समाचार

सूचनाको हकः एक परिचय, कार्यान्वयनका चुनौती र समाधानका उपायहरु

परिचय शासन, विकास र सेवाप्रवाहमा पारदर्शिता ल्याई सुशासन प्राप्तिमा सहयोग गर्ने एक औजार सुचनाको हक हो। जसलाई लोकतन्त्रको प्राणवायुका रुपमा समेत लिइन्छ। सुचनाको हक लोकतान्त्रिक शासन प्रणाली र खुला सरकारको मान्यतालाई संस्थागत गर्ने शिलशिलामा विकास भएको हो। लोकतान्त्रिक शासन प्रणालीमा नागरिकहरुले आफ्नो र सार्वजनिक सरोकारको विषयहरुमा माग्ने र पाउने व्यवस्थालाई नै सुचनाको हक भनिन्छ। समाजमा खुलापन र लोकतान्त्रिकरण बढेसँगै सूचनाको हक आजको विश्वको अपरिहार्य सिद्ध भइसकेको छ। सूचनाको हकलाई पहिलो पटक स्वीडेनले Freedom Press Act 1766 लागु गर्दै कानुनी रुपमा कार्यान्वयनमा ल्याएका थिए।त्यस्तै… पुरा पढौ

कुश्माका प्रमुख प्रशासकीय अधिकृत १ करोड घुष काण्डमा फरार

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुली मोबाइल स्विच अफ गरेर फरार भएका छन् l पालिका श्रोत का अनुसार पर्सि आइतबार उहाले सह सचिब को एग्जाम दिनुहुनेछ l यता कास्की प्रहरीले भने पक्राउ पुर्जी जारि गरेको भनेर कास्कीको डन न्युज अनलाइन संचार माध्यमले लेखेको छ उक्त अनलाइनले लेखेको समाचार यस प्रकार रहेको छ मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस… पुरा पढौ

कारागारबाट छुटे नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री खाण

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण केन्‍द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका छन्।  शुक्रबार दिउँसो उनी कारागारबाट छुटेर जिल्ला अदालत काठमाडौंमा गएको कारागारका सहायक जेलर मित्र लुइँटेलले जानकारी दिए। उनका अनुसार जिल्ला अदालतबाट छुटेर खाण सम्पत्ति शुद्धीकरण विभागमा जाँदैछन्।  त्यहाँबाट उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा लगिनेछ। अख्तियारबाट छुटेपछि भने उनी तारेखमा हुनेछन्। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएसँगै छुटेका हुन्। उच्च अदालतबाट जिल्ला अदालतमा मिसिल पठाएसँगै खाणका आफन्तले ३०… पुरा पढौ

चौथो पटक पनि सारियो कांग्रेस महासमिति बैठक, पुस १२ गते केन्द्रीय समिति बैठक

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ । आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको सहमहामन्त्री भिष्मराज आङदम्बेले जानकारी दिए । केन्द्रीय समिति बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन तथा महासमिति बैठकका एजेन्डाबारे छलफल हुने छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने भनिएको महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको थियो ।… पुरा पढौ

संविधानले तीनै तहको सरकारको अधिकार प्रष्ट गरेको छ : प्रधानमन्त्री

काठमाडौं, मङ्सिर २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले सहकारिता र सहअस्तित्वको आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको बताउनुभएको छ । शुक्रबार २९ औं काठमाडौं महानगर दिवस समारोहमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संविधानले परिलक्षित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन सङ्घीय कानुनहरूको निर्माण पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिन्छ भन्ने विश्वास गर्नुभयो । तसर्थ, संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौं महानगरपालिका… पुरा पढौ

सरकारले तोक्यो हड्ताल गर्न नपाइने २५ क्षेत्र

सरकारले हड्ताल गर्न नपाइने क्षेत्रहरू तोकेको छ। राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले हड्ताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो। गृहमन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार हडताल निषेधित क्षेत्र तय गरिएको जनाएको छ। राजतन्त्रमा प्रकाशित सूचना अनुसार डाँक तार टेलिफोन सेवा, जल स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन र मर्ममत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न पाइँदैन। यस्तै सरकारले सञ्चार, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, पर्यटन अवास, मोटेल, होटेल रेष्टुराँ र रिसोर्टसम्बन्धी सेवा,… पुरा पढौ

बढ्यो सुनचाँदीको मूल्य

२९ मंसिर, काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४००  र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आजका लागि छापावाल सुनको मूल्य एक लाख १९ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० र एक हजार ४७० रुपैयाँ तोकिएको छ । हिजो बिहीबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० रुपैयाँमा तेजावी सुन र एक हजार… पुरा पढौ

प्रस्तावित न्यायाधीश सुवेदीको प्रतिबद्धता : सर्वसाधारणको न्याय सम्बोधन सरल बनाउँछु

२९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले सर्वसाधारणको न्याय सम्बोधन सरल र सुलभ बनाउन आफ्नो पहल हुने बताएकी छन् । संसदीय सुनुवाइ समितिमा शुक्रबार आफ्नो प्रस्तुती राख्ने क्रममा सुवेदीले आफूले २१ वर्ष वकालत गर्ने क्रममा सर्वसाधारण मानिसको घर परिवार र समाजमा मुद्दाको उठान कसरी हुन्छ ? न्यायप्राप्ति गर्न उनीहरुलाई कस्तो कठिनाइ पर्छ ? अड्डा अदालतमा कस्तो जटिलता भोग्नुपर्छ र अदालतबाट अन्तिम भएको फैसलाको प्रत्याभूति कसरी प्राप्त गर्छन् भन्ने अनुभूति गरेको बताइन् । उनले अघि भनिन्, ‘मेरो पहिलो… पुरा पढौ

बिमा सर्भेयरको भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । बिमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, किन बिमामा किन सहभागी हुने भन्ने धारणा छ ।’ अहिले बिमा सचेतनाको आवश्यकता रहेको औंल्याउँदै मन्त्री डा. महतले भन्नुभयो, ‘जीवन होस् वा निर्जिवन जोखिममा पर्यो भने… पुरा पढौ

काठमाडौं महानगरद्वारा सन्दुक रुइतदेखि मनीषा कोइरालासम्म सम्मानित

काठमाडौं महानगरपालिकाले डा. सन्दुक रुइतलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको छ । २९औं वार्षिकोत्सवको अवसरमा महानगरपालिकाले वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइतलगायत व्यक्तिलाई सम्मान गरेको हो । महानगरले अभिनेत्री मनीषा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीत लगायत थुपै साहित्य प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक बैकुण्ठ मानन्धरका साथै स्ट्रक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई पनि महानगरपालिकाले सम्मान गरेको छ । एआईजी मीरा चौधरी, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, कराँतेकी राष्ट्रिय खेलाडी एरिका गुरुङ, बास्केटबलकी कप्तान… पुरा पढौ