काम गर्नलाई सहज र सहयोग गर्ने प्रशासकीय अधिकृत चाहिने भन्दै मङ्गला गाउँपालिकाले फिर्ता गरिदियो मन्त्रालयले पठाएका प्रशासकीय अधिकृत
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ। मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालय पुगेका थिए। ‘साउन ५ गतेको निर्णयानुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन गएको थिएँ। मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएकाले हाजिर गराउन नसक्ने पत्र दिएर पठाउनुभयो,’ उनले भने। मङ्गलाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाको हालै अन्यत्र सरुवा भएको थियो। बागलुङको काठेखोला गाउँपालिकाका प्रशासकीय अधिकृत कार्कीलाई मन्त्रालयले मङ्गलामा…
पुरा पढौ
पोखरामा थपियो नयाँ पर्यटकीय गन्तव्य ‘फिस्टेल ड्रिम पार्क’
नेपालको सुन्दर नगरी पोखरामा आकर्षक पर्यटकीय प्रडक्ट थप भएको छ । पोखरा तथा आसपासका जनता तथा पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गरी ‘फिस्टेल ड्रिम पार्क’ सञ्चालनमा ल्याइएको हो । पर्यटकका लागि पार्क आजबाट खुल्ला भएको छ । ग्राण्ड ओपनिङ असोजमा गर्ने गरी पार्क अनौपचारिक रुपमा सञ्चालनमा आएको मार्केटिङ डाइरेक्टर हिरा केसीले जानकारी दिए । अत्याधुनिक प्रविधिसहित पोखरामा पानीजन्य तथा अन्य मनोरञ्जनात्मक खेल गतिविधिलाई समावेश गरेर पार्क सञ्चालनमा ल्याइएको हो । जहाँ २ दर्जन प्रकारका आकर्षक खेल गतिविधिहरु समावेश भएका छन्…
पुरा पढौ
आफ्नै संगठनविरुद्ध अमेरिकी शिख सैनिकहरु अदालतमा पुगे
अमेरिकी सेनामा रहेका शिख सैनिकहरू सेवामा रहँदा तिनको धार्मिक आस्था र पहिरनहरु अंगिकार गर्न संघर्ष गरिरहेका छन् । एक अधिकार सहित चार शिख अमेरिकीले युएस मरीन कोर्प (युएसएमसी) ले तिनलाई सेना र धार्मिक विश्वासमध्ये एक छनौट गर्न दबाब दिइरहेको भन्दै मुद्दा दायर गरेका छन् । एडभोकेसी ग्रुप, सिख गठबन्धन र तीन कानुनी फर्महरुले युएसएमसीका क्याप्टेन सुखवीर सिंह तूर, मरीन मिलाप सिंह चहल, आकाश सिंह र जसकिरतको तर्फबाट मुद्दा दायर गरेका थिए । २७ पूर्व जनरल र १०० भन्दा बढी सांसदहरूले…
पुरा पढौ
नियम पुरा नगर्ने, मेनपावर कम्पनीलाई जरिवाना
विज्ञापन प्रकाशन नगर्ने १४८ वटा मेनपावर कम्पनी कारबाहीमा परेका छन् । वैदेशिक रोजगार विभागले ३ र ४ साउन २०७९ को मितिमा विज्ञापन प्रकाशन गर्न विभागबाट पूर्वस्वीकृति लिई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन नगर्ने मेनपावर कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको हो । वैदेशिक रोजगार ऐन २०६४ अनुसार कोटामा कामदार माग भएमा मेनपावर कम्पनीले राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने हुन्छ । त्यसरी विज्ञापन प्रकाशन नगर्ने कम्पनीलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरिवाना गरिएको विभागका महानिर्देशक शेषनारायण…
पुरा पढौ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–९ घर भएका २२ वर्षीय सागर गुप्ता रहेका छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७७ असोज ८ गते उक्त मुद्दामा उनलाई ३ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए । उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले कीर्तिपुर नगरपालिका–१० नयाँ बजारबाट पक्राउ…
पुरा पढौ
६२ वर्षीय वृद्ध द्वारा बालिकालाई यौन दुराचार
पाल्पामा ५ वर्षीया बालिकामाथि यौन दुराचार गरेको आरोपमा ६२ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । रैनादेबी छहरा गाउँपालिका ६ बस्ने ६२ वर्षीय सोमान सिंह बलाललाई प्रहरीले बाल यौन दुराचारको अभियोगमा पक्राउ गरेको हो । उनले स्थानीय ५ वर्षिया बालिकालाई घरमा कोही नभएको अवस्थामा यौन दुराचार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बालिकाका आफन्तले बल्डाङगढ प्रहरी चौकीमा किटानी उजुरी दिएको आधारमा पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीले कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र…
पुरा पढौ
सीटी स्क्यान खरिदको ठेक्का रद्द
बागमती प्रदेश सरकारले खरिद गर्न लागेको सीटी स्क्यान मेसिन खरिद प्रक्रियामा अनियमितता भएको भन्दै प्रदेशसभाको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएपछि ठेक्का प्रक्रिया नै रद्द गरिएको छ । प्रदेश सरकार मातहतका पाँचवटा अस्पतालमा जडान गर्ने गरी प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति केन्द्रले आह्वान गरेको ठेक्का प्रक्रियामा त्रुटि देखिएको भन्दै समिति र अख्तियारले चासो देखाएपछि केन्द्रले ठेक्का रद्द गरेको हो । समितिको छानबिनकै क्रममा केन्द्रले गत असार ३१ गते बोलपत्र रद्द गरिएको सूचना सार्वजनिक हो । केन्द्रका…
पुरा पढौ
ठेकेदार कम्पनीले धेरै समयको भाडा नबुझाएपछि वीरेन्द्रनगर नगरपालिका गयो अदालत
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरको सिटी बसपार्कको भाडा बापतको बक्यौता रकम उठाउन नसकेपछि निर्माण कम्पनीका विरुद्ध नगरपालिकाले अदालतमा मुद्दा दायर गरेको छ । बसपार्क सञ्चालनको जिम्मा लिएको पीआर कन्स्ट्रक्सन भक्तपुर विरुद्ध जिल्ला अदालत सुर्खेतमा शुक्रबार मुद्दा दायर भएको थियो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले भाडा बापतको बक्यौता रकम तिर्न पटक–पटक आग्रह गर्दा पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको बताए । उनले भने, ‘ठेकेदार कम्पनी पीआर कन्स्ट्रक्सनलाई भाडा रकम बुझाउनका लागि १४ पटक पत्राचार गरिसक्यौं, दुईवटा राष्ट्रिय पत्रिकामा सूचना…
पुरा पढौ
सुनको सिक्काद्वारा दैनिक कारोवार
गत सोमबारदेखि जिम्बावेले जनतालाई सुनको सिक्का बिक्री गर्न सुरु गर्न थालेको छ । जिम्बावेको रिजर्भ बैंकले देशको कमजोर गएको मुद्रालाई बलियो बनाउने उपायका रुपमा सुनको सिक्काको प्रयोग थालेको हो । जिम्बावेको रिजर्ब बैंकका गभर्नर जोन मंगुड्याकाअनुसार पसलहरूमा खरिदका लागि पनि सुनका सिक्का प्रयोग गर्न सकिने छ । अब कुनै पनि व्यक्ति वा कम्पनीले जिम्बावेका बैंकहरू जस्ता आधिकारिक आउटलेटहरूबाट सिक्का किन्न सक्ने छन् । सिक्काहरू बैंकमा राख्न वा घर लैजान सकिनेछ । विदेशी नागरिकले विदेशी मुद्रामा मात्र सिक्का किन्न सक्ने केन्द्रीय बैंकले जनाएको…
पुरा पढौ
दम्पती नै हनी ट्रयापिङको अभियोगमा पक्राउ
अहिलेको सामाजिक संजालको युगमा विभिन्न माध्यम बाट ठगिको काम भएको समाचार धेरै आउछl त्यस्तै अहिले हनी ट्रापको बढी प्रहरीले विभिन्न व्यक्तिलाई हनी ट्रयापिङमा पारेर मोलमलाई गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुका २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट चिजजान भएका पुरुषसँग अश्लिल कुराकानी गरेर फसाइदिने भन्दै मोलमोलाई गर्ने गरेका थिए । ‘रोजिना राउतको श्रीमानले आफू साइबर…
पुरा पढौ