समाचार

सूचनाकोहक कि सूचना अधिकारी उत्कृस्ट अभियन्ता मा दर्ज

www.suchanakohak.com कि सूचना अधिकारी दुर्गा आचार्य उत्कृस्ट अभियन्ता पुरस्कार २०७९ बाट पुरस्कृत भइ उत्कृस्ट अभियन्ता को लिस्ट मा दर्ज हुनुभएको छ । वि.स. 2056 साल जेष्ठ महिनाको 20 गते वशन्तमय समयमा जलजला गाउँ पालिका वाड नम्बर 7 पर्वतमा बाबा जीवन्धर पाध्या र आमा सीता कुमारी आचार्यको परिवारमा एक दाइ र एक दिदी पछि कान्छो सन्तानको रुपमा जन्म भएको उहाँ साच्चै नै राष्ट्रको वसन्त बन्न सफल हुनु भएको छ । उहाँको विद्यालय शिक्षा गाउँकै सरकारी विद्यालय मा भएको र त्यसपछि उच्च… पुरा पढौ

अमेरिकाको टेक्सास राज्यमा प्रबचन दिदै डा. चिन्तामणि नाथ योगी

नेपालले पनि विश्वलाई धेरै कुराको ज्ञान दिन सकिन्छ भन्दै नैतिक शिक्षाको पाठ सिकाउदै करिब ३८ बर्षको जीवन यात्रा गरेका डा. चिन्तामणि नाथ  योगी अहिले अमेरिकाको टेक्सस राज्यका विभिन्न सहरमा प्रवचन दिदै हिडेकाछन् । बिगतमा विभिन्न देशमा नेपाली लगायत विदेशीहरुलाई आफ्नो प्रवचन मार्फत मन जित्न सफल भएका योगीले नेपालमा हिन्दु विधा पिठ, शान्ति विधा आश्रम, गुरुकुल  गृह लगाएत विभिन्न सेवा संस्था खोलेर नैतिकज्ञानको प्रचार गरेकाछन् । जन्म थलो दाङ भएका योगी विगत ३८ बर्ष देखि काठमाडौंमा बस्दै आएका उनि बेलाबेलामा अमेरिका,… पुरा पढौ

यी लक्षण देखिए बेलैमा हुनुहोस् होसियार ! नत्र बढ्दै जानेछ मुटुरोग र कोलोस्टोरको समस्या

शरीरमा कोलोस्टोरको मात्रा बढ्नु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ। जब रगतमा कोलोस्टोरको मात्रा सामन्यभन्दा बढी हुन्छ, कोरोनरी धमनीमा अवरोध पैदा हुन्छ। यसले मुटु सम्बन्धी रोग निम्त्याउँछ। के हो कोलोस्टोर रुकोलोस्टोर रगतमा पाइने बोसो (फ्याट) हो। स्वास्थ्य जीवनका लागि यो नितान्त आवश्यक हुन्छ। यद्यपी यसको रगतमा यसको मात्रा सामन्यभन्दा बढी भयो भने रगत जम्छ। यसले मुटुमा समस्या ल्याउँछ। चिकित्सकको अनुसार कुनैपनि उमेरको पुरुष महिलामा कोलोस्टोरको मात्रा २ सय एमजी-डिएल भन्दा कम हुनुपर्छ।कोलोस्टोर किन आवश्यक छ रुकोलोस्टोरले शरीरको क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्बाह गर्छ।… पुरा पढौ

निर्वाचनकाे माैका छाेपी काठ तस्कर सक्रिय , प्रहरीद्वारा अवैध काठ बरामद

सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गणेशपुरकाे संयुक्त टाेलीले प्रतिबन्धित भारतीय काठ बरामद गरिएकाे छ।बगैचामा पराल मुनि राखेको काठ सोमवार सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल डालपुर र इलाका प्रहरी कार्यालय गणेशपुरकाे संयुक्त टाेलीले बरामद गरेको इप्रका गणेशपुरका प्रहरी निरिक्षक विजय तिमल्सिनाले जानकारी गराउनुभएकाे छ I विजयनगर गाउंपालिका ७ गेडुवजोत काे एउटा बगैचामा लुकाएर राखिएकाे अवस्थामा २५ हजार बराबरकाे ६० क्युबफिट सिसमकाे काठ बरामद गरिएकाे प्रहरीले जनाएकाे छ। नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय… पुरा पढौ

स्वतन्त्रद्वारा छ जना पत्रकारलाई पुरस्कृत गर्ने घोषणा : पन्त, भण्डारी, शाह, ढकाल, तिवारी र चौधरी एकसाथ सम्मानित हुँदै

स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय समितिद्वारा छ जना पत्रकारहरूलाई एक साथ पुरस्कृत गर्ने घोषणा गरिएको छ । संघको पुरस्कार छनौट समितिको यहाँ सम्पन्न बैठकको सिफारिस अनुसार ती नाम बैशाख १७ गते छनौट गरिएका हुन् । एउटै मञ्चबाट पत्रकारहरू पन्त, भण्डारी, शाह, ढकाल, तिवारी र चौधरी सम्मानित हुने हुनु भएको छ।कोभिडका कारणले अघिल्लो वर्ष र गत वर्षको पुरस्कार संयुक्त रुपमा वितरण गर्ने गरी त्यस्तो निर्णय गरिएको हो । पुरस्कृत हुनेहरूमा समाजिक पत्रकारिता पुरस्कार– ७७ भूपनिधि पन्त(हाल पोखरा) र मोहन भण्डारी हाल… पुरा पढौ

धनुषामा गाडीको ठक्करबाट प्रहरी वरिष्ठ हवल्दारको मृत्यु, गाडी फरार

जनकपुरधाम- धनुषामा गाडीको ठक्करबाट एक प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ । गाडीको ठक्करबाट गए राती ईलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालय तर्फ पैदल जाँदै गर्दा वरिष्ठ हवल्दार पराजुलीलाई ईलाका प्रहरी कार्यालय कै अगाडी नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो। उनको घटनास्थल मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए। ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरी निरीक्षक सिंहले जनाए।… पुरा पढौ

डिशहोमको डीटीएस प्रविधिको टेलिभिजन सिग्नल ९९ प्रतिशत भरपर्दोः अध्ययन

काठमाडौं । देशभरी गरिएको अध्ययनले डिश मिडिया नेटवर्कको ‘डाइरेट टू होम’ प्रविधिमा आधारित टेलिभिजन ९९ प्रतिशत भरपर्दो रहेको पाइएको छ । डिशहोम ब्राण्डमा टेलिभिजन सेवा प्रदान गर्दै आएको यस कम्पनीका ग्राहकले कम्पनीले उपलब्ध गराएका च्यानलहरु विस्तृत दायरामा हेर्ने कुरालाई मात्रै एक मात्रै चिन्ताको रुपमा औंल्याएका छन् ।  पानी तथा हिउँ पर्दाको अवस्थामा कहिले काहींबाहेक डिशहोमले उपलब्ध गराएका टेलिभिजन च्यानलहरु गुणस्तरीय रहने गरेको अध्ययनमा पाइएको छ । समस्या दोहोरिएको अवस्थामा छिटोभन्दा छिटो प्रणालीको निरीक्षण गरी समस्या समाधानमा आफ्नो प्राविधिक टिम लाग्ने… पुरा पढौ

देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ, माओवादीले पहिलाभन्दा डबल सिट जित्छ अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही बैसाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस सेन्टर नेपाल न्युज बैंकसँगको कुराकानीका क्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको बताउनु भयो । स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनमा लागेर माओवादीले नेतृत्व छाडेको टिप्पणी आइरहेका बेला प्रचण्डले सो कुरा बताउनुभएको हो… पुरा पढौ

माओवादी बलियो बनाउने अठोट

माओवादी बलियो बनाउने अठोट सहित पोखरामा पूर्वलडाकु र काँग्रेस, एमाले कार्यकर्ता पार्टी प्रवेशपोखरा ,१९ वैशाख । पोखरा महानगरपालिका– १८ मा जनयुद्धका पुर्वलडाकु दीपेन्द्र तिमिल्सिना सहित १० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।विसं २०६० देखी माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिएका तिमिल्सिना शान्ति प्रक्रियापछि स्वतन्त्र रहेकामा परिर्वतनको रक्षाका लागि पुनः माओवादी शक्तिशाली र बलियो बनाउने अठोट सहित पार्टीमा फर्किएका हुन् ।यसैगरी सोही वडाका एमाले क्रियाशिल सदस्य इन्द्र अधिकारी, काँग्रसेका क्रियाशिल सदस्य एवं अधिबक्ता श्रीकृष्ण अधिकारी, लक्ष्मी भण्डारी लगायत १० जना माओवादी… पुरा पढौ

प्रेमि लाई समय दिन नपाएपछि युवतिले खोजिदिइन गर्लफ्रेन्ड

आफ्नो ब्वाइफ्रेन्डको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजीदिने युवती पनि यो दुनियाँमा छन् भन्दा पत्याउन गाह्रो पर्दछ । किनकि जो कोही प्रेमी प्रेमिकाले आफ्नो प्रेम बाँडिएको सहन सक्दैन ।तर अमेरिकाकी एकजना युवतीले आफ्नो ब्वाइफ्रेन्डलाई यतिधेरै माया गर्छिन् कि उनले प्रेमीको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजिदिएकी छिन् । समाचार अनुसार ती युवतीले प्रेमीलाई निकै प्रेम गर्थिन् तर जागिरका कारण समय दिन भने सक्दिनथिन् । डेलीस्टारमा छापिएको खबर अनुसार चनेल बी नामकी युवतीले आफ्नो कथा सोसल मिडियामा राखेकी छिन् । ती… पुरा पढौ