समाचार

डडेल्धुराका सरकारी कार्यालयमा छड्के अनुगमन, १७३ कर्मचारी अनुपस्थित

दसैँ बिदा सकिएको हप्ता दिन बितिसक्दा सम्म पनि सरकारी कर्मचारी कार्यालयमा हाजिर भएका छैनन् । कर्मचारीहरू कार्यालयमा नआएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मङ्गलवार छड्के अनुगमन गरेको थियो ।  प्रशासनले २९ कार्यालयमा छड्के अनुगमन गर्दा २९ कार्यालयका एक सय ७३ जना कर्मचारी अनुपस्थित रहेको पाइएको बताएको छ । ती मध्ये डडेल्धुरा अस्पतालका मात्रै ९२ जना रहेका छन् । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकायाका अनुसार अनुगमनका क्रममा नौ कार्यालयका कार्यालय प्रमुख समेत अनुपस्थित रहेको पाइएको छ । अनुपस्थित… पुरा पढौ

कानुन बनाएर कोदोको रक्सी ब्राण्डिङ गर्ने छथर गाउँपालिकाको तयारी

 तेह्रथुमको छथर गाउँपालिकाले कोदोको लोकल रक्सीलाई कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको छ। घरेलु मदिरा प्रतिबन्ध लगाउनुभन्दा पनि मापदण्डअनुसार कानुन निर्माण गरेर बजारीकरणका लागि ब्राण्डिङ बनाउने तयारी गरेको छथर गाँउपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए। स्थानीय स्तरमा उपलब्ध कोदोको लोकल रक्सीको उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि कानुन निर्माण भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए। गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक नीति कार्यक्रममै घरेलु मदिरा ‘कोदोको लोकल रक्सी’ ब्राण्डिङ गर्ने कार्यक्रम अघि सारेको समेत उनले बताए।  मौलिक संस्कृति तथा परम्परागत र शिपसँग जोडिएका… पुरा पढौ

पिओएस मेशिन दुरुपयोग गरेर ठमेलमा व्यापार गर्नेले ठगे १ करोड ५८ लाख

काठमाडौंको ठमेलमा थान्का र मुर्तीलगायतको कारोबार गर्छन्, किसनराज सिंह । नयाँ बजारका रैथाने सिंह अहिले बैंकिङ कसुर मुद्दामा थुनामा छन् । पिओएस ‘पोइन्ट अफ सेल्स’ मेशिन मार्फत बैंकको रकम अपचलन गरेको मुद्दामा उनी थुनामा परेका हुन् ।  नेपाल एसबिआई बैंकबाट अनधिकृत रुपमा पिओएस मेशिनमार्फत रकम अपचलन गरेको मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको हो । उच्च अदालत पाटनले तोकेको धरौटी तिर्न नसकेपछि किसन राजलाई थुनामा पठाइएको सिआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।  किसन राज… पुरा पढौ

सूचनाको हकलाई स्कूल तहदेखि नै प्राथमिकतामा राखौं

सूचना वर्तमान समयको सबैभन्दा महत्वपूर्ण हतियार मानिन्छ । सूचना पाउनु हरेक नागरिकको हक हो । नेपालको संविधानमा यसलाई स्पष्टसँग नै तोकिएको छ । जो सँग धेरै सूचना छ, वर्तमान समयमा उही व्यक्ति हिरो हो भन्ने गरिन्छ । विज्ञान प्रविधिको यो जमानमा मानिसहरू हरेक कुना कन्दरामा भएका घट्ना, विषवस्तु र गतिविधिबारे अपडेट भइराखेका हुन्छन् । आम मानिसलाई आफ्नो भन्दा पनि दुनियाँको खबर बुझ्न हत्तार भइराखेको हुन्छ । त्यसकारण वर्तमान समस्यमा सूचना सबैभन्दा महत्वपूर्ण शक्ति हो । जो सूचना लिएर काम गरेको छ… पुरा पढौ

अख्तियारको निष्कर्ष- दैनिक सेवा दिने सरकारी निकाय सबै भ्रष्टाचारको चंगुलमा पर्‍यो

भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यका २४ वटा निकायलाई नीतिगतसहित विभिन्न सुझाव दिएको छ । आयोगले नीति तथा कानूनी र विषयगत गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै सबै प्रदेश सरकार र स्थानीय तहलाई वार्षिक प्रतिवेदनमार्फत सुझाव दिएको हो । सार्वजनिक स्रोत परिचालन र विकास परियोजना कार्यान्वयन हुने क्षेत्रका साथै जनतालाई दैनिक सेवा प्रवाह गर्न जिम्मेवार क्षेत्र भ्रष्टाचारको चंगुलमा परेको आयोगको निष्कर्ष छ । आयोगका अनुसार विशेषगरी राजस्व संकलन, सार्वजनिक खरिद, शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगारी, अध्यागमन, यातायात… पुरा पढौ

मानव बेचबिखनको आरोपमा त्रिभुवन विमानस्थलका प्रहरी नै पक्राउ

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबार नै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । उनीसँगै अर्का एक व्यक्ति समेत पक्राउ गरेको पनि उनको भनाइ छ । प्रहरीको अनुसन्धानमा मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा  नागरिकलाई विदेश पठाउने कार्यमा… पुरा पढौ

बारामा बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि २ राउण्ड गोली प्रहार

 बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनको बोर्डिङ नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको छ । गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् । स्वर्णकारले… पुरा पढौ

सुशासनका लागि सूचनाको हक

एकपछि अर्को भ्रष्टाचार र अनियमितताका घटनामा उच्च पदस्थ व्यक्ति दोषी ठहरिने क्रम बढिरहेको छ । यसले सूचना र सुशासनको महत्वलाई झनै तीव्र बनाइदिएको छ । यसको मतलब जति बढी सूचना सम्बन्धित निकायले सार्वजनिक गरिदिन्छ त्यति नै बढी देशमा सुशासन र पारदर्शिता कायम गराउन सहयोग पुग्ने अपेक्षा राख्न सकिन्छ । यो कुरा पछिल्लो समय भएका विभिन्न भ्रष्टाचारका कसुरको सार्वजनिकीकरणले प्रस्ट पारेको छ । उच्चपदस्थ व्यक्तिहरू एकपछि अर्काे समातिनुले सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा आमनागरिकमा झिनो आशा पलाएको छ । सूचनाको हक… पुरा पढौ

प्रशिक्षण केन्द्रहरुलाई सूचनाको हकको विषय तालिममा समावेश गर्ने तथा स्वत प्रकाशन गर्ने सम्बन्धी

प्रशिक्षण केन्द्रहरुलाई सूचनाको हकको विषय तालिममा समावेश गर्ने तथा स्वत प्रकाशन गर्ने सम्बन्धी नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि बिषयको सूचना माग्ने र पाउने हक हुनेछ उल्लेख गरी नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेका आफ्नो र सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने अधिकार प्रदान गरेको छ । सोही व्यवस्थालाई कार्यन्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (१) मा प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ र उपदफा… पुरा पढौ