समाचार

विद्यालयको जमिनबाट माटो बेचेको आरोपमा चार जनामाथि भ्रष्टाचारको मुद्दा दायर

कञ्चनपुरमा विद्यालयको जमिनबाट माटो बेचेको आरोपमा चार जनामाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ।  लालझाडी गाउँपालिका–४ बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चार जनाविरूद्ध मुद्दा दायर गरेको हो। गैरकानूनी रूपमा उत्खनन गरी माटो स्थानीय इँटा उद्योगहरूलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरूपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। सो विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, न्यू भगवती इँटा उद्योगका म्यानेजर राजेन्द्र बहादुर भाट र सिद्ध वैजनाथका प्रोपाइटर धनबहादुर… पुरा पढौ

कुवेत हिँडेका ११७ श्रमिकलाई विमानस्थलबाट फिर्ता

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत हिँडेका ११७ श्रमिकलाई विमानस्थलबाट फिर्ता पठाएको छ।  श्रम स्वीकृति लिएर हिँडेका ११७ श्रमिकहरूको कागजात शंकास्पद भेटिएपछि फर्काइएको कार्यालय प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए। उनका अनुसार यसरी फर्काइएका अधिकांश महिला छन्।  कार्यालयले भिसा शंकास्पद देखिएको भन्दै बुधबार साँझ सलाम एयरमार्फत् कुवेत जान लागेका १०१ जना फर्काएको हो। भिसा शंकास्पद देखिएपछि बिहीबार पनि कुवेत हिडेका १६ जनालाई फर्काएको हो।  उनीहरूले विभिन्न म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएका थिए। कुवेतस्थित विभिन्न कम्पनीहरूमा काम गर्ने भनेर श्रम स्वीकृति दिइएको थियो। … पुरा पढौ

आफ्नै छोरीलाई बलात्कार गर्ने बुवा थुनामा

छोरीलाई बलात्कार गर्ने बुवालाई दैलेख जिल्ला अदालतले ३३ वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार उक्त फैसला गरेको हो। दैलेखका ५० वर्षीय ती बाबुले १७ वर्षीया आफ्नी छोरीलाई २०७९ चैत १ गते बलात्कार गरेका थिए। चैत २१ गते बालिका पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो। २१ गते नै प्रहरीले अभियुक्त बुवालाई पक्राउ गरेको थियो। बलात्कार पुष्टि भएपछि बुलावाई हाडनाता करणी मुद्दामा २५ वर्ष र उमेरअनुसारको करणी मुद्दामा ८ वर्ष गरी ३३ वर्ष कैद सजाय सुनाइएको हो। मुलुकी… पुरा पढौ

सुदूरपश्चिम प्रदेशमा बजेट प्रति सांसदहरू नै असन्तुष्टि

बजेटलाई लिएर सुदूरपश्चिम प्रदेशमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले असन्तुष्टि जनाएका छन्।  सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वमा सरकार छ। कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह मुख्यमन्त्री छन्। अर्थमन्त्री भने एकीकृत समाजवादीका नरेश शाही छन्। उनले गत असार १ गते सदनमा बजेट पेश गरेका थिए। बजेटमाथि यसअघि प्रदेश सभामा छलफल हुन सकेको थिएन। आफूहरूले प्रस्ताव गरेका योजनामा बजेट नपरेको भन्दै सत्तारूढ दलकै सांसदहरू सरकारसँग असन्तुष्ट छन्। प्रदेश सभामा बैठक नगरेर मुख्यमन्त्री कार्यालय, संसदीय दल… पुरा पढौ

धम्क्याएर ३० करोड माग गर्ने व्यक्ति पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड माग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार महाराजगञ्जबाट रमेश गुरूङलाई पक्राउ गरेको एसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनले केही दिनअघि प्रसाईंलाई फोन गरी ३० करोड रुपैयाँ चन्दा माग गरेका थिए । तर बार्गेनिङ गर्दा पाँच करोडसम्मको ‘डिल’ भइसकेको थियो । रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रसाईंको आरोप छ । यसरी पैसा माग गरेको भन्ने खबर पाएपछि केही दिनदेखि सिआइबीले उनको खोजी गरिरहेको थियो । त्यही… पुरा पढौ

आँखाको निःशुल्क उपचार गर्ने सम्बन्धी सम्झौतापत्र

नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेसनका बीचमा आपसी सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ । उक्त सम्झौतापत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रा डा चेतराज पन्त र फाउन्डेसनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका हुन् । फाउन्डेशनले सन् २०२३ का लागि करिब आठ हजार आँखाका बिरामीको निःशुल्क शल्यक्रियाका लागि सङ्घलाई अनुदान रकम उपलब्ध गराउने छ । सङ्घले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रममार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित नागरिकको निःशुल्क आँखाको उपचार गर्ने सङ्घका महासचिव भरतबहादुर चन्दले बताए… पुरा पढौ

विषालु च्याउ खाँदा ११ जना अस्पतालमा भर्ना

डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना  विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।  बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको… पुरा पढौ

सुनको सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझीलाई पक्राउ गरिएको जानकारी गराएको हो । पछिल्लो एक महिनायता विशेष गरी मोर्निङ वाकमा निस्किने महिलाहरुको घाटीमा लगाइएको सुनको सिक्री लुटिने क्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताउनु… पुरा पढौ

खानेपानीको ट्याङ्की निर्माणको नाममा ८ जना मिलि भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला हुम्ला, चंखेली गाउँपालिका वडा नं.-२ स्थित खानेपानीको ट्याङ्की निर्माणको लागि आ.व. २०७८।०७९ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रकम बिनियोजन भई उपभोक्ता समितिलाई कामको जिम्मा दिएकोमा आधा काम बाँकी हुँदै ट्याङ्की निर्माणको काम सकियो भनी फर्जी विल भरपाई पेश गरी सम्पूर्ण रकम निकासा लिई हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा चंखेली गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीले आ.व. २०७७/०७८ मा जिल्ला हुम्ला, चंखेली गाउँपालिका वडा नं. २ देवकोटाबाडास्थित खानेपानी ट्याङ्की निर्माण समेतका कार्यमा काम नै नगरी… पुरा पढौ

वडा अध्यक्ष बुलन यादव उपर घुस लिएको सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला धनुषा, नगराइन, नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वुलन यादव र सोही वडाका वडा सचिव अमृत नारायण मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, वर्दिवासबाट खटिई गएको टोलीले निज वडाअध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई सेवाग्राहीबाट रु.७०,०००।–(सत्तरी हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा जिल्ला धनुषा, नगराइन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बुलन यादव र वडा… पुरा पढौ