समाचार

पूर्वउपसचिव केसीले बनाए अबैध सम्पत्ती बैंद्य बनाउन फर्जी विवरण

अर्थ मन्त्रालयबाट गत वर्ष अवकाश पाएका एक सरकारी कर्मचारीले सेवामा रहँदा गैरकानुनी आर्जन गरेको सम्पत्ति वैध देखाउन कृषि आम्दानीदेखि घर बहालसम्मका फर्जी विवरण पेस गरेको भेटिएको छ । प्यूठान नगरपालिका–६ माझकोट घर भई कोटेश्वर बस्दै आएका पूर्वउपसचिव दानबहादुर केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार २ करोड १० लाख १० हजार ८ सय ८२ रुपैयाँ बिगो, त्यही बराबर जरिवाना र कैद सजाय मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । केसीकी पत्नी सुशीला पण्डितलाई पनि अख्तियारले स्रोत नखुलेको सम्पत्ति जफत र रोक्का प्रयोजनका… पुरा पढौ

बालेनको काम : फुटपाथ हटाउनेदेखि राजस्व उठाउनेसम्म !

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा ठूल्ठूला दललाई हराउँदै काठमाडौं महानगरपालिकाका मेयरमा बालेन्द्र शाह निर्वाचित भए । नेपाली कांग्रेस, नेकपा एमालेलगायतका राजनीतिक दललाई पाखा लगाएर काठमाडौंबासीले बालेनलाई आफ्नो अभिभावक चुने । चुनावअघि उनको नाम कसैले पनि सुनेका थिएनन् । तर, मधेशी मूलकै भएपनि काठमाडौंका स्थानीयले उनीमाथि विश्वास गरे । बालेन आएपछि धेरै क्षेत्रमा परिवर्तन भएका छन् ।विगत दुई दशकदेखि फुटपाथ पसल थाप्ने क्रम एकदमै बढेको थियो । न्यूरोड, असन, इन्द्रचोकतिर त पाँच दशक नै भइसकेको थियो, फुटपाथमा व्यापार… पुरा पढौ

काठमाडौंका घरबेटीका लागि महानगरले ल्यायो नयाँ नियम

घर बहालमा दिनेहरूका लागि काठमाडौं महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ। यो निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ। काठमाडौंमा घर बहालमा लगाउने चलन व्यापक छ। त्यसैले यो निर्देशिका प्रत्येक घरबेटी र डेरावाला निम्ति चासोको विषय हो। यसै सन्दर्भमा हामीले घर बहालसम्बन्धी निर्देशिका-२०७९ मा के-के व्यवस्था गरिएको छ भनेर काठमाडौं महानगर राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेसँग कुरा गरेका छौं। 'घरबेटीले सबभन्दा पहिला ख्याल गर्नुपर्ने भनेको… पुरा पढौ

वृद्ध दम्पतीको कथाको भिडियो खिचेर ल्याएपछि सिर्जना गरिएको ‘सुनाखरी’

उच्च पहाडी भेगमा रहेको एक घर-कटेरो । घरमा वृद्ध दम्पती छन् । छोरा-बुहारी विदेशमा । एकअर्काको सहारा भन्नु नै वृद्ध श्रीमानलाई श्रीमतीको अनि वृद्धा श्रीमतीलाई श्रीमानको । एकलाई घाउ हुँदा अर्कोलाई दुख्छ, एकलाई पानीले भिजाउँदा अर्कोको मन भिज्छ । यो कथा पछिल्लो दशकको नेपाली समाजको समाजको आम कथा हो । यसलाई दृश्यमा मार्मिक ढंगले उतारेको छ, आर्टमाण्डुले । पूर्वी पहाडी जिल्ला पाँचथरको लेक क्षेत्र नुनथलामा यस्तै जीवन बिताइरहेका वृद्ध दम्पती कुमारध्वज राई र कुशमाया राई आफैं चित्रित छन् भिडियोमा ।… पुरा पढौ

लघुवित्तको ऋण : जति तिरे पनि सकिंदैन

सुविस्ता र सन्तानको राम्रो भविष्य कल्पेर २० वर्ष अगाडि तनहुँको घिरिङ गाउँपालिका गजरकोटबाट रौतहट झरेकी थिइन्, देवीमाया परियार । ‘बर्मा गए पनि कर्मसँगै’ भने झैं उनलाई दुःखले यहाँ पनि पछ्याउन छाडेन । बेला–बेला उनलाई लाग्छ, यहाँ भन्दा त बरु पहाडमै सुख थियो ! चन्द्रपुर नगरपालिका बसन्तपुरको ऐलानी जमिनमा बनेको सानो छाप्रोमा ७० वर्ष लागेकी देवीमाया एक्ली छन् । देवीमायालाई थातथलो छोडाएर ल्याउने उनका जेठा छोरा मीनबहादुर परियार नै यतिखेर कहाँ छन् भन्ने थाहा छैन । छोराको घरको ढोकामा नयाँ ताल्चा… पुरा पढौ

एउटै अभियोगमा सांसदलाई माफी, अर्का अभियुक्त जेलमै

१३ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी आइतबार कैलाली कारागारबाट रिहा भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा आम माफी दिएपछि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट निर्वाचित सांसद चौधरी रिहा भएका हुन् । १९ माघमा बाँकेको कोहलपुरबाट पक्राउ परेर १७ दिन थुनामा बसेका चौधरी रिहा भएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेता कार्यकर्ताले कैलाली कारागार पुगेर स्वागत गरेका छन् भने अबिर र मालाले चौधरीलाई बधाई समेत दिए । आफ्ना सांसद चौधरीले… पुरा पढौ

कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ

कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–६ का ३६ वर्षीय तुलबहादुर बि.क‍. र जुम्लाको तातोपानी गाउँपालिका– ४ राउतवाडा का ५० वर्षीय तुलबहादुर खत्री रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले उनीहरुलाई कुइनेबाट चिसापानीतर्फ जाँदै गर्दा चिुतवाको छालासहित से ५ प ८०३१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले खत्रीसँग रहेको झोला चेक गर्दा लम्बाई ७ फिट… पुरा पढौ

एउटा लघुवित्तलाई तिर्न अर्कोबाट ऋण, एउटै व्यक्ति १२ संस्थाको ऋणी

जीविकोपार्जन सहज बनाउने उद्देश्यले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका महिलाहरु कसरी एक पछि अर्को लघुवित्तको ऋणी बन्दै गए र अहिले धान्नै नसक्ने ऋणको दलदलमा फसे ? बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ र ६ का महिलाहरुलाई भेटेपछि अनलाइन खबरका बिजय पराजुलीले तयार पारेको रिपोर्ट । १० वर्षअघि छिमेक लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएकी जितपुर सिमरा उपमहानगर– ६ नगौलकी जानकी देवी अहिले १२ वटा लघुवित्तको ऋणी बनेकी छन् । किराना पसल चलाउन ऋण लिएकी उनी पसलको आम्दानीबाट ऋणमुक्त हुनुपर्नेमा झन् बढ्दै जाँदा अहिले… पुरा पढौ

शिवरात्रीको सच्चा उपवास

ब्रह्माकुमारी बिन्नी, नयाँबजार, पोखरा शिवरात्रीको आगमनसँगै एक नयाँ उत्साह र खुशीका साथै भगवान शिवप्रतिको दिलको प्रेम शिवका भक्तजनहरुमा उजागर भएर अवश्य आउँछ । आसुतोष शिवलाई प्रसन्न गर्नका लागि त्यस शुभ दिनमा व्रत बस्ने, शिवको मन्दिरमा गएर दुध, फुल चढाउने र रातमा जागरण बस्ने अठोट पनि कैयौंको मनमा आएको हुन्छ । इन्टरनेट, सामाजिक सञ्जाल र संचारको व्यापकतामा अभुतपूर्वक वृद्धि सँगसँगै अहिलेको नयाँ युगमा मानवसभ्यता र नैतिकता धरासलमा परिरहेको छ । चाडपर्वहरु मनाउने तरिका, लगन, शोक र आस्थामा आएको भिन्नता किन सर्वमान्य… पुरा पढौ

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिता रावल बिरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्धा ।

श्री लोकप्रिय माध्यमिक विद्यालय, गम्था, मुगुका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षले वाचनालयसहितको पुस्तकालय निर्माणको लागि विद्यालय कोषको रकम लिई उक्त वाचनालयसहितको पुस्तकालय निर्माण नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा लोकप्रिय माध्यमिक विद्यालय गम्था मुगुका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिता रावलले विद्यालयबाट वाचनालयसहितको पुस्तकालय निर्माणको लागि रु.२,१५,०००।- बुझी लिई कुनै आधिकारिक दर्ता नै नभएको कर्णाली जनजागृति समाज नेपाल नामको गैरसरकारी संस्थासँग अनलाईन सम्झौता गरेको भनी उक्त संस्थाका अध्यक्षसँग चिनजान नै नभएकोमा सम्झौताबापतको पैसा सदानन्द भट्टराईको नाममा पठाई… पुरा पढौ