समाचार

गोदावरीका मेयर र उपमेयरविरुद्ध ५ वटा भ्रष्टाचार मुद्दा, एक अर्बको बिगो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरुबाट राजस्व नउठाई भ्रष्टाचार गरेको भन्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी लगायत १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचारको आरोप लाग्नेमा मेयर उपमेयरसहित ८ जना कर्मचारी, ७ जना खानी सञ्चालक छन् । अख्तियारले ती सञ्चालक आवद्ध रहेका ७ वटा कम्पनीविरुद्ध पनि मुद्दा चलाएको छ । मेयर गजेन्द्र महर्जन अख्तियारले उठाउनुपर्ने जति राजस्व नउठाएको, राजस्व छुट दिएको अनि भ्याट नउठाएको भन्दै एक अर्ब… पुरा पढौ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रुफ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन कम्पनीको नक्कली लेटरप्याड प्रयोग गरी प्रबन्धको नक्कली हस्ताक्षर प्रयोग गरी उक्त कम्पनीको अधिकारप्राप्त व्यक्ति इन्जिनियर रमेशकुमार चौधरी बनेका थिए । त्यसपछि विद्यालयको पर्खाल लगाउने काम सकिएपछि भुक्तानी गर्ने क्रममा २ लाख ७५ हजार रुपैयाँ घुस लेनदेन गरेको अख्तियारको आरोप छ । विद्यालयमा पर्खाल बनाउने नक्कली योजना बनाएर र नक्कली ठेकेदार कम्पनी खडा गरी २ लाख ७५ हजार रुपैयाँ राज्यकोशको दुरुपयोग गरेको आरोपमा अख्तियारले सावनकुमारसँगै रमेशकुमार चौधरी र गुरुदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो। जिल्ला… पुरा पढौ

सूचनाको हक मौलिक हक हो यसलाई कार्यान्वय गरौै-प्रजिअ सुवेदी

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले  सूचनाको हक मौलिक हक भएका कारण सवै सेवा प्रवाह गर्ने निकायलय यसलाई कार्यान्वय गर्नुपर्ने बताए । हालै मात्र बागलुङमा सरुवा भै आएका सुवेदीले जिल्लाका विभिन्न कार्यालयका सूचना अधिकारी र प्रत्रकार सँगको अन्तरक्रियामा सो कुरा बताएका हुन । उनले हरेक कार्यालयमा सुसासनको आवश्यक रहेको छ कार्यालयबाट सम्पादन भएका काम कारबाहीलाई कसैले पनि नलुकाइई आम सर्वसाधारणलाई जानकारी दिनु आवश्यक रहेको बताए ।  उनले सार्वजनिक निकायको सूचना जति धेरै सञ्चार माध्यम र नागरिकहरुलाई दियो, त्यति नै धेरै पारदर्शिता… पुरा पढौ

सत्र हजार मा बिके दुइ इन्जिन्यर, मन्दिरले लग्यो अख्तियार

पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्यालले मन्दिर   निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि निर्माणको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिन भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याललाई सेवाग्राहीबाट रु.१७,०००।–(सत्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३१ अन्तर्गत पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौं स्थित निजहरुकै… पुरा पढौ

उत्कृस्ट छबी बनाएका प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्यसहित ८ जनाविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  अख्तियारले असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढाविरुद्ध पनि मुद्दा दर्ता गरेको हो ।  त्यस्तै सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का… पुरा पढौ

इमेलबाट पठाइएका निवेदनको दर्ता नं. दिन सूचना आयोगको निर्देशन

राष्ट्रिय सूचना आयोगले सरकारका निकायमा इमेलमा आउने निवेदन दर्ता गरी दर्ता नं सम्बन्धित निवेदकलाई उपलब्ध गराउन आदेश दिएको छ । आयोगको बैठकले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ को खण्ड (ङ) बमोजिम इमेलबाट आउने आवेदन दर्ता गरी दर्ता नं इमेलबाट नै उपलब्ध गराउन सङ्घीय सार्वजनिक निकायका हकमा नेपाल सरकारका मुख्यसचिवमार्फत, प्रदेशका सार्वजनिक निकायका हकमा प्रदेश सरकारका प्रमुख सचिवमार्फत र स्थानीय तहका सार्वजनिक निकायका हकमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतमार्फत आदेश गर्ने आयोगको बैठकले निर्णय गरेको आयुक्त एवं प्रवक्ता कमला… पुरा पढौ

तिलोत्तमामा सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सूचनाको हक सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको कार्यक्रममा नगरभित्रका जनप्रतिनिधि, वडा सचिव, सामुदायिक विद्यालयका प्रतिनिधि साथै सरोकारवालाको सहभागिता रहेको थियो ।  अभिमुखीकरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै नगर प्रमुख रामकृष्ण खाँणले सूचनाको हक नागरिकको मौलिक हकमै पर्ने भएकाले यसको पारदर्शितामा नगरपालिका अडिग रहेको बताउनुभयो ।  नागरिक र स्थानीय तहबीचको समन्वय प्रभावकारी भए सुशासनयुक्त पालिका बनाउन सहज हुने उहाँले बताउनुभयो । सूचनाको हक सम्बन्धी कार्यक्रमले नागरिकलाई सूचना पाउने विधि र तरिका बारे… पुरा पढौ

मेयर सहित वडा अध्यक्ष र वडा सदस्य लाइ १ महिना कैद सजाय

जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय सुनाएको छ । अदालतले चलन चलाइदिनु भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना भनेको छ । अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडा सदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो । वडा अध्यक्ष सुमन तामाङ उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८… पुरा पढौ

५ वर्षमा साढे ३ खर्ब राजस्व छुट, उपभोक्ता लाभको छैन विश्लेषण

पछिल्लो दुई आर्थिक वर्षयता सरकारी वित्तमा दबाब बढ्दो देखिन्छ । तर, सरकारले भने पछिल्लो पाँच वर्षमा मात्रै करिब साढे ३ खर्ब राजस्व छुट दिएको महालेखा परीक्षकको ६१औं वार्षिक प्रतितवेदले औंल्याएको छ । ‘आर्थिक ऐन २०७९ अनुसार विगत पाँच वर्षको राजस्व छुटको तथ्यांक विश्लेषण गर्दा भन्सार र आन्तरिक राजस्वतर्फ ३ खर्ब ४१ अर्ब ७४ करोड ४३ लाख छुट दिएको देखिन्छ,’ प्रतिवेदनमा छ । सरकारले आर्थिक ऐनबाट भन्सार र आन्तरिक राजस्व दुवैतर्फ  छुट दिने गरेको भए पनि आन्तरिक राजस्व छुट तथ्यांक भने … पुरा पढौ

राजाराम भण्डारीको नक्कली प्रमाणपत्र

जिल्ला काठमाडौं, त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जमा मुख्य प्राविधिक सहायक पदमा कार्यरत राजाराम भण्डारीको एस.एल.सी. तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज राजाराम भण्डारीले त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौंमा मिति २०५४।०५।१७ बाट ल्याव व्वाई पदमा स्थायी नियुक्त हुन र मिति २०६९।०७।२४ मा वरिष्ठ ल्याव व्वाई पदमा बढुवा हुने प्रयोजनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेशबाट हाईस्कूल तह उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी कार्यरत रही लाभसमेत लिएको देखिएकोले निज तत्कालीन मुख्य प्राविधिक सहायक राजाराम भण्डारीलाई… पुरा पढौ