प्रधानाध्यापक पक्राउ
मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले मदिरा सेवन गरी विद्यालय गएका जिल्लाको त्रिभुवन माध्यमिक विद्यालयका प्राधानाध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरेको हो । उनी सोमबार बिहान मदिरा सेवन गरेर विद्यालय प्रवेश गरेका थिए । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई प्रक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका लागि लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी…
पुरा पढौ
राहदानी बिभाग मै पुगेकालाई काम चाडै गर्दिने भन्दै रकम असुली
काठमाडौंमा राहदानी बनाउन राहदानी विभाग पुगेका व्यक्तिबाट एक दिनमै काम हुन्छ भन्दै रकम असुली गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रामबहादुर बोगटी, धनकुटाका श्यामकुमार राई, सिन्धुपाल्चोकका राम पौडेल र काठमाडौंका विवेक गुरुङ छन् । उनीहरुलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको डीएसपी अनिल घिमिरेले बताए । उनका अनुसार पक्राउ परेका मध्ये गुरुङको चाबहिलमा रोज बर्ड नामक फोटो स्टुडियो पनि छ । उनीहरुले विभिन्न व्यक्तिका नाममा आवेदन भरेको ३२ वटा अनलाइन फारम पनि प्रहरीले बरामद गरेको…
पुरा पढौ
कागजपत्र नक्कली बनाएर अर्काको जग्गा बिक्रि
जग्गाधनीलाई थाहा नै नदिई काठमाडौं कलंकीको ११ आना जग्गा बिक्री गरिएको घटनामा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सो जग्गा खरिद गर्ने भक्तपुरकी सुनिता कर्माचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो । भूमाफिया गिरोहले जापानमा बस्दै आएकी शान्तादेवी लोहनीको मृत्युदर्तासहितका सबै कागजपत्र नक्कली बनाएर उनको ११ आना जग्गा बिक्री गरेको थियो । सो जग्गा कर्माचार्यले खरिद गरेकी थिइन् । संगठित अपराध तथा लिखतसम्बन्धी कसुरमा सिआइबीले उनलाई पनि पक्राउ गरेको हो । यसअघि सो घटनामा संलग्न पाँचजना पक्राउ परिसकेका…
पुरा पढौ
एक करोड २० लाख ठगीको आरोपमा डीडीसीका व्यापारी पक्राउ
सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलाई एक करोड २० लाख ठगी गरेको आरोपमा वीरगन्जका व्यवसायी देवेन्द्रप्रसाद चौरासिया पक्राउ परेका छन् । संस्थानबाट उत्पादित दुग्धजन्य पदार्थ वीरगन्ज क्षेत्रमा ढुवानी तथा बिक्री वितरणको जिम्मा लिएका उनले त्यसको भुक्तानीमा ठगी गरेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत बिहीबार उनलाई पक्राउ गरेको हो । चौरासियाले एक करोड २० लाख रुपैयाँ ठगी गरेको भन्दै संस्थानले सिआइबीमा उजुरी दिएको छ । देवेन्द्र तेल मिलका सञ्चालक चौरासियाले सामानको भुक्तानी गर्दा संस्थानको राजस्व खातामा अकाउन्टपेयी चेक जम्मा गर्दै आएका थिए । तर, सो…
पुरा पढौ
ह्वाट्सएप र फेसबुकबाट ठगि धन्दा गर्ने कल सेन्टरमा छापा
रुपन्देहीमा एक भारतीय नागरिकले चलाएको कल सेन्टरले सर्वसाधारणको ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने, ऋण दिने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्दै आएको खुलेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा ब्लु स्काई बिजनेस सोलुसन प्रालि नाममा कल सेन्टर खोली ठगी गरिएको हो । प्रहरीले सो सेन्टरमा आइतबार छापा हानेको छ । प्रहरीले छापा हान्ने क्रममा दुई सय ५० भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानपछि कल सेन्टरका सञ्चालक र त्यसमा काम गर्ने अन्य नौ जनालाई हिरासतमा राखी अन्यलाई नियन्त्रणमा लिएको छ । अन्य युवायुवतीलाई…
पुरा पढौ
राष्ट्रिय अनुसन्धान बिभाग गतिहीन
राज्य बाट प्राप्त हुने २५ प्रतिशत रकम कटाइएपछि राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अधिकृतहरु हुन् वा सूचक सरकारलाई आवश्यक र भरपर्दो सूचना दिने गरि काम गरिरहेका छैनन् । उनीहरुलाई काम गर्न नसकेको आरोप लागिरहेको छ । बिगतमा सबै गर्न सक्ने बिभाग अहिले मौन जस्तै छ l कर्मचारीहरू पत्रपत्रिकामा प्रकाशित समाचार सारेर रिपोर्ट बनाउने गर्छन । राजनीतिक रूपमा अब के हुन्छ भन्ने विषयमा विभागले भित्रैसम्म छिरेर सूचनामा पहुँच र दख्खल राख्न सकिरहेको छैन । राजनीतिक सिनारियो कता जाँदैछ, गठबन्धन कसरी अगाडि बढ्ला…
पुरा पढौ
बाउन्स चेक मा वकिल पक्राउ
बैंकिङ कसुरको आरोपमा अधिवक्ता चुडामणि पौडेल पक्राउ परेका छन् । चितवन स्थायी घर भई हाल काठमाडौंको मैतिदेवी बस्दै आएका अधिवक्ता पौडेललाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पौडेलले प्रभु बैंकको बबरमहल शाखा कार्यालयमा रहेको आफ्नो खातामा मौज्दात रकम नभएको जान्दाजान्दै कोटेश्वरका विष्णु गिरीलाई १५ लाख रुपैयाँको चेक दिएको आरोप लागेको छ । ‘चेक बाउन्स’ भएपछि गिरीले महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा अधिवक्ता पौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरले चुडामणि पौडेल नाम गरेको मान्छे झिकाइदिनू…
पुरा पढौ
कैलाश गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी
मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरिएको छ । मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्नेगरि सूचकहरुमा काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार बालमैत्री स्थानीय शासनका ५१ वटा न्यूनतम सूचकहरु तोकिएका छन् । जसमा बाल बचाउतर्फ १४, बाल संरक्षणतर्फ १०, बाल विकासतर्फ ६, बाल सहभागितातर्फ ६ र संस्थागत विकासतर्फ १५ वटा सूचक तोकिएका छन् । दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको हुनुपर्ने, ५ वर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता भएको…
पुरा पढौ
छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशी
जिल्ला अर्घाखाँची, छत्रदेव गाउँपालिकामा आ.व. २०७३/०७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सीमित हुने गरी सामानहरु खरिद गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशी सरुवा भई गए पश्चात कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामानहरु खरिद नगरी वा हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने, दिने कार्य गरेको, फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिद…
पुरा पढौ