जसपाको धम्कीले अधिकृत भागेपछि नगरसभा स्थगित, मन्त्री श्रेष्ठ र जसपा नेतृत्व दोषी रहेको मेयरको आरोप
बाराको पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत २८ दिनदेखि सम्पर्कविहीन हुँदा नगरसभा रोकिएको छ । जसपाका नेताहरुले धम्की दिएकाले काम गर्न नसक्ने ‘म्यासेज’ पठाएर सम्पर्कविहीन भएका निमित्त प्रशासकीय अधिकृत श्यामप्रसाद यादव बेपत्ता हुँदा नगरपालिकाको दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको छ । यादव कार्यालयमा उपस्थित नहुँदा नगरपालिकाका सम्पूर्ण कार्य रोकिएको मेयर जलन्धर सिंह जैसवालले जानकारी दिए । उनका अनुसार अधिकृत यादव पछिल्लो पटक असार ७ गते कार्यालय आएका थिए । सोही दिन १२ बजेतिर उनले आफूलाई जसपाका नेताहरुले धम्की दिएकाले काम…
पुरा पढौ
जनता टाइम्सलाई प्रेस काउन्सिलको २४ घण्टे पूर्जी
पत्रकार आचारसंहिता प्रतिकूल यौनजन्य, अश्लील एवं उत्तेजक शीर्षक राखेर समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले जनता टाइम्स अनलाइनलाई स्पष्टीकरण सोधेको छ । जनता टाइम्सले गत असार ३० गते ‘कामुक यौनकथाः एक वर्षपछिको त्यो रंगीन रात’ र त्यसको भोलिपल्ट ‘खोल्सा छेवैको रुखको छहारीमा तिर्खा मेटियो’ भन्ने शीर्षकमा समाचार छापेको थियो । त्यसैगरी, ‘सेक्ससम्बन्धी रोचक जानकारी जुन कुराले तपाई अचम्मित हुनुहुन्छ’ र ‘यौन पेशा गर्न छाडिदिइन् जागिर, भन्छिन् : आफ्नो काममा खुसी छु,’ लगायतका समाचार पनि प्रकाशित गरेको काउन्सिलले जनाएको छ ।…
पुरा पढौ
काम नगर्ने ठेकेदारसँग मेयरको साँठगाँठ
बुटवलको चौराह–गोलपार्क सडक विस्तारमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले दोहोरो भूमिका खेलेका छन् । सडक निर्माणमा भइरहेको ढिलासुस्तीप्रति उपमहानगर प्रमुख पाण्डेले सार्वजनिक कार्यक्रममै असन्तुष्टि जनाएका थिए । तर, उनैले निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारको म्याद थप गर्न गोप्य रुपमा लबिङ गरेको पाइएको छ । सडक विस्तारको म्याद असार मसान्तमा सकिइसकेकाे छ । निर्माण कम्पनी द कञ्जनजंघा–बिरुवा जेभीले यसअघि निर्धारित म्यादभित्रै सडक निर्माण सक्ने प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धताअनुसार गत मंसिरदेखि सडक निर्माण अघि बढाएकाे हाे । निर्माण कम्पनीको सक्रियता बढेपछि सत्तारूढ दलकै नेताहरूले स्थानीय तहको चुनावमा…
पुरा पढौ
अनलाइन मतदाता नामावली भर्ने कार्य ८ जिल्लामा
निर्वाचन आयोगले काठमाडौँ उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ । आयोगले नमूनाका रूपमा सुरु गरेको सो कार्य आजदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा) को जिल्ला निर्वाचन…
पुरा पढौ
इच्छाराजकी पत्नी पक्राउ
काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतबाट गत पुस २७ मा पक्राउ पुर्जी जारी भई फरार रहेका सहकारीको तत्कालीन लेखा समिति सदस्य तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौँस्थित रामशाहपथबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानूनी कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । उनीहरुको मिलेमतोमा काठमाडौँ महानगरपालिका–१३, सोल्टीमोडस्थित…
पुरा पढौ
प्रहरीका ४०२ जना लेखा प्रमुखहरूकाे सरूवा
नेपाल प्रहरीकाे २ वर्षदेखि राेकिएकाे लेखापालहरूकाे सरूवा भएकाे छ । धिरज प्रताप सिंह आईजीपी नियुक्त भएपछि सरूवा र बढुवा नियमित रूपमा हुन थालेकाे छ । दामकामकाे काराेवार हुने र हाकिमहरूकाे अति निकट भएर काम गर्न पाउने भएकाले नेपाल प्रहरीमा लेखा प्रमुखहरूकाे सरूवालाई निकै महत्वका साथ हेरिन्छ । नेपाल प्रहरीका इन्स्पेक्टर, वरिष्ठ सई र सई गरेर ४०२ जनाकाे यस पटक २०७९ साउन १ गतेदिखे नै लागु हुने गरी साउन ३ गते साँझ काज सरूवा निस्किएकाे छ । प्रहरीमा लेखापाल भएर अतिरिक्त…
पुरा पढौ
सरकारी बेरुजु ४ खर्ब ८३ अर्ब
सार्वजनिक तथा सरकारी निकायमा आर्थिक अनुशासन र उत्तरदायित्वको कमीले बेरुजु बढ्दै गएको छ। महालेखा परीक्षक कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औं प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७७/७८ मा मात्रै १ खर्ब १५ अर्ब ५ करोड ५० लाख रुपैयाँ बेरुजु थपिएको छ। सरकारी बेरुजु बढेर ४ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवको भन्दा ०७७/०७८ मा १५.४६ प्रतिशत बढीले बेरुजु बढेको प्रतिवेदनमा उल्लेख छ। ‘आर्थिक अनुशासन कमजोर हुँदा वित्तीय प्रशासनमा अपेक्षित सुधार हुन सकेको छैन,’ महालेखा परीक्षक टंकमणि शर्माले प्रतिवेदनमै भनेका…
पुरा पढौ
निर्दोष व्यक्ति थुनामा
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको इन्टेलिजेन्स टोलीलाई २३ असारमा एउटा सूचना आयो, ‘काठमाडौं महानगरपालिका–७, चाबहिलको एक खाजा घर अगाडि पार्किङ गरेको मोटरसाइकलको सिटमुनि कस्तुरीको विना छ ।’ संरक्षित कस्तुरीको विनाको किनबेच हुन लागेको सूचना पाएपछि रानीपोखरीको टोली चाबहिल पुग्यो । ‘मोटरसाइकलमा गएर हेर्दा सिटमुनि रातो कपडाले बेरेको अवस्थामा कस्तुरीको विना जस्तो वस्तु फेला पर्यो’ उपत्यका प्रहरीका प्रवक्ता एसपी सन्तोष सिंह राठौर भन्छन्, ‘त्यसपछि प्रहरीले मोटरसाइकल धनी शिव लिम्बुलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।’ तर घटनामा ट्विस्ट त्यतिबेला आयो,…
पुरा पढौ
न्यायाधीशलाई घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोधिने
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेल विरुद्ध नेपाल कानून व्यवसायी परिषदले सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएपछि परिषदले गोरखापत्र दैनिकमा मंगलबार सार्वजनिक सूचना निकालेर ७ दिनभित्र स्पष्टीकरण दिन भनेको हो । पोखरेलले न्यायाधीश कोइरालालाई घुस लिने प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले छानविन गरिरहेको छ । ‘जसरी हुन्छ, सम्पर्कविहीन भएर म्याद नबुझ्ने, स्पष्टीकरण पनि नदिने अनि यो…
पुरा पढौ
मिर्गौला बेच्ने हरु नै तस्करीमा संलग्न
मकवानपुरका २० वर्षीया राजकुमार (नाम परिवर्तन) र सर्लाहीका श्याम (नाम परिवर्तन) रोजगारीको खोजी गर्दै केही वर्षअघि काठमाडौं आएका थिए । आर्थिक स्थिति कमजोर भएका उनीहरुले सुरुमा सामान्य ज्याला मजदुरी गरेर गुजारा चलाए, तर लामो समयसम्म काम गर्न सकेनन् । पछिल्लो समय सडकमा बोतल टिप्ने बिक्री गरेर आएको पैसाले चलिरहेका थिए । पशुपतिको भण्डारामा खाना खाने र सडक पेटीमा सुत्ने गर्थे । त्यही क्रममा उनीहरुको भेट दैलेखका धुपेन्द्र शाही र विमलबहादुर शाहीसँग भयो । पशुपति क्षेत्रमै भेटिएका शाहीद्वयले ७ लाख रुपैयाँ…
पुरा पढौ