आयातमा वार्षिक बजेट भन्दा बढी खर्च
नेपालले विभिन्न वस्तुकाे आयातमा वार्षिक बजेटभन्दा २ खर्ब ८८ अर्ब बढी खर्च गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले वर्षभरि गर्ने आम्दानी र खर्चको विवरण (बजेट) जम्मा १६ खर्ब ३२ अर्ब रुपैयाँको तय गरेको थियो थियो । सोही आवमा भएको आयात भने १९ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार गत वर्षको बजेट भन्दा ८८ अर्ब रुपैयाँ बढीको व्यापार घाटा भएको छ । उक्त आवमा भएको व्यापार घाटा १७…
पुरा पढौ
अवैध कल सेन्टरमा प्रहरीको छापा
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरमा छापा प्रहरीले मारेको छ । एक भारतीय र दुई नेपालीले घर भाडामा लिएर सञ्चालन गर्दै आएको कल सेन्टरमा प्रहरीले छापा मारेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट अवैध धन्दा गर्ने गरेको पाइएको बताए । उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका…
पुरा पढौ
सरकारी भवन नक्सा र डिजाइन स्वीकृत नगराई निर्माण सुरु
सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग र अन्य कार्यलयले नक्सा र डिजाइन स्वीकृत नगराई भवन निर्माण गर्ने गरेको पाइएको छ । विभाग र अन्य कार्यालयले एकैवर्ष ३९ वटा सरकारी भवन नक्सा र डिजाइन स्वीकृत नगराई निर्माण सुरु गरेको पाइएको हो । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा समेत विभाग र अन्य निकायले नक्सा पास नगरी भवन निर्माण गर्ने गरेको औंल्याएको छ । ‘यो वर्ष (आर्थिक वर्ष २०७७/७८) ३९ सरकारी भवन निर्माणाधीन रहेकोमा १६…
पुरा पढौ
नेपालमा भित्रियो गुड्ने अस्पताल
नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन्। त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ। तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ। त्यसभित्र एउटा होइन छ/छवटा सुविधायुक्त शय्या र साथमा सिसीक्यामेरा। मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोगमा…
पुरा पढौ
रूख ढल्दा किचिएर १५ जना घाइते
भक्तपुरमा आइतबार दिउँसो एउटा रूख ढल्दा बस र स्कुटर किचिएका छन्। सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। रूख कसरी ढल्यो भन्ने विस्तृत विवरण आउन बाँकी छ। केही घाइतेहरूको अवस्था गम्भीर छ। घाइतेहरूलाई इवामुरा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा पठाइएको छ। लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको…
पुरा पढौ
बलात्कारका घटनाहरू बर्षेनी बढ्दै
आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणी (बलात्कार)का घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कारसम्बन्धी जाहेरी दर्ता भएका हुन l गत तीन वर्षको अभिलेख हेर्दा प्रदेशमा बलात्कारका घटनाहरू बर्सेनि बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७७/०७८ मा २३० वटा जाहेरी परेका थिए । यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा १९८ महिला तथा बालिकामाथि जबरजस्ती करणी भएको तथ्याङ्कले देखाउँछ । प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार कैलालीमा सबैभन्दा…
पुरा पढौ
अनौठो खालको ठगि
धनुषामा बृद्वाको चेकबाट रकम निकालेर फरार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमला नगरपालिका-२ माचीका सन्तोष कुमार ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । २३ बर्षका ठाकुरले बिदेह नगरपालिकास्थित एनआईसी एसिया बैंकमा रकम निकाल्न आएकी विदेह नगरपालिका- १ कि ७३ बर्षकी कुम्हलियादेवी यादवलाई आफू बैंकको कर्मचारी रहेको र रकम निकाल्न सहयोग गरिदिने भन्दै उनको चेक लिएर २४ हजार रुपैयाँ निकालेर ५ साउनमा फरार भएका थिए । उनलाई ५ साउनकै राति पक्राउ गरिएको…
पुरा पढौ
लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन : तातोपानी भन्सार
चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्ष २०७८/०७९ मा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो । सामान आयात, मापदण्डको पालना र…
पुरा पढौ
बेसहारालाई सहारा दिने आस्वासन,पछी धन्दाको काम
‘म १२/१३ वर्षका थिए, आमाले दोस्रो बिहे गरेर हामीलाई छोडेर जाँदा । आमाले बुबालाई छोडेर गएपछि बाबुले पनि दोस्रो बिहे गरी घर भित्र्याए । बुबाले कान्छी आमा भित्र्याए पछि आफ्नै आमा घर आएझैँ लाग्यो । बिस्तारै दिन बित्दै गयो । बिहान साँझ घरको काम गर्ने दिउँसो स्कूल जाने मेरो दैनिकी थियो । कान्छी आमा भित्रिएको वर्ष दिनसम्म यसरी दिन बित्यो । पछि कान्छी आमा र बुबाको व्यवहार फरक बन्दै गयो । स्कूल जाने सक्ने पनि अवस्था भएन । आमाबुबाको त्यो व्यवहार…
पुरा पढौ
स्रोत नखुलेको १७ लाख ६६ हजारसहित दुई जना पक्राउ
धनगढीको सेती प्रादेशिक अस्पताल नजिकबाट स्रोत नखुलेको १७ लाख ६६ हजार ६७० भारु रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ शान्तिनगर बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल ३४ नं गणका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिएका हुन् । सशस्त्र प्रहरी बलको इन्टिलीजेन्स ब्युरोको सूचनाको आधारमा उनीहरू लाई पक्राउ गर्न सफल भएको उनले बताए । उनका अनुसार स्रोत नखुलेको सो रुपैयाँ…
पुरा पढौ