समाचार

जुगल गाउँपालिकामा अवैधानिक उपभोक्ता समिति गठन गरी भ्रष्टाचार

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मोटरबाटो निर्माण गर्ने क्रममा अवैधानिक उपभोक्ता समिति गठन गरी भ्रष्टाचार गरेको आरोपमा  गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, अस्सिस्टेन सव इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द्र यादव, बलेफी तेम्बाथान उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरुले गाउँपालिकाबाट झुटो विवरणको आधारमा… पुरा पढौ

धर्मेन्द्र झा राससको अध्यक्ष नियुक्त 

सूचनाको हकका अभियन्ता धर्मेन्द्र झा राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्ष नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत हुन् । धनुषाका झा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पुरा पढौ

सुचनाको हकको व्यवहारिक प्रयोग र प्रर्वद्धनमा जोड

सुचनाको हक सम्बन्धि कानूनको व्यवहारिक प्रयोग र प्रर्वद्धन विषयक अन्तरर्क्रिया कार्यक्रम आइतबार काठमाण्डौ सूचनाको हकका लागि राष्ट्रिय महासँघद्वारा आयोजना गरियो । राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासँघले पहिलो पटक राजधानी काठमाण्डौमा आयोजना गरेको हो । कार्यक्रमका प्रमुख  अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकको अभियानमा महासँघ कोषेढुँगा बनेको भन्नु भयो ।  प्रमुख आयुक्त गुरुङले सूचना नदिने सूचना अधिकारीलाई होइन कार्यालयको जिम्मेवार व्यक्ति भनेको कार्यालय प्रमुखलाई भएकोले आयोगले कार्यालय प्रमुखलाई कारवाही अगाडी बढाउने गरेको जानकारी… पुरा पढौ

निती तथा कार्यक्रम र बजेट निर्माणको लागी भिमसेन थापामा छलफल

भिमसेन थापा गाउँपालिका गोरखाले आर्थिक बर्ष २०७९÷०८० को लागी योजना तर्जुमा अन्र्तगत नीति तथा कार्यक्रम र बजेटबारे सरोकारवालाबीच छलफल चलाएको छ । पालिकाको आगामी नीति कार्यक्रम र बजेट बारे धारणा बनाउन र बिभिन्न निकायबाट सल्लाह सुझाबको लागी अनलाईन जुमबाट र प्रत्यक्ष समुहमा पनि छलफल गरेको हो । छलफलको लागी स्वदेश तथा बिदेशमा रहेका बिज्ञ, बौद्धिक व्यक्तित्व, पालिकामा प्रत्यक्ष, अप्रत्यक्ष सरोकार राख्ने व्यक्तित्वहरुको बिशेष उपस्थिती रहेको थियो । पालिकाले यहि असार १० गते आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ… पुरा पढौ

जग्गा खरिद गरेर जापान गएकी लोहनी फर्किदा जग्गा अर्कैको नाममा पुगेको खुलासा

नक्कली नागरिकता बनाएर विदेश बस्नेको जग्गा कीर्ते गरेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले जग्गा कीर्ते गरेको अभियोगमा दार्चुलाका महावीर चन्दसहित ५ जनालाई पक्राउ गरेको हो । दार्चुलाको साविक उकु गाविस वडा नं ६ हाल मालिकार्जुन गाउँपालिका–७ घर भई टोखा बस्ने ५२ को महावीर चन्दले तारानिधी लोहनी उल्लेख गरि जिल्ला प्रशासन कार्यालय, लमजुङबाट किर्ते नागरिकताको प्रमाण पत्र बनाई सात करोड रुपैयाँ बाराबरकोको जग्गा कीर्ते गरी ठगी गरेको ब्यूरोले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।… पुरा पढौ

साँस्कृतिक सहर काठमाडौंलाई नमुना शहरकै रुपमा विकास गर्ने- मेयर शाह

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नगर बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उक्त सभामार्फत मेयर शाहले साँस्कृतिक सहर काठमाडौंलाई नमुना शहरकै रुपमा विकास गर्ने योजना सुनाए ।  ‘साँस्कृतिक सहर सम्मृद्ध नगर’ मुल नारासहित समग्र महानगरको आर्थिक, सामाजिक, साँस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै हराभरा बनाउने बताए ।  स्वतन्त्रबाट मेयर जितेको करिब डेढ महिनामा नै आगामी आर्थिक… पुरा पढौ

काठमाडौंको कल सेन्टरमार्फत अमेरिकामा ठगी

काठमाडौंमा कल सेन्टर चलाएर सो आवरणमा अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले एउटा समूहलाई पक्राउ गरेको छ । धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ले अनलाईन मार्फत सो ठगीधन्दा चलाएको प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ । अनलाइन ठगीमा संलग्न १३ जनालाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रहरी बरिष्ठ उपरिक्षक नबिन्द अर्यालले जानकारी दिए । पक्राउ पर्नेमा ‘अर्बिट नेक्सस प्रालि’का संचालक बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने ३३ वर्षीय बिजय श्रेष्ठ र उनका मुख्य सहयोगी दुईजना भारतिय नागरिक छन् । कलसेन्टरको सुपरभाइजर भारत घर भएका ३२ वर्षीय… पुरा पढौ

ब्रेकअपपछि पूर्व प्रेमिकासँग डेटिङ खर्चको क्षतिपूर्ति माग

सांघाईका एक व्यक्तिले आफ्नो पूर्व प्रेमिकालाई डेटिङ गर्दा लागेको सबै खर्चको क्षतिपूर्ति दिन माग गरेपछि उनी चर्चामा छाएका छन् । सांघाइका एक अज्ञात व्यक्तिले  आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।  सम्बन्धमा रहँदा खर्च गरेको पैसाको सम्पूर्ण सूची र प्रमाणसमेत उनले जुटाएका छन् । विस्तृत ‘ब्रेकअप लिस्ट’ले चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्को वहस सुरु गरेको छ ।  धेरैले आफूलाई ती व्यक्तिको दाबीभन्दा पनि डेटिङको महिनौंदेखिका सबै खर्च सम्झने उनको क्षमताबाट… पुरा पढौ

स्वीमीङ पु्लमा डुबेर एक किशोरको मृत्यु

स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु भएको छ । तेर्सापट्टिमा रहेको सीएम स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर पोखरा-५ मालेपाटनमा बस्दै आएका १३ वर्षीय किशोर दीपेश शर्माको मृत्यु भएको हो । उनी शनिबार दिउँसो आमा र भाइसँग पौडी खेल्न पुगेका थिए । सुरुमा पौडी नखेल्ने सोचेका उनी एक्कासि पुलमा खसेका थिए । उनी डुबेको केही समयपछि मात्रै थाहा भएको बताइएको छ । पुरा पढौ

अनियमितता बिरुद्ध आवाज उठाउदा प्र.अ. द्वारा हातपात

दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविकी शिक्षिका गोमा कार्कीमाथि प्रधानाध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छन् । विद्यालयको आर्थिक गतिविधि पारदर्शीताको विषयमा विवाद हुँदा प्र.अ. पौडेलले शिक्षिका कार्कीमाथि शुक्रबार विद्यालय व्यावस्थापन समितिको बैठकमा हातपात गरेकी हुन् । पौडेलले शिक्षिका कार्कीको पानीपेटमा लात्तीले हान्दा गम्भीर चोट लागेको शिक्षिका कार्कीले बताइन् । निरन्तर पेट दुख्ने र पिसाब नरोकिने समस्या देखिएपछि कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार नोबेल अस्पताल विराटनगर रेफर गरेको छ । कार्कीलाई आफन्तले शुक्रबार रातिनै जिल्ला अस्पताल पुर्‍याएका थिए । घाइते शिक्षिकाका… पुरा पढौ