बिद्यालय कोषको रकम हिनामिना
जिल्ला रामेछाप, कण्ठेश्वर माध्यमिक विद्यालय, टोकरपुर, दोरम्बा-३ का प्रधानाध्यापकसमेतले विद्यालय भवन निर्माण गर्दा बिद्यालय कोषको रकम आफूखुशी झिकी भवन निर्माणमा खर्च देखाई व्यक्तिगत लाभ लिई निर्माण समाग्रीहरु लुकाई विक्री वितरण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल र सहायक प्रधानाध्यापक/लेखापाल रामलाल कडेल समेतले बिद्यालय कोषको रकम खर्च गर्दा कानुनको परिपालना नगरी अनावश्यक रुपमा खर्च भएको भनी बिद्यालय कोषको रकम निकाली अस्वभाविक आधार प्रमाण देखाई रु.१२,८४,१२२।७३ हिनामिना गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरमा निजहरु…
पुरा पढौ
जनप्रियले संझियो गणेशमान पालिखेलाई गंगादेवीद्वारा ४ लाखको अक्षयकोष स्थापना
मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म संझनालायक काम गर्नुपर्ने बताए । जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित स्मृति दिवसमा गणेशमान पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले रक्तचन्दनको वृक्ष रोपी कार्यक्रमको उद्घाटन गरिन । गंगादेवीले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेकी छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्धेश्यले हरेक वर्ष पालिखेको स्मृति दिवसका अवसरमा प्रदान गर्ने गरी अक्षय…
पुरा पढौ
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुस सहित पक्राउ
जिल्ला महोत्तरी, श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरु प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला महोत्तरी, जलेश्वर न.पा.-२, टाउन प्लानिङ्ग स्थित मामाज किचन, फेमिली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट आज मिति…
पुरा पढौ
चन्द्रागिरि डिजिटल युगमा
चन्द्रागिरि नगरपालिकाले राजस्व संकलनका लागि अत्याधुनिक सूचना प्रणालीको उपयोग गर्न सुरुआत गरेको छ । यसका लागि उसले ‘क्यूआर कोड’ मार्फत पनि राजस्व संकलन प्रारम्भ गरेको छ । यससँगै यही जेठ महिनाभित्र नगरपालिका तथा वडाका राजस्वसम्बन्धी सम्पूर्ण सेवा डिजिटल वालेट, कनेक्ट आइपिएस लगायतका अनलाइन सेवामार्फत सुरु हुनेछ । नगर तथा वडाका सेवाग्राहीलाई एसएमएसमार्फत सुसूचित गर्ने कार्य पनि तत्कालै सुरु हुने नगरपालिकाले जनाएको छ । नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाद्वारा आयोजित कार्यक्रममा ‘क्यूआर कोड’ सेवाको शुभारम्भ गर्दै नगरपालिकाले निर्माण गरी हस्तान्तरणको चरणमा रहेको जिपिएस/जिआइएस…
पुरा पढौ
विद्यालयका अध्यक्ष पासवान साथै प्रधानाध्यापक रामदिनेश मण्डल रु. ५०,०००/- घुस रकमसहित नियन्त्रणमा ।
जिल्ला महोत्तरी, श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिदै गरेको अवस्थामा उक्त रकमसहित जिल्ला महोत्तरी, जलेश्वर न.पा.-२, टाउन प्लानिङ्ग स्थित मामाज किचन, फेमिली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिदै ।
पुरा पढौ
आयोगको पछिल्लो आदेश |
सुचना माग कर्ताले सुचना अधिकारीलाई १५ दिनको समय राखी सुचना माग गरे पश्चात पूर्ण या सन्तुष्ट सुचना नपाएमा ७ दिनको समय राखी कार्यालय प्रमुखलाई सुचना माग गर्दा पनि सन्तोषजनक सुचना नपाएमा राष्ट्रिय सुचना आयोगलाई सुचना उपलब्ध गराइदिनु भनि गरिने पुनरावेदन मध्यका पछिल्ला पुनरावेदन उपर भएका आदेश निम्न छन् |
पुरा पढौ
नक्कली बिलभरपाई खडा गर्नेलाई अख्तियार द्वारा मुद्दा ।
जिल्ला सुर्खेत, गढी, लेखगाउँ, कुनाथरीमा सिस नेपाल संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग नेपाल नागरिक समाज (सिस नेपाल), सुर्खेतले मिति २०७३।१२।२७ मा गरेको सम्झौताबाट अनुदान लिई अदुवा खेती प्रबर्द्धन गर्ने जिम्मेवारी तोकी कार्यादेश समेतको आधारमा नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल…
पुरा पढौ