समाचार

फरार रहेका प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी झापाबाट पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-६ ठेगाना भएका ४७ वर्षीय टेकनाथ ढुंगानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद र २८ लाख २२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद… पुरा पढौ

विकास बजेट फ्रिज, दाङमा कुल बजेटको ६५.३८ प्रतिशत रकम मात्रै खर्च

आर्थिक वर्ष २०७८/७९ मा दाङमा तीन अर्ब २६ करोड  दुई लाख ५१ हजार ७ सय २५ रुपैयाँ विकास बजेट फ्रिज भएको छ ।  जसमा संघीय बजेट तर्फ एक अर्ब ८६ करोड ११ लाख ७० हजार पाँच सय ७९ र प्रदेशतर्फ एक अर्ब ३९ करोड ९० लाख ८१ हजार एक सय ४६ रुपैयाँ बजेट फ्रिज भएको हो । समयमा विकास निर्माणका योजनाहरू सञ्चालन तथा निर्माण हुन नसक्दा योजनाका लागि विनियोजित गरेको करिब सवा तीन अर्ब रुपैयाँ रकम फ्रिज भएको हो ।… पुरा पढौ

मोटरसाईकल चोरी गर्ने पक्राउ

विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न स्वास्थ्य संस्थामा पार्किङमा राखिएका मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले विराटनगरका २२ वर्षीय नवीन माझी, सुनसरी दुहबीका १८ वर्षीय मोहम्मद सलाउद्दिन, २५ वर्षीय मोहम्मद हजरत र ३४ वर्षीय मोहम्मद नसुरुद्दिनलाई पक्राउ गरिएको हो । महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल, नोबेल शिक्षण अस्पतालको कम्पाउन्डभित्र पार्किङ गरिएको मोटरसाइकल चोरी गरेको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको साथबाट नम्बर नखुलेको… पुरा पढौ

हलधरको यात्रा कति सत्य कति भ्रम

अहिले नेपालमा हलधर को दुई कुरा चर्चा मा छन एक थरी ले जे भन्छन अर्को थरिले हल्ला हो भन्छन सामाजिक संजाल मा यस प्रकार छ । कतिकुरा त साभार गर्दा वा कपी पेस्ट गर्दा पनि आनन्द लाग्दोरहेछ । मोदी नेपालको लागि मैत्रीपूण मित्र भएको मान्न नसकिए पनि उस्कोजस्तो शासनशैली कसैको देख्दिन । मलाई लाग्छ, नेपालमा पनि मोदीजस्तै शासक भैदिए । मोदीले यसभन्दा पहिला पनि कोइलाको डँगुरमुनि लुकेका हिरा खोजेर पुरस्कृत र सम्मानित गरेका थिए ! तपाइँ पत्याउँनुहुन्न भने कृपया यो… पुरा पढौ

गाडीकै वाहानामा काङ्ग्रेस द्वारा गाउँसभा बहिस्कार

आफ्नै आफन्तको मात्र चिन्ता गरेको भनी बिबाद मा आएको गन्डकी प्रदेश का काङ्ग्रेस को चिन्तन अझै नसुध्रीएको माओबादिले बताएको छ ट्रस्ट मा लाखौ बजेट राखेको काङ्ग्रेस चिन्तन अहिले भिमसेन गाउँपालिकाकामा देखिएको छ भिमसेन थापा गाउँपालिकाकाकाे गाउँसभा पालिका उपाध्यक्षसहित २० जनाले बहिस्कार गरेका छन् । उपाध्यक्ष ले गाडी सुबिधा नपाउने भएपछी पालिका उपाध्यक्ष अमृता वस्तीसहित २० जना सदस्यले गाउँसभा बहिस्कार गरेका हुन् । एक विज्ञप्ति जारी गर्दै उपाध्यक्षसहित अन्य सदस्यले याेजना निर्माणमा अध्यक्ष लाेकप्रसाद बञ्जारा हावी भएकाे भन्दै गाउँसभा बहिस्कार गरेकाे… पुरा पढौ

डाक्टर, वकिल आयकर नतिर्नेमा अगाडी: महालेखा

मुलुकको सुशासन र नामका लागि वकालत गर्ने प्रमुख पेशा व्यवसाय नै करको दायरामा आउन इमान्दार नदेखिएको पाइएको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ५९औं प्रतिवेदनले यस्तो समस्या उजागर गरेको हो । प्रतिवेदनअनुसार स्थायी लेखा नम्बर नलिनेहरुमा डाक्टर, इन्जिनियर, वकिल, सल्लाहकार, लेखापरीक्षक, कलाकार, खेलाडी, शिक्षक र प्राध्यापकहरु अधिक छन् । लिएकाहरुले पनि इमान्दार भएर आयकर दाखिला नगरेको प्रतिवेदनमा उल्लेख छ । अन्तरआवद्धतासहित उक्त व्यवस्थाको प्रभावकारी कार्यन्वयन गर्न पनि प्रतिवेदनले सुझाएको छ । पुरा पढौ

जिल्ला खेलकुद विकास समिति सप्तरीले बजेटको हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर

जिल्ला खेलकुद विकास समितिको कार्यालय, सप्तरीद्वारा राजविराज नगरपालिकास्थित राजरङ्गशाला खेलमैदान स्तरोन्नति कार्यको लागि आर्थिक बर्ष २०७३/०७४ मा बजेट विनियोजन भएकोमा बजेट बराबरको काम नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निर्धारित शर्त तथा मापदण्ड (स्पेशिफिकेशन) विपरीतको कार्यलाई मापदण्ड बमोजिम नै भएको भनी प्रमाणित वा स्वीकृत गर्ने,  फिल्डमा कम काम भएकोमा वढी काम भएको भनी नापी किताबमा मूल्याङ्‍कन गरी चढाउने तथा कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने एवं निर्धारित शर्त तथा मापदण्ड बमोजिम काम नगरी/नगराई गलत प्रतिवेदन तयार गरी भुक्तानीको लागि… पुरा पढौ

७ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर 

पशु सेवा विभाग, पशुपन्छी वजार प्रवर्द्धन निर्देशनालयबाट विगत आ.व.मा पशु हाटवजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ, नगरपालिका वडा नं. ०५, जिरीखिम्ति, माझगाउँमा आम्फुवा पशुहाटबजार निर्माण गर्न अनुदान प्राप्त भएकोमा इष्टिमेटबमोजिमको निर्माण कार्य सम्पन्न नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.व. २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ नगरपालिका, वडा नं.०५, जिरीखिम्ति, माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा इष्टिमेटबमोजिम कार्य नै नगरी रु. ४७,३७,६२९।६२  बढी भुक्तानी भएको देखिएकोमा उक्त कार्य भष्टाचार निवारण ऐन,२०५९… पुरा पढौ