समाचार

भिमसेन थापा गाउँपालिकाद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम

गाउँ टोल र घर घरमा स्थानीय सरकार ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध, समाजबाद उन्मुख गाउँपालिका नीति तथा कार्यक्रमका महत्वपूर्ण बुँदाहरु १) शिक्षा सम्बन्धी नीति • अध्यक्ष प्रबिधीमैत्री बिद्यालय कार्यक्रम • बिद्यालय नर्स कार्यक्रम • घुम्ती शिक्षक • नमुना सिकाई केन्द्र • बिद्यालय नक्सांङ्कन र दरबन्दी मिलान • कार्यसम्पादन करार • स्तरमापन परिक्षा • अध्यक्षसंग प्रत्यक्ष बिद्यार्थी संबाद • स्थानीय शिक्षा ऐन तथा नियमावली तयार गरिने • शिक्षक लघु अनुसन्धान कार्यक्रम • तालिमको लागी रोष्टर निमार्ण • शैक्षिक कार्यपात्रो र सिकाई… पुरा पढौ

जारको पानी किन्दापनी डराउनुपर्ने भयो

राजधानी लगायत देशभर पिउने पानीको अभावको मौका छोप्दै विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पानीको स्टिकर टाँसी अस्वास्थकर खानेपानी बिक्री वितरण गदै आएको पाईएको छ । विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पिउने पानीको नक्कली स्टिकर बनाएर गुणस्तहिन पानी जार र बोटलमा भरी खुला रुपमा बिक्री वितरण गर्नै आएको भन्दै कारबाहीका लागि उजुरी समेत परेसंगै अबैधधन्दा बाहिर आएको छ । अन्य कम्पनीको ब्रान्ड प्रयोग गरी पानीको जार बेच्ने डिआइ गाडीसहित २ जना व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौं महानगरपालीका वडा नं १४… पुरा पढौ

सुदूरपश्चिम सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजना

सुदूरपश्चिम सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट बिनियोजन गरेको पाएको छ। प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका योजना पनि राखेको पाइएको हो। लमही नगरपालिका दाङको वडा नम्बर ९ को सिरिग्ङी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुट्याइएको देखिएको हो। सिरिग्ङी खोलाको लागि प्रदेश सरकारले १० लाख र कालीखोलामा तटबन्ध निमार्णका लागि १० लाख बजेट छुट्याइएको प्रदेश सरकारको आर्थिक वर्ष ०७९/०८० को वार्षिक विकास कार्यक्रममा देखिएको छ। यस्तै रजापुर नगरपालिका ७… पुरा पढौ

सबै न्यायाधीशको सम्पत्ति छानबिनका लागि आयोग बनाउन कानुन व्यवसायीको माग

कानुन व्यवसायीहरूले सबै न्यायाधीशको सम्पत्ति छानबिनका लागि आयोग बनाउन माग गरेका छन्। बिहीबार का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै कानुन व्यवसायीहरूले न्यायाधीशको सम्पत्ति छानबिन तथा विचौलियाको रुपमा काम गर्ने कानुन व्यवसायी लगायतका व्यक्ति माथि छानबिन गरी कारबाही गर्न एक शक्तिशाली, निष्पक्ष र विश्वसनीय आयोग गठनको माग गरेका हुन्। हालै घुस लेनदेनसम्बन्धी सार्वजनिक न्यायाधीश-कानुन व्यवसायी अडियो प्रकरणले न्याय मारेर विचौलिया र न्यायाधीशले गलत रुपमा आर्थिक उपार्जन गर्दारहेछन् भन्ने प्रस्ट भएको जनाएका छन्। ‘तपाईको नेतृत्वमा श्री सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश लगायत सबै… पुरा पढौ

अख्तियारको फन्दामा परे अर्का करोडपति नासु

तल्लो तहमा जागिर खाएर अकुत सम्पत्ति आर्जन गर्ने अर्का एक कर्मचारी अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । गत वर्ष अवकाश पाएका नायव सुव्वा गणपति झासँग साढे दुई करोड रुपैयाँ अकुत भेटिएको छ । उनीविरुद्ध आयोगले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ । २०३९।०८।०९ मा गा.वि.स.सचिव (रा.प.अनं.द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरी तत्पश्चात विभिन्न पद तथा कार्यालयमा कार्यरत रही मिति २०७८ साल श्रावण महिनाबाट अवकाश पाएका थिए । यो अवधिको समग्र आय÷व्यय हेर्दा आय/आर्जनतर्फ पारिश्रमिक बचत, जग्गा बिक्री,… पुरा पढौ

नेपाल श्रीलंका कै अवस्था मा पुग्न सक्ने : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन् ।  बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयातले विदेशी मुद्रा सञ्चितिसमेत सकिँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताएका हुन् । उनले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभई निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमात्रै मुुलुकको अर्थतन्त्र लयमा आउने बताए । गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट… पुरा पढौ

कास्की आदर्श समाज कतारको आठौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम हुदैँ

दोहा / कास्की आदर्श समाज कतारको आठौं अधिबेशन तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । “कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको संस्थाले आफ्नो आठौं अधिबेशन तथा विविध सांस्कृतिक कार्यक्रम सल्वा रोड स्थित सफारी हाइपर मार्केट नजिकै रहेको कराचि रेस्टुरेन्टमा आउँदो जून २४ तारिक शुक्रबार गर्ने तय भयको संस्थाका सह सचिव तथा प्रचार बिभाग प्रमुख सन्तोष तिमिल्सिनाले बताए। कार्यक्रमलाई भब्य अनि सभ्य रूपमा सफल बनाउनको लागि संस्थाका अध्यक्ष बिक्की… पुरा पढौ

चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जना पक्राउ

लागूऔषध दूर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौं तारकेश्‍वर नगरपालिका-५ लोलाङस्थित गंगाजमुना फार्मेसी संचालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका-१ स्थायी वतन भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्‍वर नगरपालिका-५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार रहेका छन् । गंगाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधिहरु वेचबिखन गर्ने गरेको… पुरा पढौ

“कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोम को प्रायोजन

नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले प्रायोजन गरेको छ । हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले ६ महिना सम्मको लागी प्रायोजन गरेको छ। कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने विहिवार पुन प्रसारण हुने गर्दछ । पुरा पढौ

ग्लोबल आइएमई बैंकले हज यात्रीलाई विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई विदेशी मुद्रा सटहीको सुविधा दिने भएको छ । हज यात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा आईएमईले प्रदान गर्ने भएको हो । बैंकले हजयात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामंगल शाखा कार्यालयहरुबाट साउदी रियाल सहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ ।  साथै हजयात्रीहरुलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भए मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह… पुरा पढौ