समाचार

मनहरी गाउँपालिकामा ३० करोड बेरुजु

मकवानपुरका १० पालिकामध्ये तेस्रो ठूलो र बागमती प्रदेशकै सबैभन्दा बढी आन्तरिक आय भएको मनहरी गाउँपालिकाको आर्थिक प्रगतिमा निरन्तर प्रश्न चिह्न खडा हुँदै आएको छ । अघिल्लो कार्यकालको समीक्षा गर्दा झण्डै ३० करोड रुपैयाँ बेरुजु पाइएको छ । ०७७/७८ मा मकवानपुरको बकैया गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । यसअघि ५८ औँ प्रतिवेदनमा थाहा नगरपालिकाको बेरुजु सबैभन्दा कम थियो । बकैया गाउँपालिकाको १ अर्ब ४९ करोड ३८ लाख ४० हजार रुपैयाँको लेखा परीक्षण गरिँदा १ करोड ५२ लाख ६८ हजार अर्थात् १.०२ प्रतिशत बेरुजु देखिएको… पुरा पढौ

जर्नेलले जोडे अथाह सम्पत्ति,स्रोतबारे दुनियाँ बेखबर

नेपाली सेनाका एकजना उपरथीको अथाह सम्पत्तिबारे जङ्गीअड्डाभित्र चर्चा हुन थालेको छ । दुई तारे जर्नेल सीताराम खड्कालाई हिजोआज अरबपतिको विशेषण भिराइएको छ । छोटो समयमा अरबपतिको पहिचान बनाएका खड्का बहालवाला हाकिममध्ये सम्भवत: सबैभन्दा धनीमा पर्ने अड्कल लगाइएको छ । प्राप्त पत्रअनुसार सामान्य आम्दानी हुने एउटा जर्नेलले काठमाडौंदेखि झापासम्मका आकर्षक सबैजसो शहर र बजारमा जग्गा जमिन जोड्नुको कारण प्रष्ट छैन । ती जग्गा सबै उनको नाममा नरहेको बताइन्छ । कुनै आफ्नो नाममा,कतै श्रीमतीको त कुनै कुनै ससुराको नाममा राखिएको पत्रमा दाबी… पुरा पढौ

युरेनियम बेच्न ठिक्क परेका १५ जना समातिए

मोरङको विराटनगरबाट प्रहरीले युरेनियमसहित १५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई विराटनगरका छुट्टाछुट्टै स्थानबाट समातिएको हो । विभिन्न मितिमा पक्राउ गरिएका उनीहरुबाट दुई किलो युरेनियम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक राजन कार्कीका अनुसार आइतबार एक किलो ८७ दशमबल ३ ग्रामसहित विराटनगर–९ बाट आठ जना पक्राउ परेका हुन् । हिजो विराटनगर महानगरपालिका–३, को डेरी फार्म नजिकैबाट ९७८ दशमलब ६ ग्रामसहित सात जना पक्राउ परेका हुन् । आइतबार मोरङको धनपालथान गाउँपालिका–७ का ४१ वर्षीय शिवशंकर पासवान,… पुरा पढौ

महालेखाको ध्यान नगएको करोडौंको काम

नेपाल प्रज्ञा प्रतिष्ठान स्वायत्त निकाय हो । सम्पर्क मन्त्रालयको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहने कानूनी ब्यवस्था छ । स्वायत्त निकाय भए पनि नेपाल सरकारकै ऐन कानून मानेर संचालन हुँदैआएको प्रतिष्ठानले विगत ४ वर्षअघि आफूमातहत रहेको प्रज्ञा छापाखाना संचालन गर्न नसक्ने भन्दै भाडामा संचालन गर्न इच्छुकलाई निवेदन दिन टेण्डर आह्वान ग¥यो । आफू मातहतको छापाखाना संचालन गर्न असक्षम भएको त्यही सूचनाले पुष्टि गरेको छ ।  सार्वजनिक सूचना आह्वान भएपछि केही निजी छापाखानाहरुले संचालनका लागि प्रस्ताव पेश गरे । तर… पुरा पढौ

आन्दोलन दबाउन बलात्कारको अस्त्र

सेनाले अपहरण गर्दा आल्या बेगम १३ वर्षकी थिइन् । उनलाई सिधै सैनिक शिविरमा लगियो । पहिलो दिनै सामूहिक बलात्कारको शिकार बनिन् । त्यहाँ उनीजस्ता कैयौं महिला बन्दी थिए । सबैमाथि दिनहुँ पालैपालो बलात्कार हुन्थ्यो । एक त कम उमेर, उसमाथि लगातारको बलात्कारका कारण उनको अंग सुन्निन थालिसकेको थियो, हिँडडुल गर्न असमर्थ थियो, तैपनि उनी शारीरिक सम्बन्ध राख्न विवश भइन् । बलात्कृत त हुन्थिन् नै कतिपय परपीडक सैनिकले चुरोटले अनुहार, संवेदनशील अंगलगायत जताततै पोलिदिन्थे । खानाको हकमा सुख्खा रोटी र कहिलेकाहीँ… पुरा पढौ

२६ घरधुरी हटाएर सार्बजनिक जग्गा संरक्षणमा पोखरा महानगर ।

पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रूपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरूले अवैध रूपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिनुभयो  । मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ती छाप्रा भत्काइएको उहाँले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरी २६ वटा छाप्रा भत्काइएको हो ।… पुरा पढौ

लाइसेन्सको ट्रायल दिएका भन्दा २३ बढी जना पास !

सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा व्यापक अनियमितता हुने गरेको पाइएको छ । सिधै मोलमोलाइ गरेर लाइसेन्स वितरण गर्ने गरेको पाइएको हो ।कार्यालय प्रमुखसहित कार्यालयकै जिम्मेवार अधिकारीहरूको मिलेमतोमा १ लाख ५० हजारसम्ममा लाइसेन्स बिक्री हुने गरेको आरोपसहितका उजुरी परेका छन् ।हेभी सवारीको लाइसेन्सका लागि उक्त परिमाणमा रकम लिएको आरोप छ । यातायात व्यवस्था कार्यालय लुम्बिनी, लाइसेन्समा कार्यालय प्रमुख तेज नारायण यादव छन् । २१३ ले परीक्षा दिँदा २३७ जना पास ? सबैभन्दा रोचक कुरा त… पुरा पढौ

रोचक नेपाल किन छ ? तपाईंलाई थाहा छ ?

नेपालका केही रोचक तथ्य । विश्वका आठवटा अग्ला हिमाल नेपाल हिमालै हिमालको देश भनेर चिनिन्छ । उसो त डुंगादेखि रूखका बुटासम्ममा भगवान् देख्ने नेपालीहरूले मन्दिर पनि उत्तिकै बनाएका छन् । हिमालको सन्दर्भमा नेपालमा विश्वका ८ हजार मिटरभन्दा अग्ला आठवटा अग्ला हिमाल नेपालमा पर्छन् । यीमध्ये ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णदेखि ८ हजार ८४८ मिटर अग्लो विश्वकै छानो सगरमाथासम्म यहीँ पर्छन् । यी दुई हिमालसँगै ८ हजार ५ सय ८६ मिटर अग्लो कंचनजंघा, ८ हजार ५१६ मिटर अग्लो ल्होत्से, ८… पुरा पढौ