समाचार

अख्तियारले सूचना नदिनुको कारण माग्दै राष्ट्रिय सूचना आयोग

राष्ट्रिय सूचना आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्ना पदाधिकारी तथा उच्च कर्मचारीको सम्पत्ति विवरणबारे सूचना नदिनुको कारण मागेको छ। प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीले सोमबार यस्तो आदेश जारी गरेका हुन्।  भक्तपुर सूर्यविनायक ४ बस्ने शशि विक्रम कार्कीले अख्तियारका प्रमुख आयुक्त, आयुक्तहरु तथा उच्च पदस्थ कर्मचारीहरुले कुन कुन मितिमा, कुन निकायमा सम्पत्ति विवरण बुझाए? भन्ने सूचना माग गरेका थिए।  अख्तियारका सूचना अधिकारी र कार्यालय प्रमुखले उक्त सूचना नदिएपछि कार्कीले राष्ट्रिय सूचना आयोगमा उजुरी गरेका… पुरा पढौ

कुल १ करोड ८ लाख ३६ हजार राजस्व चुहावट गरेको आरोपमा २ जना पक्राउ

 राजस्व अनुसन्धान विभागले भ्याट रकम दाखिला नगरेको र कारोबार समेत लुकाएको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । रुपन्देही सांस्कृतिक नगरपालिकास्थित बुद्धनगर स्थायी ठेगाना भएका साझा रेस्टुरेन्टका प्रोप्राइटर प्रकाश यादव र सोही नगरपालिका कालिमाटी बस्ने विष्णु यादवविरुद्ध विभागले उच्च अदालत तुलसीपुरकाे बुटवल इजलासमा मुद्दा दायर गरेको हो । साझा रेस्टुरेन्टको सम्पूर्ण कारोबार पेश नगरेको, भ्याटमा दर्ता भई कारोबार गर्नुपर्नेमा नगरेको, ठूलो बिक्रीलाई कारोबारबाहिर राखेर लुकाएको विभागले जनाएको छ । यी यादवद्वयले मूल्य अभिवृद्धि र आयकरतर्फ गरी कुल १ करोड ८ लाख ३६… पुरा पढौ

कुल २० हजार नक्कली नोट सहित ४ जना पक्राउ

रौतहटमा नक्कली नेपाली नोटसहित चारजना युवक पक्राउ परेका छन् । मेलाको भिडमा नक्कली नोट दिएर सामान खरिद गरेका चारजना युवक पक्राउ परेका हुन । पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय संतोष पटेल,  २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर दिनेश कुंअरले बताए । दुई दिन अघि नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका ३ जिउताही टोलमा लागेको मेलामा नक्कली नोट दिएर  सामान खरिद गर्दा पसलेले इलाका प्रहरी कार्यालय कोपवा… पुरा पढौ

हेटौँडा सिमेन्ट उद्योगले निरन्तर घाटा व्यहोर्दै

हेटौँडा सिमेन्ट उद्योगले विगत ४ वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको छ । सरकारी स्वामित्वको उक्त उद्योगले आर्थिक वर्ष २०७५/०७६ देखि निरन्तर घाटा व्यहोर्दै आएको हो । उद्योगले गत ४ आर्थिक वर्षमा ६५ करोड रुपैयाँ भन्दा बढी घाटा व्यहोरेको हो । निरन्तर घाटामा चल्दा उद्योग धराशायी बन्दै गएको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कर्मचारी, उपकरण, प्रविधि, बजार अभाव, मूल्य समायोजन लगायतको समस्याका कारण उद्योग पूर्ण क्षमतामा चल्न नसकेको हो । उनले अन्य निजी उद्योगसँगको प्रतिस्पर्धात्मक बजारका कारण पनि समस्या हुँदा उद्योगको… पुरा पढौ

भ्रष्टाचार सम्बन्धी मुद्दा दायर

आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग रु.३०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज विन्दु श्रेष्ठ प्रधानलाई सेवाग्राहीबाट रु.३०,०००।- (तीस हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. २, स्थित आन्तरिक राजस्व कार्यालय महाराजगंजबाट मिति २०७९।०४।१८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । अर्को प्रदेश नं. २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ… पुरा पढौ

डुवानमा परेका जनताकाे उद्धार

 विगत केही दिनदेखि परेको अविरल बर्षाका कारण सप्तकोशी नदीको सतह बढेसँगै आएको बाढीले उदयपुर जिल्ला, बेलका नगरपालिका वडा नं. ८ मा अवस्थित लाहुरे खोच डुम्रीबोटे भन्ने स्थानबाट ५०० मिटर दक्षिण क्षेत्रमा पर्ने कोशी नदीको पश्चिम तटको बहाव बढ्न गएपछि साे क्षेत्रमा बसाेवास गर्ने स्थानीय जनताकाे बिचल्ली हुन पुगेकाे छ ।  बेलका नगरपालिकाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी, लाहुरे खोच, ए.वि.सि. टापु, भाटेपुल, सिसौली टापु, रामनगर र चिलिया टापु इलाका डुवानमा परी जनजीवन प्रभावित भएको हुँदा नेपाली सेनाको जनशक्ति तथा… पुरा पढौ

पेस्तोल, अमेरिकी डलर र सुन सहित पक्राउ

नीलकण्ठ नगरपालिका–३ धादिङबेसी थोपल खोलास्थित सडकबाट सुन, अमेरिकी डलर र ‘सेमी अटोमेटिक’ पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।  बिस्कुट आकारको सुनजस्तो देखिने पहेँलो धातु १ थान र अमेरिकी डलर ५० दरको नोट ९७ थान र १०० दरको नोट १ सय ६३ थान भेटिएपछि प्रहरले खनियाँबास गाउँपालिका–४ बस्ने बेगबहादुर तामाङ र शोभा तामाङलाई नियन्त्रणमा लिएको हो ।  लपाङफेदीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग.१ ज ६७५३ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुन र डलर फेला परेको… पुरा पढौ

स्रोत नखुलेको साढे ४९ लाख रूपैयाँसहित युवक पक्राउ

महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ।  सादा पोशाकमा खटेको प्रहरी टोलीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौं तीनचुली बस्ने वर्ष २४ का धावा घ्याल्चेनलाई बुधबार राति पक्राउ गरेको हो। बुधबार साँझ भृकुटी चोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा स्रोत नखुलेको ३२ लाख रूपैयाँ र घ्याल्जेनको कोठामा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी ४९ लाख ५० हजार रूपैयाँ बरामद भएको प्रहरीले जानकारी… पुरा पढौ

मंसिर ४ गते एकै चरणमा संघीय संसद र प्रदेश सभाको चुनाव

अबको १०८ दिनपछि नेपालमा संसदीय चुनाव हुने भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आउने मंसिर ४ गते एकै चरणमा संघीय संसद र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको हो। मतदानको दिन आइतबार परेको छ। बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३०… पुरा पढौ