे ४१ लाख नगदसहित पक्राउ

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ४१ लाख ५५ हजार रुपैयाँसहित भारत विहार पूर्वी चम्पारण थाना रक्सौल-११ बस्ने २५ वर्षीय राकेश कुमारलाई २०७९ साउन ४ गते बुधबार विहान प्रहरीले पक्राउ गरेको छ । भारतको रक्सौलबाट वीरगंजतर्फ बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाईकललाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी तथा ट्याङ्कीमा लुकाई राखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।  उनी उपर बैंक तथा वित्तीय संस्था ऐन,… पुरा पढौ

ललितपुर महानगरले यस पटक ‘सुशासन वर्ष’ मनाउने

ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० लाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ । आज ललितपुर महानगरपालिकाको नगरसभाबाट चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गर्ने क्रममा उक्त निर्णय गरिएको हो । महानगरपालिका प्रमुखले चिरीबाबु महर्जनले चालु आर्थिक वर्ष सुशासन वर्षको रुपमा मनाइने बताउनुभएको छ । उहाँले सुशासन वर्षमा महानगरले खर्च कटौती गरेर, बेरुजु उल्लेख्य मात्रामा घटाएर, पारदर्शिता प्रवद्र्धन गरेर, वडालाई विकासको केन्द्रको रुपमा विकसित गरेर र कार्यसम्पादन सम्झौता गरेर… पुरा पढौ

मनहरी गाउँपालिकामा ३० करोड बेरुजु

मकवानपुरका १० पालिकामध्ये तेस्रो ठूलो र बागमती प्रदेशकै सबैभन्दा बढी आन्तरिक आय भएको मनहरी गाउँपालिकाको आर्थिक प्रगतिमा निरन्तर प्रश्न चिह्न खडा हुँदै आएको छ । अघिल्लो कार्यकालको समीक्षा गर्दा झण्डै ३० करोड रुपैयाँ बेरुजु पाइएको छ । ०७७/७८ मा मकवानपुरको बकैया गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । यसअघि ५८ औँ प्रतिवेदनमा थाहा नगरपालिकाको बेरुजु सबैभन्दा कम थियो । बकैया गाउँपालिकाको १ अर्ब ४९ करोड ३८ लाख ४० हजार रुपैयाँको लेखा परीक्षण गरिँदा १ करोड ५२ लाख ६८ हजार अर्थात् १.०२ प्रतिशत बेरुजु देखिएको… पुरा पढौ

जर्नेलले जोडे अथाह सम्पत्ति,स्रोतबारे दुनियाँ बेखबर

नेपाली सेनाका एकजना उपरथीको अथाह सम्पत्तिबारे जङ्गीअड्डाभित्र चर्चा हुन थालेको छ । दुई तारे जर्नेल सीताराम खड्कालाई हिजोआज अरबपतिको विशेषण भिराइएको छ । छोटो समयमा अरबपतिको पहिचान बनाएका खड्का बहालवाला हाकिममध्ये सम्भवत: सबैभन्दा धनीमा पर्ने अड्कल लगाइएको छ । प्राप्त पत्रअनुसार सामान्य आम्दानी हुने एउटा जर्नेलले काठमाडौंदेखि झापासम्मका आकर्षक सबैजसो शहर र बजारमा जग्गा जमिन जोड्नुको कारण प्रष्ट छैन । ती जग्गा सबै उनको नाममा नरहेको बताइन्छ । कुनै आफ्नो नाममा,कतै श्रीमतीको त कुनै कुनै ससुराको नाममा राखिएको पत्रमा दाबी… पुरा पढौ

युरेनियम बेच्न ठिक्क परेका १५ जना समातिए

मोरङको विराटनगरबाट प्रहरीले युरेनियमसहित १५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई विराटनगरका छुट्टाछुट्टै स्थानबाट समातिएको हो । विभिन्न मितिमा पक्राउ गरिएका उनीहरुबाट दुई किलो युरेनियम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक राजन कार्कीका अनुसार आइतबार एक किलो ८७ दशमबल ३ ग्रामसहित विराटनगर–९ बाट आठ जना पक्राउ परेका हुन् । हिजो विराटनगर महानगरपालिका–३, को डेरी फार्म नजिकैबाट ९७८ दशमलब ६ ग्रामसहित सात जना पक्राउ परेका हुन् । आइतबार मोरङको धनपालथान गाउँपालिका–७ का ४१ वर्षीय शिवशंकर पासवान,… पुरा पढौ