महिलालाई सोधपुछ गर्ने बहानामा हातपात गर्ने असई पक्राउ
बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईं बलात्कारको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई मध्यराति आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोपमा मुद्दा शाखामा कार्यरत चौलागाईं पक्राउ परेका हुन् । साउन ११ गते बहुविवाह मुद्दामा पक्राउ परेकी महिलालाई शुक्रबार बिहान २ बजेतिर आफ्नो भवनको माथिल्लो तलमा लगेर बलात्कार गरेको आरोपमा चौलागाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । अधिकारीले घटनाबारे अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज ल्याएर…
पुरा पढौ
भन्सार छलीको आशंकामा ट्रक नियन्त्रणमा
वीरगञ्जबाट सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१४ गण्डक चोकबाट सशस्त्र प्रहरीले ना ६ ख ९९०५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नं. गणका प्रमुख प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार ट्रकमा बिलबिजकमा उल्लेख गरिएको भन्दा फरक इलेक्ट्रोनिक्स सामान, औषधीलगायतका सामग्री थियो । ट्रकको मुल्य ३० लाख रुपैयाँ र सामग्रीको मुल्यांकन…
पुरा पढौ
बाल यौन दुर्व्यवहार सम्बन्धि सचेतना भिडियो
https://www.youtube.com/watch?v=xvPtIC0D-xk नेपाल प्रहरीले तयार पारेको सचेतना मुलक भिडियो
पुरा पढौ
नाम निक्लियो पिउन मा नियुक्ती भने केन्द्र प्रमुखमा
आज नेपालीहरु विदेशको हरेक ठाउँमा पुगेका छन् l हरेक संग हरेक अनुभब छन् पछिल्लो चरण नेपालमा रहने हरु भनेका काम नभएका छनोट नागरिक मात्र रहेका छन् भन्ने आम सर्वसाधारणको बुझाई रहेको छ l राज्यकै निकायमा रहेका अदक्ष कर्मचारीका कमजोरीहरु छ्याप्छ्याप्ती समाजमा देखिएका छन् l अहिले हालसालै बेनी नगरपालिका यस्तै विषयमा विवादित बनेको छ २०७९-०४-१२ गते अन्तर्वार्ता सम्बन्धि पालिकाले निकालेको सुचनामा निशा सुबेदी , बिष्णु बानिया, कमला कंडेल शर्मा निहुरे , धनमाया श्रेष्ठ , प्रीस्का श्रीस मगर र रिता पौडेलको नाम…
पुरा पढौ
पाेखरामा ‘मेयर सम्मेलन’ शुरू
देशका छवटै महानगरका प्रमुखको भेला ‘मेयर सम्मेलन’ आजदेखि पोखरामा सुरु भएको छ। पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ। महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ। सम्मेलनको कार्यतालिकामा पहिलो दिन पोखरा, काठमाडौँ, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौती’बारे धारणा राख्ने कार्यसूचीमा उल्लेख छ। त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले ‘सङ्घीयता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुती दिनेछन्। महानगरका उपप्रमुखले…
पुरा पढौ
जिल्ला न्यायाधीशको ब्यापक सरुवा
हरिश्चन्द्र ढुंगाना तनहुँ जिल्ला अदालतमा काज सरुवा थिए, उनलाई सोही जिल्ला अदालतमा राखिएको छ । त्यस्तै, महेन्द्रबहादुर कार्की काभ्रेपलान्चोकबाट सिन्धुली काज सरुवामा थिए, उनको पनि जिल्ला परिवर्तन गरिएन । मोहनराज भट्टराई रामेछापबाट काभ्रेपलान्चोकमा काज सरुवा भएको थियो, उनको पनि यथावत् राखियो । गिरीराज गौतम सिराहा जिल्ला अदालतमा दरबन्दी थियो, उनको झापा जिल्ला अदालतमा काज सरुवा भएको थियो । उनको अहिले सल्यान जिल्ला अदालतमा सरुवा भएको छ । आजभन्दा करिब एक वर्ष पहिला काज सरुवा भएका र अहिले सरुवामा पर्ने न्यायाधीशहरूको संख्या…
पुरा पढौ
पहिलो पटकको असफल एस.एल .सी प्रयास: ३० बर्ष पछि सफल
कैलालीका एक व्यक्तिले एस.एल.सी दिएको ३० बर्ष पछि एसईई उत्तीर्ण गरेका छन् । कैलारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीमा कार्यरत ५३ वर्षीय भागीराम चौधरीले सोही विद्यालयबाट यसवर्ष एसईई पास भएका हुन् । उनले २ ५ जीपीए ल्याएका छन् । कैलारी गाउँपालिका–६ बनकट्टाका चौधरीले २०४८ सालमा पहिलो पटक दीपेन्द्र मावि हसुलियाबाट एसएलसी दिएका थिए । शिक्षाप्रतिको उनको लगावले नै उनी अहिले सबैको लागि उत्प्रेरणाको स्रोत बनेको उनका सहकर्मी बताउँछन् । अघिल्लो दुई वर्ष कोरोना महामारीको क्रममा भने उनले एसईईका लागि…
पुरा पढौ
बीमा ठगी गर्न विवाह नै नक्कली, पैसा लिन युवकको हत्या
ठुलो रकमको बीमा गरी भुक्तानी लिन एक युवकको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो । प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा रहेका छन् । सीआईबीले…
पुरा पढौ
मोटरसाइकलले काम चलेसम्म गाडी चढ्दिनँ : नगर प्रमुख
सोमबार साँझ करिब साढे ७ बजेको थियो । भूमिकास्थान नगरपालिका-४ मकैडाँडामा एक व्यक्ति रेनकोट लगाउँदै गरेका बेला भेटिए । बाटोमा बाइक रोकेर रेनकोट लगाउँदै गरेका ती व्यक्ति अरु कोही नभएर भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा थिए । नगर कार्यालयबाट अफिसियल कामले सन्धिखर्क पुगेका थापा घर फर्कंदै गर्दा मकैडाँडामा पानी परेपछि निथ्रुक्क भिजेका हुन् । भूमिकास्थान नगरपालिका(४ घर भएका थापा मोटरसाइकलमा दैनिक ३२ किमी यात्रा गर्छन् । आफ्नै निजी मोटरसाइकलमा यात्रा गरिरहेका मेयर थापाले आफ्नै मोटरसाइकलमा यात्रा गर्नुको बेग्लै आनन्द…
पुरा पढौ
चौँरी गोठालाहरुले आकाशे ताल पत्ता लगाए
प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर हुन सकेको छैन । कर्णालीको जुम्ला प्राकृतिकरूपले पर्यटनको अत्यन्तै सम्भावनायुक्त ठाउँ मानिन्छ । जुम्लाको पातारासी हिमाल, संसारको उच्च स्थानमा धान फल्ने ठाउँ छुमचौर ज्यूला, जुम्ला तातोपानी गाउँपालिकास्थित पहाड फोडेर निस्केको तातोपानी धारा, लक्षालकृति पैकला (वीरयोद्धा), मार्सी…
पुरा पढौ