नियमबिपरित व्यक्तिलाई जग्गा उपलब्ध गराउनेहरु अख्तियारको फन्दामा
तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ को दफा ५ वमोजिम र बोर्ड बैठकको निर्णय वमोजिम उपलब्ध गराउनु पर्नेमा अध्यक्षहरुको एकल तोक आदेशको आधारमा बोर्डको निर्णय नै नभएका तथा निर्णयमा उल्लेख नै नभएका व्यक्तिहरु समेतलाई जग्गा उपलब्ध गराएको देखिएकोले…
पुरा पढौ
नवराज सत्याल २८ लाख घुस सहित पक्राउ
खानेपानी तथा सरसफाई डिभिजन नं. ४, वागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापाले खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर नवराज सत्याल र करार पलम्बर बखत बहादुर थापालाई सेवाग्राहीबाट रु.१६,००,०००।–(सोह्र लाख रुपैयाँ) नगद र १२,००,०००।– (बाह्र लाख रुपैयाँ) को चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित मन्थली १, स्थित इन्जिनियरको निवासबाट मिति २०७९।०७।०२ गते…
पुरा पढौ
वाणिज्य संघका अध्यक्ष बस्नेतद्वारा धम्की : ‘म कुन परिवारको हो, तँलाई देखाईदिन्छु’ !!!
- October 18, 2022 गते तीव्रखबरमा प्रकाशित समाचार हो यो चीनबाट ल्याएका गुणस्तहिन सामानलाई जर्मनी उत्पादनभन्दै बेच्दै क्षमादेवी काठमाडौं । चीनबाट चोरीपैठारी गरि नेपाल भित्राएको गुणस्तहिन सामानको बिक्री गर्दै आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका होमबहादुर बस्नेतको कालोधन्दाको थप विवरण आउनेक्रममा तीव्रता पाएको छ । राजनीतिक शक्तीकेन्द्र र नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मोहनबहादुर बस्नेतको संरक्षणमा रहेका होमबहादुर उर्फ राजकुमार बस्नेतले चीनबाट सामान आयात गरेर जर्मनी उत्पादन भन्दै भ्रामक प्रचार गरेर अत्याधिक मंहगोमा बिक्री गरेको आरोप उनीमाथी…
पुरा पढौ
चोरीका मोटरसाइकल सहित ६ जना पक्राउ
पर्सा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका– १३ राधेमाई बस्ने २१ वर्षीय सुमित कुशवाहा, वीरगञ्ज– १२ मुर्ली बस्ने १९ वर्षीय राजन मण्डल, १९ वर्षकै अबय मण्डल, वीरगञ्ज ११ रानीघाटका २० वर्षीय नन्दनकुमार चौरसिया, वीरगञ्ज १० घडीअर्वाका २० वर्षीय रिकी मण्डल र पोखरिया नगरपालिका–६ सिर्सिया बस्ने २५ वर्षीय खरबुद आलमलाई पक्राउ गरेको हो । उनीहरुको साथमा ५ वटा चोरीको मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ । वीरगञ्ज–२५ ड्राईपोर्टबाट पक्राउ परेका कुशवाहा…
पुरा पढौ
कम्प्युटर अपरेटर यादव घुस रकमसहित नियन्त्रणमा
जिल्ला प्रशासन कार्यालय, पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर संजय प्रसाद यादवले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज कम्प्युटर अपरेटर संजय प्रसाद यादवलाई सेवाग्राहीसँग रु.५,०००/- (पाँच हजार रुपैया) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निज कार्यरत कार्यालयबाट मिति २०७९।०६।३१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
पुरा पढौ
विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका घुस/रिसवत सम्बन्धी ८, प्रश्नपत्रको गोपनियता भंग १ र गलत प्रतिवेदन तथा झुट्टा बिल भरपाई १ गरी जम्मा १० वटा मुद्दाहरुमा आयोगको मिति २०७९।०४।०२ को निर्णय अनुसार मिति २०७९।०४।०९ मा सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको बिबरण देहायानुसार रहेको छ ।
पुरा पढौ
नेपालमा सूचनाको हकको कार्यान्वयनको अवस्था
सूचनाको हकले खुल्ला सरकारको अवधारणालाई शिरोधार्य गर्दछ । यो लोकतान्त्रिक शासनमा सार्वजनिक निकायमा पारदर्शिता कायम गराउने एक अभ्यास हो । सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार नै सूचनाको हक हो । राज्य व्यवस्थाका गतिविधि, काम कारबाहीबारे बुझ्न चाहने अधिकार सबै नागरिकलाई हुन्छ । नागरिकको सूसूचित हुने हकलाई संरक्षण गर्न तथा सरकारका क्रियाकलापहरु लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शि बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन सुचनाको हकको महत्व रहन्छ । सरकारलाई सतर्क र सहज गराउन सूचनाको हकले…
पुरा पढौ
सूचनाको हक प्रचलनमा सम्मान पाउनेको गाथा
कृष्णहरि बास्कोटा २०४६ सालको जनआन्दोलनको बलमा तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ जारी भयो । यस संविधानको धारा १६ मा सार्वजनिक महŒवको विषयमा नागरिकको सूचनाको हकलाई मौलिक हकका रूपमा समावेश गरियो । यो नै नेपालमा सूचनाको हकको पहिलो औपचारिक सुरुवात थियो । यसर्थ, जनआन्दोलन–१ का सहभागीहरू र संविधान जारी गराउँदाको बखतका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपालमा सूचनाको हकको आरम्भ गराउने श्रेय जान्छ । यी सधंै सम्मान पाउने व्यक्तिको पंक्तिमा रहनुभएको छ ।२०४७ सालको संविधानमा सूचनाको हक समावेश भए पनि छुट्टै ऐन बन्न…
पुरा पढौ
सूचनाको हक कार्यान्वयनमा प्रदेश संरचनाको भूमिका
नेपालमा सूचनाको हक लागू भएको १५ वर्ष बितिसकेको छ । तत्कालीन अन्तरिम संसद्बाट २०६४ साउन ५ गते जारी सूचनाको हकसम्बन्धी ऐन सोही वर्षको भदौ ३ गतेदेखि लागू भएको घोषणा गरिएको थियो । यही घोषणा भएको सन्दर्भमा नेपालमा प्रत्येक वर्ष भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाउने गरिन्छ । यस दिवसका अवसरमा सूचनाको हकको कार्यान्वयनको अवस्थाबारे केही चर्चा गर्ने प्रयत्न गरिएको छ । ऐन जारी भएपछिका दिनमा यो अधिकार प्रचलनका सम्बन्धमा केही कामै नभएको भने होइन । यथेष्ट काम भएका…
पुरा पढौ