१० रूपैयाँमा एक जार पानी पाइने ‘पँधेरो’
काठमाडौंको सिनामंगलस्थित गैरीगाँउ-९ मा १० रूपैयाँको एक जार पानी पाइने आधुनिक पँधेरो बनाइएको छ। बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको पहलमा डिभिजन-५ खानेपानी कार्यलय र शक्तिविनायक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयोजनमा यो योजना सम्पन्न भएको हो। महंगो जारको पानीको लागि यो उत्तम विकल्प रहेको समितिका अध्यक्ष विकास गौतमले बताए। ‘पानी पँधेरोको मुख्य उद्देश्य सस्तोमा शुद्ध खानेपानी उपलब्ध गराउनु हो’, समितिका अध्यक्ष गौतमले भने, ‘प्रत्येक दिन बिहान र बेलुकी दुई घण्टा पानी वितरण गर्छौं।’ लुसेन्ट ड्रप नेपालले परीक्षण गर्दा पानी पिउन योग्य…
पुरा पढौ
आमाको थर र ठेगाना रोजेर वंशजको नागरिकता लिन पाइने
‘कानुनको यो प्रावधान अनुसार अब कुनै दम्पतीका दुई वा त्योभन्दा बढी सन्तान छन् भने उनीहरु मध्ये कसैले आमाको थर र ठेगाना कसैले बाबुको थर र ठेगाना पनि राख्न सक्छन् ।’ आमा वा बाबुमध्ये एउटाको थर र ठेगाना रोजेर नागरिकता लिन पाइने भएको छ । संघीय संसदको दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा बाट पारित नागरिकता ऐन संशोधन विधेयकले नागरिकता लिने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये एक रोज्न पाउने अधिकार प्रदान गरेको छ । सरकारले सुरु (२४ असार…
पुरा पढौ
बढुवा एसपीहरुको पदस्थापन
नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरिक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने निर्णय गरेका थिए । १ नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । सरोज पौडेललाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालय, अवदेश विष्ट क्षेत्रीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, सुधीर राज शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुर र दुर्गाराज रेग्मीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पदस्थापन गरिएको…
पुरा पढौ
३४ जना उपसचिवको सरुवा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो ।
पुरा पढौ
५०% बैंकको वित्तीय रिपोर्ट सार्वजनिक हुन बाँकि
हालसम्म एक दर्जन बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । कुल २६ वाणिज्य बैंकमध्ये १२ वटाले वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् । रिपोर्ट सार्वजनिक गरेकामध्ये सानिमा बैंकको नाफामा ब्रेक लागेको छ भने बाँकी ११ वटा बैंकले नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा स्टान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी ६२.२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले गत वर्ष २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ…
पुरा पढौ
गंगादेव गाउँपालिका इन्जिनियर बिरुद्ध भ्रष्टाचार मुद्धा
जिल्ला रोल्पा, गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले निज नविन डाँगीलाई सेवाग्राहीसँग रु.५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।०३।२४ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा गंगादेव गाउँपालिका, रोल्पामा प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताव तयार गरी अन्तिम भुक्तानीको…
पुरा पढौ
समाचार प्रभाव: सार्वजनिक निकायहरुलाई सूचना अधिकारी विवरण राख्न आयोगको आदेश
विभिन्न संचारमाध्यममा सुचना अधिकारी नभएको भनि समाचार सम्प्रेषण भए पछी रास्ट्रीय सूचना आयोगको गम्भीर ध्यानाकर्षण भएको छ l आयोगले राजनीतिक दलहरूलाई र अन्य सार्बजनिक निकायहरुलाई सूचनाको हक कार्यन्वयन गर्न आदेश गर्ने निर्णय गरेको छ । आयोगले सबै सार्वजनिक निकायहरुलाई सूचना अधिकारीको विवरण अद्यावधिक राख्न पनि आदेश दिएको छ। साउन ५ गते बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको आयोगकै सूचना आयुक्त कमला ओली थापाले मंगलबार विज्ञप्तिमार्फत जनाएकी हुन् । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २(क) को बुँदा ५ मा प्रचलित…
पुरा पढौ
भन्सार छलेका सामग्रीबाट राजस्व असुल
जिल्ला प्रहरी कार्यालयले नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमार्फत गत आर्थिक वर्षमा भन्सार छलेर ल्याइएका सामग्री बरामद गरी सो राजस्व असुल गरेको हो । भन्सार छलेर ल्याइएका सामग्री बरामदबाट रु पाँच करोड ३६ लाख राजस्व असुल भएको छ । नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार गत आवमा भन्सार छलेर ल्याइएका सामग्री भन्सार चलानमार्फत उक्त राजस्व सङ्कलन भएको हो । प्रहरीले भन्सार छलेर ल्याएका सामग्री नियन्त्रणपछि थप कारबाहीका लागि भन्सार चलान गरेको छ । बरामद गरिएका सामग्री सबैजसो पश्चिम नवलपरासी र रुपन्देहीका विभिन्न…
पुरा पढौ
विद्यालय वरपर जंकफुड बिक्री गर्न रोक
दाङको राप्ती गाउँपालिकाले विद्यालय वरपर जंक फुड बिक्री गर्न रोक लगाएको छ । विद्यालयको एक सय मिटर वरपर जंक फुड र चिसो पेय पदार्थ बिक्री वितरणमा रोक लगाउन गाउँपालिकाले निर्देशन दिएको छ । गत असार १९ गते गाउँ कार्यपालिकाको बैठकले सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्था लगायतले सार्वजनिक कार्यक्रममा प्लाष्टिकका फूल, खादा तथा चिसो पेय पदार्थ र जंक फुड प्रयोग नगर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न पालिकाले सबै विद्यालयलाई पत्राचार गर्दै विद्यालय क्षेत्र वरपर जंक…
पुरा पढौ
डिशहोमको नयाँ सेवा, डिशहोम आई टिभी
ईन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले IP टिभीको सेवा शुभारम्भ गरेको छ । डिशहोम आई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन पाउँदा हाम्रो ग्राहकहरुले DTH लाई जस्तै साथ र मायका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्नेमा कम्पनीले विश्वास लिएको छ ।नेपालको एक मात्र DTH सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ बर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान…
पुरा पढौ