उजुरी उपर कारबाही नगर्ने निकाए अख्तियार
देशभरबाट विभिन्न माध्यामबाट अनियमिता र भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपनि कारबाही भने नभएको गुनासो उजुरीकर्ताबाट आउन थालेको छ । अख्तियारमा परेकोमाथी कारबाही नभएका कारण उजुरीको चाङ लाग्दै गएको छ । भ्रस्टाचार बिरोधि अभियन्ता शारदा भुसाल झाले प्रमाण सहित दिएको उजुरीमा समेत कारबाही नभएको कुरा उहाले सामाजिक संजाल मा समेत लेख्नुभएको छ चालू आर्थिक वर्षको ११ महिनामा अख्तियारमा भ्रष्टाचार सम्बन्धी बाह्र हजार ४ सय ९२ वटा उजुरी परेको तथ्याङकले देखाएको छ । यो संख्या साउनदेखि असार महिनाको…
पुरा पढौ
पानि कम्पनीको अबैध धन्दा
पोखरा सहर र राजधानी लगायत देशभर पिउने पानीको अभावको मौका छोप्दै विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पानीको स्टिकर टाँसी अस्वस्थकर खानेपानी बिक्री वितरण भइरहेको पाईएको छ । विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पिउने पानीको नक्कली स्टिकर बनाएर गुणस्तहिन पानी जार र बोटलमा भरी खुला रुपमा बिक्री वितरण गर्दै आएको भनि उजुरी समेत परेसंगै अबैधधन्दा को रहस्य बाहिर आएको छ । काठमाडौँको एउटा पानी उत्पादन गर्ने उद्योगले अर्कैको ब्राण्डको नाममा बजारमा पानी उपलब्ध गराउँदै आएपछि सो अबैधधन्दा गर्नेमाथी कारबाहीको माग राख्दै…
पुरा पढौ
सूचनाको हकको पूर्ण कार्यान्वयन गर्न मधेश प्रदेश तयार
मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले दूरदर्शिता, जबाफदेहिता, जनमैत्री शासन एवं सुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । मिडिया काउन्सिल मधेश प्रदेशको आयोजना सूचनाको हकका लागि राष्ट्रिय महाँसघ र राष्ट्रिय सूचना आयोगको सहयोग एवँम समन्वयमा जनकपुर धाममा भएको अन्तर्क्रियात्मक कार्यक्रममा मन्त्रि ज्युले सो कुरा बताउनुभएको भयो । सूचनाको हक प्रवर्द्धनमा मधेश प्रदेश सरकार र स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले सूचनाको हक कार्यान्वयन गर्नबाट कोही पनि भाग्न…
पुरा पढौ
काठेखोला गाउँपालिकाका इञ्जिनियर तथा उपभोक्ता समितिका अध्यक्षलाई भ्रष्टाचार सम्बन्धी मुद्धा।
जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिकास्थित नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, एक्लेखेतघाट ह्यूमपाईप आयोजनामा कमसल सामग्री प्रयोग गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क., तत्कालीन सब-इञ्जिनियर नवीन थापा र असिस्टेन्ट सव-इञ्जिनियर सनोज उपाध्यायले सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँचको लागि सम्बन्धित साइट प्राविधिकलाई जिम्मेवारी नतोकी नापी कितावमा सही गरी सहमति जनाई नभए नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाई/बनाउन लगाई गलत मूल्याङ्कनमा…
पुरा पढौ
प्रशासकीय अधिकृत खिम बहादुर उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।
जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिका स्थित नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, सडक मर्मत आयोजनामा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कर्मचारीको मिलेमतोमा योजनाबद्ध ढंगले सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ को प्रावधानलाई समेत वेवास्ता गरी योजनालाई साना साना टुक्रामा विभाजन गरी, दरभाउ पत्रसमेत नलिई सामान्य निवेदनको भरमा मात्र एक फर्मलाई एक वडाको जिम्मेवारी दिएकोमा सोही वडाको एकै साइटमा एकै अवधिमा अर्को फर्मलाई समेत जिम्मेवारी दिएको र अर्को फर्मबाट समेत काम भएको भनी नापी…
पुरा पढौ
टेलिकम र आईएसपीका ४३०० जनाको लगइन डिटेल चोरी
नेपाली दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक (आईएसपी) कम्पनीका ४३०० जना प्रयोगकर्ता ‘कम्प्रोमाइज’ (लगइन डिटेल चोरी) भएको पाइएको छ । नेपाली साइबर सुरक्षा फर्म भैरव टेक्नोलोजीले सार्वजनिक गरेको “नेसनल साइबरसेक्युरिटी थ्रेट रिपोर्ट २०२२” ले यो तथ्य बाहिर ल्याएको हो । लगइन डिटेल चोरी हुनेहरूमा २७ कम्पनीका ४६० जना कर्मचारी र ३८४० जना ग्राहक रहेको बताइएको छ । त्यस्तै प्रतिवेदन अनुसार मे २०२२ सम्ममा नेपालका १४२४ ओटा उपकरण (डिभाइस) ‘कम्प्रोमाइज’ (ह्याकरले आफ्नो पहुँचमा लिएको) भएका छन् । जसमा सबैभन्दा बढी नेपाल टेलिकमका ५०२…
पुरा पढौ
राजस्व छलीको अभियोगमा २७ जनाविरुद्ध मुद्दा दायर
राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जना विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध उच्च अदालत पाटनमा विभागले मुद्दा दायर गरेको हो । मालवस्तु पठाउँदा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्यअभिवृद्धि कर र लाभांश लगायतका राजस्व नतिरेको विभागले जनाएको छ । मुद्दा दायर गरिएका २७ जनालाई २२ करोड १९ लाख रुपैयाँ बराबर बिगो माग दाबी गर्दै जरिवानासहित ४४…
पुरा पढौ
लाइसेन्स विना सहकारी बैंकको कारोबार गर्दै ‘हव को-अपरेटिभ’
काठमाडौं चुँडालदेवी, बालुवाटारमा मुख्य कार्यालय रहेको हब कोअपरेटिभ सर्भिस लिमिटेडले सहकारी विभागको ऐन विपरीत अन्तर–सहकारी कारोबार गर्दै आएको छ । सहकारी विभागले ८८ बुँदे एकीकृत निर्देशन जारी गर्दै अन्तर–सहकारी कारोबार नगर्न निर्देशन दिएपनि यस सहकारीले भने खुल्ला रुपमै यस्तो कारोबार गर्दै आएको पाइएको छ । स्रोतले भन्यो, ‘विभागले अन्तर–सहकारी कारोबार रोकेपनि यस सहकारीले भने गैर कानूनी रुपमा कारोबार गर्दै आएको छ ।’ यसरी कारोबार गर्दा बजारमा जोखिम बढ्न थालेको छ । देशको अर्थतन्त्रको कुल आकारको करीव १० प्रतिशत तथा जनसांख्यिक…
पुरा पढौ
एनआईसी एसिया बैङ्कबाट करोडौँ हप्ता उठाउँछन् राष्ट्र बैङ्कका गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको निर्देशनमा बैङ्कहरूबाट हप्ता उठाउने गरेको पाइएको छ । विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट गभर्नर अधिकारीले बैङ्कहरूको आर्थिक अवस्था, बैङ्कको कमजोर संस्थागत सुशासन र व्यक्तिगत सम्बन्धका आधारमा हप्ता उठाउने गरेका छन् । अन्य संचार माध्यमबाट प्राप्त विवरण अनुसार अधिकारीले केही वाणिज्य बैङ्कहरूबाट महिनामा १ करोडभन्दा माथि, विकास बैङ्कबाट ५० लाखभन्दा माथि र फाइनान्स कम्पनीबाट लाखौँ रकम असुली गर्ने गरेको आशङ्का गर्न सकिन्छ । नेपालमा २७ वटा वाणिज्य बैङ्क, १७ वटा विकास बैङ्क, १५ वटा फाइनान्स…
पुरा पढौ
सुशासनका आयामहरू
-जनसहभागितामूलक शासन व्यवस्था, -जनउत्तरदायी सरकार सञ्चालन, -शासन प्रक्रियामा पारदर्शिता अवलम्बन, -कानुनमा आधारित शासन व्यवस्था, -जवाफदेही शासन सञ्चालन, -प्रशासनको सरलीकरण र निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता, -समावेशितामा आधारित न्यायपूर्ण समाज निर्माणमा जोड, -भ्रष्टाचाररहित समाजको परिकल्पना, -दण्डहीनताको अन्त्य र कानुनको परिपालना, -नियम कानुनको पूर्ण परिपालना, -वित्तीय जवाफदेहिता प्रवद्र्धन, -स्वतन्त्र प्रेसको व्यवस्था ।
पुरा पढौ