समाचार

कसैलाई हजार, कसैलाई ७ हजार भत्ता

पाल सरकारका कर्मचारीको तलब भत्ता सरकारी नियम अनुसार सबैलाई समान हुनुपर्ने हो । तर सरकारका कर्मचारीको भत्ता भने फरक–फरक रहेको पाइएको छ । जुन कर्मचारीलाई जे कामको जिम्मेवारी दिइएको हो, त्यो काम गर्दा भत्ता लिनु नपर्ने हो । तर उनीहरूले अतिरिक्त भत्ता लिएको पाइएको छ । नेपाल सरकारका मन्त्रालय, विभाग र शाखा कार्यालयमा कार्यरत कर्मचारीको भत्ता एक हजारदेखि तीन हजारको बिचमा रहेको छ । उनीहरूले अतिरिक्त काम गरे वापत यस्तो भत्ता पाउने सुविधा छ । यसरी धेरै मात्रामा भत्ता लिने… पुरा पढौ

खाँडाचक्र नगरपालिकाका स्वतन्त्र मेयर नेकपा एस प्रवेश

कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा एस प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममाझ शाहीलाई अध्यक्ष माधवकुमार नेपालले आज स्वागत गरेका छन् । वैशाख ३० को स्थानीय चुनावमा स्वतन्त्र उठेका शाही २९१९ मत ल्याएर मेयरमा विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका जसीप्रसाद पाण्डेले भने २६०९ मत ल्याएका थिए । शाहीलाई माओवादी र नेकपा एसको समर्थन थियो । यस नगरपालिकामा माओवादीले उपमेयर जितेको छ । पुरा पढौ

सहकारीको १५ लाख चोरी

काठमाडौंको नागार्जुन नगरपालिका–४ स्थित एक सहकारीबाट लाखौँ रकम चोरी भएको छ । बाफल, सोल्टीदोबाटोस्थित सेती गणेश ऋण तथा बचत सहकारी संस्थाबाट करिब १५ लाख रूपैयाँ चोरी भएको हो । अज्ञात समूहले सहकारी संस्था रहेको भवनको मूलढोकाको ताल्चा फुटाई रकम चोरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको छ । पुरा पढौ

अम्बानीलाइ जिते अदानीले

अमेरिकी चर्चित म्यागेजिन फोर्ब्सले विश्वका धनीहरुको सूची सार्वजनिक गरेको छ । पछिल्लो सूचीमा टेस्लाका मालिक एलन मस्क सबैभन्दा अगाडि छन् । २३४ अर्ब डलरको सम्पत्तिसहित उनी पहिलो नम्बरमा पुगेका हुन् । दोस्रो नम्बरमा एलभीएमएच कम्पनीका मालिक बेनेर्ड अर्नल्ट देखिएका छन् । उनको कूल सम्पत्ति १५४ अर्ब डलर छ । अमेजनका जेफ बेजोस १४३ अर्ब डलरका साथ तेस्रो नम्बरमा आइपुगेका छन् । तर भारतका पूर्वाधार व्यवसायी गौतम अदानी ११५ अर्ब डलरसहित चौथो स्थानमा रहेको सूचीले बताउँछ । भारतीय डलर अर्बपति मुकेश… पुरा पढौ

वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा लक्षित यो कार्यक्रममा अनियमितता

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चालन गरेको समृद्धि कार्यक्रममा व्यापक अनियमितता भइरहेको पाइएको छ। गरिबीको रेखामुनि रहेका र वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा लक्षित यो कार्यक्रममा परामर्शदाता नियुक्ति तथा सम्झौता संशोधनका नाउँमा अनियमितता भएको पाइएको हो। महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार कर्मचारीबाट गर्न सकिने काममा परामर्शदाता राखिएको र परामर्शदाताका नाममा गत आर्थिक वर्षमा ५ करोड ४१ लाख २३ हजार भुक्तानी गरिएको उल्लेख छ। समृद्धि कार्यक्रम तराई तथा पहाडका १६ जिल्लामा सञ्चालनमा रहेको छ। गरिबीको रेखामुनि रहेका र वैदेशिक रोजगारीमा गएका व्यक्तिको… पुरा पढौ

झापामा मरिसकेका २० जनाले बुझे भत्ता

झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ताबापतको रकम प्रदान गरेको पाइएको हो। सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि-२ ०७५ ले लाभग्राहीको नाम, दर्ता, नवीकरण, लगतकट्टा तोकिएको मितिभित्रै गर्नुपर्ने व्यवस्था गरेको छ। सोही कार्यविधिले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नियमित रूपमा अनुगमन गर्नुपर्ने, केन्द्रीकृत सूचना प्रणालीमा प्रविष्ट गरी अद्यावधिक गर्ने जिम्मेवारी सामाजिक… पुरा पढौ

जग्गा नहुनेले जग्गा सहित लालपुर्जा समेत पाउने गरि सहमति

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने लक्ष्यका साथ राष्ट्रिय भूमी आयोग र खोटाङका १० स्थानीय तह बीचमा सम्झौता गरिएको छ । भूमिहीन तथा अव्यवस्थित बसोबास गर्नेकाे पहिचान गर्नेदेखि आवश्यक जमिन उपलव्ध गराएर लालपुर्जा वितरणसम्मका कामका लागि भूमि आयोग र स्थानीय तहका प्रमुखबीच सम्झौता भएको हो ।  भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने कार्यका लागि दिक्तेलमा आयोजित जिल्ला स्तरिय अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र १० स्थानीय तहका प्रमुख-उपप्रमुख बीचमा २३ बुँदे… पुरा पढौ

एनजीओका १ हजार १५५ वटा प्रोजेक्टलाई साढे २६ अर्ब बजेट स्वीकृत

समाज कल्याण परिषद्ले दश महिनामा गैरसरकारी संस्था (एनजीओ)को साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिना अर्थात २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा परिषद् एनजीहरुको उक्त बजेट स्वीकृत गरेको हो । परिषद्का अनुसार दश महिनामा स्वीकृत भएको कूल बजेट २६ अर्ब ६७ करोड ४४ हजार ५८३ रुपैयाँ रहेको छ । यो रकममध्ये एनजीओहरुले २६ खर्ब १२ करोड ३० लाख ४० हजार १८६ रुपैयाँ बाह्य दाताबाट प्राप्त गर्नेछन् । बाँकी ५४ करोड… पुरा पढौ

गेट सुरक्षा को जिम्मा सेक्युरुटि लाइ दिएकोमा महालेखाको प्रश्न

पोखरा महानगरपालिकसँग हाल २८ जना नगर प्रहरी छन् । २९ जनाको दरबन्दी रहेकोमा केही समयअघि एकजनाको अवकाश भएपछि २८ जनाले काम गर्दै आएका छन् । उनीहरुको प्रमुख काम नगरभित्र शान्ति सुरक्षा कायम गर्ने र वाञ्छित क्रियाकलाप हुनबाट रोक्ने हो । तर पोखरा महानगरपालिकाले आफ्नै नगरप्रहरी हुँदा हुँदै बाहिरबाट सेक्युरिटी गार्ड ल्याएर गेटको सुरक्षा गर्न राखेको छ । महानगरको गेटमा राख्नका लागि कान्तिपुर सेक्युरिटी सर्भिसबाट २ जना सेक्युरिटी गार्ड राखेको हो । उनीहरुलाई मासिक ५४ हजार २ सय ३६ रुपैयाँ तलव… पुरा पढौ

मकवानपुरमा अटोरिक्साबाट ३३५ किलो गाँजा बरामद

मकवानपुरको भीमफेदीबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। नेपाल प्रहरीको महानिरीक्षकको सचिवालयको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भीमफेदी गाउँपालिका–२ गुम्बाडाँडास्थित सडकमा रोकिराखेको ना२ह ४४० नम्बरको अटोरिक्साबाट ३३५ किलो ३८१ ग्रा गाँजा बरामद गरिएको हो।  प्रहरीका अनुसार अटोरिक्सा चालक फरार छन्। विशेष सूचनाका आधारमा बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त अटोरिक्सा जाँच गर्दा १२ बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो। फरार अटोरिक्सा चालकको प्रहरीले खोजी गरिरहेको जनाइएको छ।  पुरा पढौ