सूचना आयोगको निर्देशनलाई अटेरी गरेका भट्टराईले गरे मोबाइल नम्बर सार्वजनिक
अर्थमन्त्रालयका सूचना अधिकारी कमल कुमार भट्टराईले आफ्नो मोबाइल नम्बर सार्वजनिक गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालय छिर्ने गेटको देब्रेपट्टी रहेको सानो फ्लेक्स बोर्डमा उनको नाम, फोन नम्बर, मोबाइल नम्बर, इमेल र कोठा नम्बर उल्लेख गरिएको छ । यसअघि उनले आफ्नो मोबाइल नम्बर दिन नसकिने बताएका थिए । अर्थमन्त्रालयको वेबसाइटमा भने उनको मोबाइल नम्बर अपडेट भएको छैन । उनले फ्लेक्स बोर्डमा आफ्नो नयाँ फोन नम्बर ९८६४१६४६०६ उल्लेख गरेका छन् । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (१) मा प्रत्येक नेपाली नागरिकलाई…
पुरा पढौ
विराटनगर महानगरपालिकामा मनपरी
केही दिन अगाडि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको आर्थिक अवस्था जर्जर भएको भन्दै १०६ पृष्ठको श्वेत पत्र सार्वजनिक गरे । उक्त पत्रमा २२ बुँदे निष्कर्ष उल्लेख छ । त्यहाँ कर्मचारी धेरै भएको, विगत ५ वर्षमा ठुला काम नभएको, जथाभाबी नगरपालिकाको जग्गा वितरण गरेको, महानगरपालिकाको आन्तरिक आय मापदण्ड अनुसार नपुगेको, बजेट खर्च हुन नसकेको लगायतका थुप्रै विषय उल्लेख छ । तर, श्वेत पत्रमा विभिन्न संघसंस्था तथा प्रतिष्ठानलाई जथाभाबी बाँडिएको रकमको भने कुनै विवरण छैन । यो विवरण लुकाउनुमा स्वयं नागेश…
पुरा पढौ
कार्यालय सहयोगीको असुली धन्दाले भन्सारकै बदनाम
नेपालगन्ज भन्सार कार्यालयका एकजना कार्यालय सहयोगीको असुली धन्दाले भन्सारकै बदनाम भएको छ । कार्यालय सहयोगी भिम बहादुर चन्दको असुली धन्दाले भन्सार कार्यालयकै बदनाम भएको हो । चन्दले भारतबाट फर्कने नेपालीबाट दिनदहाडै खुलियाम रकम असुल्ने गरेका छ्न । भारतीय बजार रुपैडियाबाट दैनिक उपभोग्य सरसामान किनमेल गरेर फर्कने नेपालीबाट चन्द असुलीकर्ता हुन । उनले ती सोझा साझा नेपालीबाट रु ५० देखि रु १०० सम्म असुल्ने गरेका छ्न । प्राप्त सूचना अनुसार चन्दले नेपालीहरुबाट उनले दैनिक रकम असुल्ने गरेका छन। यस्तो लाग्छ उनलाई…
पुरा पढौ
१३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्धा
धनुषा जिल्लाको भरतपुर गाउँ विकास समिति अन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमिता/भ्रष्टाचार भएकोले संलग्नलाई कारवाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा धनुषा जिल्लाको साविक भरतपुर गाउँ विकास समिति अन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको नाममा रहेका जग्गाको मुआब्जा वितरण गर्ने क्रममा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनुपर्ने रकम हिनामिना गरी/गराई देहायका व्यक्तिहरुले देहाय बमोजिम भ्रष्टाचारजन्य कसुर गरेको…
पुरा पढौ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा मिति २०७९ भदौ १५ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा मिति २०७९ भदौ १५ गते नियामक निकायहरूको प्रभावकारिता, आपसी समन्वय र सहकार्य सम्बन्धमा सार्वजनिक नियामक निकायका प्रमुखहरूसँगको अन्तरक्रिया कार्यक्रम अन्तर्गत राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, नेपाल राष्ट्र वैंक, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय बीमा समिति, विद्युत नियमन आयोग, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, धितोपत्र वोर्ड नेपाल, नेपाल स्कट एक्स्चेन्ज, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल मेडिकल काउन्सिल, नेपाल इन्जिनियरिङ काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, चिकित्सा शिक्षा आयोग, केन्द्रिय तहसिल कार्यालय, राष्ट्रिय किताबखाना,…
पुरा पढौ
सामाजिक सञ्जालमा मेयर र उपमेयर हराएको भ्रामक प्रचार गर्ने युवा पक्राउ
सामाजिक सञ्जालमा मेयर र उपमेयर हराएको भन्दै फोटो पोष्ट गर्ने एक युवा पक्राउ परेका छन् । झापाको विर्तामोड नगरपालिका-४ का २२ वर्षीय राजु बिमलीलाई भ्रामक प्रचार गरेको भन्दै प्रहरीले हिजो नियन्त्रणमा लिएको हो । विर्तामोडका मेयर पवित्रा महतारा र उपमेयर नगेन्द्रप्रसाद संग्रौला हराएको भन्दै अस्ति राति राजुले तस्बीरसहित फेसबुकमा पोष्ट गरेका थिए । त्यसपछि उनलाई घरैबाट समातेर आवश्यक कारबाहीका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।
पुरा पढौ
पत्रकार पटेलले होटलमा होइन, अनाथ आश्रममा जन्मदिन मनाए
उच्च ओहोदामा पुगेका व्यक्तिले खासगरी आफना वा आफन्तको जन्मदिन होटलमा ठुल ठुला व्यक्तिलाई आमन्त्रित गरी लाखौंको भोतभतेर गरेर मनाउने आजकाल चलन नै चलेको छ । समाजमा अलि नाम कमाएका व्यक्तिहरुले आफना जन्मदिन कर्मचारी, सुरक्षा निकायका प्रमुख, मेयर, सांसद, मन्त्री लगाएत ठुलठुला व्यक्तिहरुसँग मनाई लाखौं रुपैया फजुल खर्च गर्ने गरेका छन तर रौतहटमा धेरै कम समयमा पत्रकारिता क्षेत्रमा आफना नाम कमाउन सफल जिल्लाकै चर्चित युवा पत्रकार अभिमनु कुमार पटेलले आफना जन्मदिन फरक किसिमले आज मनाएका छन् । रिपोर्टर्स क्लब नेपाल मधेश…
पुरा पढौ
जनआस्थामाथि मुद्दा हाल्न चौधरी पुगे अदालत
डलर अर्बपति विनोद चौधरी जनआस्थाविरुद्ध मुद्दा हाल्न अदालत पुगेका छन् । करोडौं रकम क्षतिपूर्तिको मागदाबीसहित गाली बेइज्जतीको मुद्दा बोकेर ललितपुर जिल्ला अदालत,ललितपुर पुगेका चौधरीका कानुनी प्रतिनिधि उल्टै आफूमाथि गाली बेइज्जतीको मुद्दा लाग्ने अवस्था आइलागेपछि कागजपत्र बोकेर भाषा सच्याउन एक छिनअगाडि चौधरी ग्रुपको कार्यालय सानेपा फर्केका छन् । जनआस्था साप्ताहिकको अघिल्लो अंक र लगत्तै जनआस्था डट कममा प्रकाशित ‘रामकुमारीको बाध्यता र विनोद चौधरीको गम्भीर मुनाफा’ शीर्षक समाचारलगायतले आफ्नो प्रतिष्ठामा धक्का पुगेको भन्दै डलर अर्बपति चौधरी “अदालतमा मुध्दा बिचाराधीन छ” भन्ने नाममा…
पुरा पढौ
स्रोत नखुलेको रु १३ लाख ६० हजारसहित एक व्यक्ति पक्राउ
प्रहरीले स्रोत नखुलेको रु १३ लाख ६० हजारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका– १ निवासी ५४ वर्षीय तेजबहादुर गणेश छन्। विशेष सूचनाका आधारमा उनलाई इलाका प्रहरी कार्यालय (कुमरखोद) को प्रहरी टोलीले नेपाल–भारत सीमास्थित लसुना बोर्डरबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय (झापा) ले जनाएको छ। नगद लिएर भारतबाट नेपाल आइरहेका गणेश प्रहरीको टोली देखेपछि नजिकै रहेको घरतिर भागेका थिए। गणेशलाई घर नजिकैबाट रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका गणेशका साथबाट एक हजार दरका नौ…
पुरा पढौ
बीमा कम्पनीले भुक्तानीमा आनाकानी
केही समयअघि एक सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले बीमा क्षेत्रको विश्वासनियता गुमाउँदै गएको बताएका थिए । उनले भनेजस्तै यस्ता कम्पनीले आफ्ना ग्राहक वा बीमितलाई बीमा गराउनका लागि जुन प्रकारले पहल गराएका हुन्छन् तर दाबी भुक्तानीका सन्दर्भमा भने अनेक झन्झट दिने गरेका छन् । कम्पनीले दाबी परेपछि वर्षौंसम्म बीमितलाई अल्झाएर राख्ने र दाबी भुक्तानी समयमा नै नगर्ने भएका कारण बीमा कम्पनीप्रति जनविश्वास कम हुँदै गएको सरोकारवाला बताउँछन् । बीमा कम्पनी र ‘सर्भेयर’को मिलोमतोको कारण जलविद्युत् कम्पनी समस्यामा…
पुरा पढौ