समाचार

सुचनाको हकका लागि राष्ट्रिय महासंघको उपत्यका प्रदेश समिति गठन

सुचनाको हकका लागि राष्ट्रिय महासंघका ७ वटै प्रदेशमा प्रदेश समितिले पुर्णता पाई रहँदा बागमति प्रदेशसँग उपत्यका जोडिन सकेको थिएन । सँघिय राजधानी रहेको उपत्यका  नजोडिदा महासँघले पुर्णता पाउन नसकेको महसुस गरी  महासँघ केन्द्रीय समितिले उपत्यकालाई छुट्टै प्रदेश बनाउने निर्णय अनुसार  सुचनाको हकका लागि राष्ट्रिय महासँघका अध्यक्ष उमीद बागचन्द र र केन्द्रीय उपाध्यक्ष दीपक आचार्यको उपस्थितिमा महासँघको उपत्यका प्रदेश समिति गठन भएको हो । पहिलो चरणमा चैत्र २८ गते पहिलो पटक बसेको भेलाबाट बैशाख ४ गते अर्को भेला गरि सुचनाको हकका… पुरा पढौ

सूचनाको हक र सार्वजनिक निकायको दायित्व

सूचना भन्नाले सङ्केतहरूको समूह हो, जसलाई सन्देशको रूपमा व्याख्या गर्न सकिन्छ। सूचनालाई सङ्केतको रूपमा अभिलेख राख्न वा सन्देशको रूपमा सञ्चार गर्न सकिन्छ। सूचना कुनै खास परिस्थिति वा अवस्थाको बारेमा कुनै स्रोतबाट प्राप्त वा सञ्चार गरिएको ज्ञानलाई बुझिन्छ। यो एउटा प्रश्नको उत्तर हो। सूचनाले कुनै विषयको बारेमा अज्ञानता वा अनिश्चितता हटाउन मद्दत गर्दछ। सार्वजनिक प्रशासनको क्षेत्रमा सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, तत्सम्बन्धी कामकारवाइ वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामाग्री वा जानकारी हो। सूचनाको हक भन्नाले… पुरा पढौ

कस्तो समानुपातिक निर्वाचन प्रणाली उपयुक्त ? प्रेमराज सिलवाल

लोकतान्त्रिक व्यवस्थाको प्राणजस्तै मानिएको निर्वाचन सम्बन्धमा विश्वमा विभिन्न विधि र मोडेल पाइन्छन् ।  सन् १८१९ मा बेलायतका स्कुले शिक्षक थोमस वीइट हिलले निर्वाचनबाट जनताको प्रतिनिधित्वलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा अध्ययन गरेका थिए ।  फ्रान्समा दोस्रो विश्वयुद्धपछि निर्वाचन प्रणालीको बहस भएको थियो ।  दार्शनिक जे.एस. मिलले समानुपातिक प्रणालीको समर्थन गर्दै प्रतिनिधिमूलक प्रजातन्त्रको अर्काे नाम भनेका थिए ।  स्वीट्जरल्यान्डलाई विश्वमा प्रजातान्त्रिक प्रणालीको उदाहरणका रूपमा लिइन्छ ।  त्यहाँ स्थानीय तहदेखि नै समानुपातिक प्रणालीलाई सफलतापूर्वक लागू गरिएका छन् ।  विश्वका अधिकांश मुलुकले अपनाएको… पुरा पढौ

निर्बाचन सम्बन्धि के जान्ने ?

“नागरिकले मतदानको माध्यमबाट आफ्नो अधिकार प्रयोग गर्छन् । निर्वाचन भनेको मतलाई सिटमा रुपान्तरण गर्ने विधि र तरिका हो । निर्वाचनको प्रकृति अनुसार विधि र तरिका पनि फरक फरक हुन सक्छन् । त्यसलाई हामी निर्वाचन प्रणाली भन्ने गर्छौं ।१ छनोट गरिएको निर्वाचन प्रणालीबाट मतदाताले खसाएको मतलाई संख्या परिणत गर्छ । हारजितमा रुपान्तरण गर्छ ।” “निर्वाचनको आवश्यकता अनुसार निर्वाचन प्रणाली निर्धारण हुन्छ । निर्वाचन प्रणालीका विधि तयार गर्न केही आधारहरू लिइएको हुन्छ ।”२ त्यस्ता आधारहरू मध्ये एउटा आधार भनेको– ‘देशको भौगोलिक, सामाजिक,… पुरा पढौ

२०७८ पन्चे र कम्युनिस्ट लाइ मिलाउने साल

२०७७ सालकै राजनीतिक उथलपुथलबाट पराकम्पति बनेको वर्ष २०७८ साल पनि नेपाली राजनीतिका लागि सुखद् रहन सकेन । देशमा केपी शर्मा ओली नेतृत्वको सरकार थियो । ओलीविरुद्ध पाँच दलीय मोर्चाको सिंगो गठबन्धन अर्कोतिर उभिएको थियो । दबाब, प्रभाव र प्रहारमा ओलीले सत्ता सञ्चालनको कार्यभार सम्हालिरहेका थिए । २०७७ सालको पुस ५ मा पहिलो पटक ओली मार्फत प्रतिनिधिसभाको विघटन भएको थियो । ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामाथि नै प्रहार गरेपछि मुद्दा सर्वोच्च अदालतमा गएर टुंगियो । अदालतले असंवैधानिक भन्दै ओलीको राजनीतिक कदम उल्ट्याइदिए पनि… पुरा पढौ

सही सूचना सम्प्रेषण गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा सही सूचना प्रवाह गर्न नसक्दा मतदाता प्रभावित हुनसक्ने भएकाले सही सूचना सम्प्रेषण गरिनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगले सोमबार राजधानीमा आयोजना गरेको ‘निर्वाचनका समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्तक्रिर्याको उद्घाटन गर्दै उनले सत्यतथ्य सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यमको दायित्व अझ बढेर गएको बताए । “आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन देशको महान् उत्सव हो, निर्वाचनमा हामी सबै जवाफदेही र निष्ठापूर्वक इमान्दार भएर लाग्नुपर्छ”, सभामुख सापकोटाले भने । निर्वाचनबिना लोकतन्त्र जीवित हुन नसक्ने भन्दै उनले राष्ट्र… पुरा पढौ

भ्रस्टाचार जन्य कार्यमा शिक्षक हरु किन अगाडी बढिरहेका छन ?

श्री बिश्‍वेश्‍वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेश कुमार ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग रु. ३,००,०००।- घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज प्रधानाध्यापक राकेश कुमार ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई सेवाग्राहीबाट रु. ३,००,०००।– (तीन लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रौतहट, यमुनामाई गाउँपालिका वडा नं. ४, सरुअठ्ठा स्थित चन्द्रनिगाहपुर, गौरबाट मिति २०७८।१२।३० गते नियन्त्रणमा लिई थप अनुसन्धान… पुरा पढौ

राष्ट्रिय सम्पदाको अध्यक्षमा सुनिल

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको अध्यक्षमा सुनिल पाण्डे निर्वाचित भएका छन् । यसअघि उनी समितिको महासचिव थिए । २५ औं साधारणसभा तथा १३ औं अधिवेशनले २ सदस्यपछि मनोनयन गर्ने गरी १३ सदस्यीय समिति निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा निर्मला कोइराला, महासचिव ठाकुर बराल, सचिव विन्ध्यश्वरी बराल र कोषाध्यक्ष कमलप्रसाद न्यौपाने छन् । यस्तै, सदस्यमा श्रीराम आचार्य, विष्णुप्रसाद पौडेल, दिलीप दोषी, विष्णुप्रसाद तिमिल्सिना, त्रिभुवन बराल, मिलन प्रतीक, अर्जुन भण्डारी र रामप्रसाद आचार्य छन् । गोबिन्द पौडेल संयोजक र… पुरा पढौ

१५ लाख तिरे पास नत्र फेल

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुने अधिकाशं विद्यार्थीसंग रकम असुली गरी पास गराएको अरोप सो आयोगमाथी लागेको छ । सो आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीसहितको केही सदस्यहरुले सो परिक्षामा सहभागीहुने विद्यार्थीसंग मोटो रकमको माग गरेभन्दै दुखेशो पोख्न मिडिया सम्म पुगेपछि सो अबैधधन्दाको पोल बाहिर आएको हो । सो परिक्षामा सहभागीलाई प्राडा गिरीले प्रतिव्यक्ती ३ देखि १५ लाख रुपैयाँसम्म बुझाएको खण्डमा परिक्षामा राम्रो प्रतिशतमा उर्तिण गराईदिनेभन्दै रकम माग गरेको गुनासो पीडित विद्यार्थीले नाम गोप्य राख्ने… पुरा पढौ

२०७८ चैत्र २१ गतेको सूचना आयोगको आदेश

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने व्यवस्था छ | यी पदाधिकारीहरुको नियुक्तिका लागि सभामुख अध्यक्ष, सूचना तथा प्रबिधि मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य भएको सिफारिस समिति गठन हुन्छ | सो समितिले सिफारिसमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा नेपाल सरकारले नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको… पुरा पढौ