सूचनाको हक कार्यान्वयनमा सूचना अधिकारीको भूमिका
परिचय :सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्त्वको सूचना माग्ने र पाउने अधिकारलाई सूचनाको हक भनिन्छ । सो शब्दले सार्वजनिक निकायमा रहेको कुनै लिखित, सामाग्री वा सो निकायको काम कारबाहीको अध्ययन वा अवलोकन गर्ने, त्यस्तो लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने, सार्वजनिक महत्त्वको निर्माण कार्य भइरहेको स्थलको भ्रमण र अवलोकन गर्ने, कुनै सामाग्रीको प्रमाणित नमुना लिने वा कुनै पनि किसिमको यन्त्रमा राखिएका सूचना त्यस्तो यन्त्रमार्फत प्राप्त गर्ने अधिकारलाई समेत जनाउँछ । सूचना मागकर्तालाई सूचना उपलब्ध गराउने अधिकारीलाई सूचना अधिकारी भनिन्छ । सूचना अधिकारी…
पुरा पढौ
तरलता अभावमा बैंक तथा फाइनान्सको हर्कत नै मुख्य
बैंक तथा फाइनान्स कम्पनीहरुको लागि आर्थिक वर्ष २०७८/०७९ असहज बन्यो । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव अर्थात् तरलता अभावको समस्या चुलिँदा बैंक तथा फाइनान्सले बजारको मागअनुसार कर्जा प्रवाह गर्न सकेनन् । वित्तीय प्रणालीमा अपेक्षा गरेअनुसार निक्षेप पनि आएन । यसको असर कर्जामा प-यो । यो अवस्थामा बैंक तथा फाइनान्स कम्पनीहरुले निक्षेप बढाउनकै लागि उच्च ब्याजदरसहितका विभिन्न किसिमका निक्षेप योजनाहरु ल्याए तर पनि निक्षेप संकलन बढ्न सकेन । यसले वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा सुरु भयो । नयाँ निक्षेप नआएपछि बैंक तथा फाइनान्स कम्पनीहरुबीच एक आपसमा नै चर्को…
पुरा पढौ
गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष समेत ४ जना बिरुद्ध भ्रष्टाचार मुद्धा
जिल्ला कैलाली, चुरे गा.पा. ३ साविकको निगाली गा.वि.स. वडा नं. १ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सचिवसमेतको मिलेमतोमा पदाधिकारीहरुलाई कुनै जानकारी नदिई आ.व. २०७२/०७३ र २०७३/०७४ मा खर्च गरेको रकम साधारणसभाबाट अनुमोदन नगराई सरकारी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला कैलाली, चुरे गा.पा. ३ साविकको निगाली गा.वि.स. वडा नं. १ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष मनिराम आचार्यले गुप्तपानी सामुदायिक वनबाट भएको आम्दानी रकम बद्नियतपूर्वक बिना विल भरपाई खर्च गरेको देखाई सक्कल विल भरपाई नभएको नक्कली…
पुरा पढौ
इन्जिनियर र विचौलिया बिरुद्ध भ्रष्टाचारको मुद्दा
सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७, स्थित यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बमले सेवाग्राहीसँग ब्लुबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले विचौलिया नीरक बहादुर शाही र मेकानिकल इन्जिनियर दिपक बमलाई सेवाग्राहीबाट रु.३,०००।- (तीन हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा मिति २०७९।०५।१० गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा यातायात व्यवस्था कार्यालय, कर्णाली…
पुरा पढौ
सूचनाको हक, यसको कार्यान्वयनका बाधकहरू र प्रभावकारी बनाउने उपाय
सूचनाको हकको अवधारणा :पारदर्शिता र सूचनाको हक लोकतन्त्रको आधार स्तम्भ, सुशासनको पूर्वाधार तथा जिम्मेवार सरकार स्थापना गर्ने मुख्य संयन्त्र हो । शासकीय प्रणालीमा सार्वजनिक सरोकारको विषयलाई नागरिक समक्ष प्रस्तुत गर्नु, सार्वजनिक निर्णय वा कार्यलाई देख्न सकिने, बुझ्न सकिने बनाउनुलाई पारदर्शिताको अर्थमा लिइन्छ भने सूचनाको हक भन्नाले कुनै पनि व्यक्तिलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक बुझिन्छ । पारदर्शिताको कार्यान्वयनलाई प्रभावकारी बनाउने एक प्रमुख माध्यम सूचनाको हकको कार्यान्वयन हो । नेपालको संविधान (२०७२) को धारा…
पुरा पढौ
कमला ओली ज्युको यो भनाइ सूचनाको हक सम्बन्धि
https://youtu.be/Q5dnS_h5LQk?list=PLoRp8-7OHrCUOKurtZXad0l-UC0wlVQ5W
पुरा पढौ
स्वत प्रकाशन सम्बन्धि आयोगको अनुरोध
सार्बजनिक निकायलाई सूचना आयोगले निम्न जानकारी दिएको छ l सूचनाकाे हक सम्बन्धी ऐन २०६४ काे दफा ३ र ४ बमाेजिम प्रत्येक तिन तिन महिनामा स्वत प्रकाशन गर्नु पर्ने प्रथम त्रैमासिककाे कात्तिक महिनाकाे १५ गते भित्र प्रकाशन गर्न गराउन सवै सार्वजनिक निकायलाइ आयाेग अनुराेध गर्दछ । स्वत प्रकाशन आयोगको PDMS (PorActive Disclosure Management System) मा प्रविष्ट गर्न नबिर्सौ । सूचनाकाे हक सम्बन्धी कानून पालना गराै गराअाैं । 33
पुरा पढौ