ज्वेलर्सका सञ्चालकद्वारा सुन तस्करी : विभागद्वारा मुद्दा दायर
अवैध रुपमा सुन तस्करी गरी राजस्व चुहावट गर्ने दुईजना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । कास्की जिल्ला पोखरा महानगरपालिका १५ रामनगर बस्ने २५ वर्षीय रमेश सुनार र रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका ८ शिवमन्दिर स्थायी ठेगाना भई टोखा नगरपालिका ६ बस्ने गणेश ज्वेलर्सका सञ्चालक सुनिता बिकविरुद्ध विभागले बुधबार उच्च अदालत कास्कीमा मुद्दा दायर गरेको हो । सुनार र विकविरुद्ध ८० लाख १ सय ३० रुपैयाँ बिगो माग गरिएको छ । गत माघ १५ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट…
पुरा पढौ
‘अख्तियारको इन्स्पेक्टर हुँ’ भनेर रकम असुलेको आरोपमा ३ जना पक्राउ
अख्तियारको ‘इन्स्पेक्टर हुँ’ भनेर रकम असुलेको आरोपमा प्रहरीले महोत्तरीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१२ घर भएका ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका घर भएका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन छन् । महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग उनीहरूले अख्तियारमा कार्यरत ‘निरीक्षक हौँ’ भनेर असुल्ने गरेको महोत्तरीका एसपी कृष्ण पङ्गेनीले रातोपाटीलाई बताए । आरोपीहरूले सीमा क्षेत्रको एउटा पसलबाट २ हजार २ सय भारतिय रुपैयाँ असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा…
पुरा पढौ
जग्गा अधिकरणको ४७ वर्षपछि बन्ला त पोखरा बसपार्क?
पोखरा महानगरपालिका विश्वकै परिचित पर्यटकीय गन्तव्यको एक हिस्सा हो। नगरपालिका, उपमहानगरपालिकाको सिँढी चढ्दै संघीयता कार्यान्वयनमा आएपछि २०७३ साल फागुन २७ गते महानगरको पगरी गुथ्न सफल भएको थियो। ३३ वटा वडा रहेको पोखरा भौगोलिक दृष्टिले नेपालको सबैभन्दा ठूलो महानगरपालिकाको हो। यस महानगरपालिकाको क्षेत्रफल ४६४ वर्ग किमि रहेको छ। करिब ५ लाख बढी जनसंख्या रहेको पोखरा महानगर पर्यटकीय राजधानी शहरको रूपमा स्वदेश तथा विदेशमा परिचित छ। ४० भन्दा बढी नाम चलेका पर्यटकीय गन्तव्यहरू रहेको कारण पोखरा लाखौं आन्तरिक र बाह्य पर्यटकहरूको रोजाइ…
पुरा पढौ
सांसद खातुनले सरकारी कागजात किर्ते गरेको ठहर
सरकारी कागजात कीर्ते गरेको अदालतबाट फैसला भएपछि प्रदेशसभा सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिनुभएको छ । सांसद खातुनले बुधबार संसद् सचिवालयमा दिनुभएको राजीनामा बिहीबार स्वीकृत भएको छ । सरकारी छाप, दस्तखत र कागजात कीर्ते गरेको अभियोगमा उच्च अदालत विराटनगरले सजाय हुने फैसला गरेको भए पनि सांसद खातुनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका कारण लामो समय कारबाही हुनबाट जोगिएको थियो । गतसाता सर्वोच्च अदालतले उच्चको फैसलालाई नै सदर गरेपछि सांसद खातुनले पदबाट राजीनामा दिनुभएको हो । सांसद खातुनको राजीनामा स्वीकृत भएको सभामुख…
पुरा पढौ
वडा अध्यक्षहरुद्वारा डल्लो बजेट माग
कैलालीको कैलारी गाउँपालिकाका वडा अध्यक्षहरुले वडामा डल्लो बजेट माग गर्नु भएको छ । छरिएको बजेटले जनताको चाहना अनुसार वडामा विकास गर्न नसकिने भन्दै उहाँहरुले वडामा डल्लो बजेट माग गर्नु भएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गर्दा वडालाई सम्पूर्ण जिम्मेवारी लाद्न खोजेको तर बजेट भने टुक्रे दिएको वडा अध्यक्षहरुको भनाइ छ । बिहीबार बसेको गाउँ सभा बैठकमा उहाँहरुले वडाको समुचित विकासका लागि डल्लो बजेट पाउनु पर्ने सबैको साझा आवाज रहेको उल्लेख गर्नुभयो । ‘डल्लो बजेट दिएमा…
पुरा पढौ
न्यातपोल मन्दिर ३३० वर्ष पूरा
नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढीस्थित न्यातापोल (पाँचतले) मन्दिर निमार्ण भएको बुधबार ३३० वर्ष पूरा भएको छ। मन्दिर निर्माण पूरा भएको दिनको सम्झना स्वरुप आज झन्डो तोलन अर्थात् झण्डा फहराउने कार्य गरिएको हो। तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले १८औँ शताब्दी अर्थात् नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदाको दिन निर्माण पूरा भएको अभिलेख छ। अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्षबन्धन पूजा गरिएको उल्लेख भएको संस्कृतविद् ओम धोभडेल बताउनुहुन्छ। त्यसैले प्रत्येक वर्ष असार शुक्ल प्रतिपदा आज…
पुरा पढौ
हिमा गाउँपालिकाकाे स्थायी कार्यालय बाजागाडमा
हिमा गाउँपालिकाको गाउँसभाले पालिकाको स्थायी केन्द्र बाजागाडमा तोकेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको अध्यक्षतामा बसेको १२औँ सभाले पालिकाको केन्द्र ५ नम्बर वडामा पर्ने बाजागाड बनाउने निर्णय गरेको हो । सबैको सहमतिमा पालिकाको केन्द्र बाजागाड बनाउने निर्णय भएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । उनले भने, 'हामी हिमा गाउँबासीको विकास र समृद्विको आकांक्षा पूरा गर्न सबैको पाएक पर्ने ठाउँमा कार्यालय तोकेका छौँ । यसअघिका जनप्रतिनिधिले पनि कार्यालय बाजागाडमा तोक्ने निर्णय गरेका थिए । तर, पछि विवाद भएपछि निर्णय कार्यान्वन रोकिएको थियाे । हिमाले आर्थिक…
पुरा पढौ
सिंगापुरमा ढलको पानीबाट बियर, उपभोक्ता भन्छन्-पिउन कुनै आपत्ति छैन्
न्यु ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । देशको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी) र स्थानीय शिल्प ब्रुअरी ब्रिवर्जबीचको सहकार्यमा यो पेय पदार्थ बनाइएको हो । सन् २०१८ मा पहिलो पटक पानी सम्मेलनमा सार्वजनिक गरिएको न्यु ब्रिउ अप्रिलमा सुपरमार्केट र ब्रिवरेज आउटलेटहरूमा बिक्रीमा राखिएको थियो । ‘मैले यो शौचालयको पानीबाट बनेको हो भनेर गम्भीरतापूर्वक भन्न सक्दिन’ ५८ वर्षीय चेउ वेई लियानले भने । यसबारे सुनेपछि उनले सुपरमार्केटबाट बियर किनेका थिए । ‘यदि यो फ्रिजमा…
पुरा पढौ
श्रोत नखुलेको सातलाख रुपैयाँ सहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ
सिरहा जिल्लाको बजारपट्टि गाउँपालिका ३ स्थित छोटी भन्सार ईलाकाबाट असार १४ गते सशस्त्र प्रहरीले ७ लाख ७ हजार ५ सय ७० नेपाली रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिर्चैया नगरपालिका १ बस्ने २५ वर्षीय दयानाथ कापत, ४८ वर्षीय जगनाथ साह, ३३ वर्षीय उमेश साह र ३१ वर्षीय रविन साह छन् । से ८ प १३६९ र स ३ प २४७८ नम्बरको मोटरसाईलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बरियारपट्टिबाट खटिएको सशस्त्र प्रहरीले…
पुरा पढौ
निजगढ विमानस्थल निर्माणसम्बन्धी फैसलाको पूर्णपाठ : तीन न्यायाधीश र दुई न्यायाधीशको फरक राय
सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा आज राय बाझिएको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले गत जेठ १२ गते गरेको फैसलाको आज सार्वजनिक भएको पूर्णपाठमा तीन न्यायाधीश र दुई न्यायाधीशको राय फरकफरक आएको छ । न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र प्रकाशमान सिंह राउतको उक्त स्थानमा विमानस्थल बनाउन हुँदैन भन्ने राय आएको छ भने न्यायाधीश हरिकृष्ण कार्की र डा मनोेजकुमार शर्माको निजगढको…
पुरा पढौ