समाचार

२०७ स्थानीय तहले ल्याउनै सकेनन् बजेट

नयाँ आर्थिक वर्ष सुरु भएको तीन दिन पूरा भए पनि हालसम्म २०७ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । संविधानअनुसार स्थानीय तहले असार दोस्रो साताभित्रै बजेट पेश गर्नुपर्ने व्यवस्था छ । संविधानअनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारले, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय तहले बजेट पेश गर्नुपर्ने व्यवस्था छ । कूल ७५३ स्थानीय तहमध्ये ५४६ स्थानीय तहले चालु आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको भए पनि २०७ स्थानीय तहले विभिन्न कारणले… पुरा पढौ

कर तिर्ने हरुको सरकारि सूचीमा कहिल्यै पर्दैन चौधरी ग्रुप

आफुलाई विश्वको धनी भन्दै पत्रपत्रिकादेखि अनलाईन हुदै टेलिभिजन र एफएममा समेत हुँकार गर्दै आएको चौधरी ग्रुपले सरकारलाई बुझाउनु पर्ने कर भने तिर्नेभन्दा पनि छली गर्दै आएको आशंका अहिले ब्यापक छ । अन्य कम्पनीले सरकारलाई बुझाउदै आएको र कर तिर्नेको सूचीमा पनि सवैभन्दा बढी र कम बुझाउनेको नाम समाबेश भएपनि विश्बको धनी भनी हुँकार गर्ने चौधरी ग्रुप भने कहिल्यै पनि सो सूचीमा नाम पर्न सकेको छैन । वर्षमै अत्याधिक रुपमा सम्पत्ती बृद्धि भई विश्वको धनीको सूचीमा समेत उकालो लागेका सो ग्रुपका… पुरा पढौ

ग्लोबल आइएमई बैंकबाट हरायो ८ लाख रुपैयाँ कर्मचारीकै मिलेमतो

दुःख गरि कमाएको रकम सुरक्षित रहने विश्वासमा बैंकमा लगेर डिपोजिट गरेको पैसा बैंकबाट हराएपछि बचतकर्ताहरु अहिले मारमा परेका छन् । प्राप्त समाचार अनुसार ग्लोबल आइएमई बैंकमा डिपोजिट गरेको रकम आफ्नो खातामा नभएपछि सुनसरी कोशी गाउँपालिकाका महेशप्रसाद भिन्डवार अहिले उजुरी बोकेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका छन् । उनको पैसा चोरी भएको भन्दै त्यहाँ पुगेको प्रहरीले जनाएको छ । उनी पटकपटक प्रहरी कार्यालय पुगी सके तर उनको उजुरीमा खासै पहल भने नभएको दुखेसो गरेका छन् । उनको बैंक खाताबाट हराएको… पुरा पढौ

भ्रष्टाचाररहित समाजको परिकल्पना

भ्रष्टाचार नैतिक, अनुशासित र सभ्य समाजका लागि कलङ्कको टीका हो । पूर्वीय दर्शनमा हामीले कल्पना गर्ने गरेको रामराज्यको दुश्मन हो । सार्वजनिक हित र भलाइका लागि लगानी गरिने सार्वजनिक स्रोतसाधन र सम्पत्तिमाथि गिद्धे नजर लगाउने, -याल काढ्ने र आँखा गाड्ने भ्रष्ट व्यक्ति र समूहको कालो मनबाट सिर्जित रातो अपराध हो– भ्रष्टाचार ।  भ्रष्टाचार नेपाली समाजमा यस्तो उद्योगका रूपमा मौलाउँदै गएको छ, जसमा न त लगानी जुटाउनुपर्छ न त प्रतिस्पर्धा नै गर्नुपर्छ । व्यावसायिक जोखिम मोल्नु नपर्ने, उद्यमशीलता नचाहिने, व्यावसायिक योजना बनाउनु नपर्ने, बिनाउत्पादन र… पुरा पढौ

जाजरकोटमा रक्सी प्रतिबन्ध

जाजरकोटको कुशे गाउँपालिकाले मदिरा उत्पादन, बिक्री तथा प्रयोगमा निषेध गरेको छ । गाउँसभाले अस्तिदेखि मदिरा निषेधित गाउँपालिकाको निर्णय गरेको हो । सो निर्णय कार्यान्वयनका लागि पालिकाले मदिरा आयात र उत्पादनमा रोक लगाएको छ । बाहिरबाट मदिरा आयात र घरेलु उत्पादन तथा बिक्री वितरण नगर्न गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीले सबै सरोकारवालाहरुलाई आग्रह गरेका छन् । ‘मिति २०७९ श्रावण १ गतेदेखि मदिरा आयात र घरेलु उत्पादन तथा बिक्री वितरण नगर्न, नगरी दिनुहुन मदिरा उद्यमी, व्यवसायीलगायत सरोकारवाला सबैको जानकारीको लागि… पुरा पढौ

हेटौडाले भन्यो साताको दुई दिन ‘श्रमदान’

हेटौंडालाई सुन्दर तथा सफा बनाउने उद्देश्यले उपमहानगरले ‘सफा हेटौंडा अभियान’ को घोषणा गरेको छ । हरित हेटौंडाको नामबाट परिचित हेटौंडालाई थप सफा बनाउने उद्देश्यले अभियान घोषणा गरिएको उपमहानगरले जनाएको छ । अभियानअन्तर्गत प्रत्येक शनिबार स्थानीय नागरिकले कम्तिमा दुई घण्टा श्रमदान गर्नुपर्नेछ । त्यो दिन सरसफाई, पार्कको रेखदेख, वृक्षरोपणलगायत काम गरिनेछ । पुरा पढौ

बाबुरामलाई छाडेर कोही एमाले,कोही माओवादीतिर

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको समूह औपचारिक रुपमा अलग्गिएको छ । पार्टीबाट ठूलै झुण्ड लैजाने आंशका विपरित अहिले सांसदहरुमध्ये आफू र महेन्द्रराय यादव मात्रै देखिएका छन् । यसअघि मोहम्मद इस्तियाक राइन र प्रदीप यादवहरु पनि जान्छन् भन्ने अनुमान अहिले गलत सावित भएको छ । उनीहरुले संस्थापन पक्ष अर्थात अध्यक्ष उपेन्द्र यादवको साथ नछाडी मन्त्री भए । अरु धेरै जना असन्तुष्ट हुँदाहुँदै यतै अडिएको बताइन्छ । जसपाका एक जना नेताले भने, ‘पद गुम्ने डरले धेरै… पुरा पढौ