समाचार

सूचना आयोगको सक्रियता दैनिक बढ्दै, स्थानीय तह मा आक्रामक सेवा साथै आदेश

जिल्लाकाे बुढीनन्दा नगरपालिकामा शुक्रबार सरकार र सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सुचना आयोगका आयुक्त कमला ओलीकाे सहभागितामा कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। कार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा छलफल गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सुचना आयोगका आयुक्त कमला ओलीले हक सम्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी… पुरा पढौ

सूचनाको हकमा विकृतिका स्वरुपहरू

निरंकुश शासनका खिलापमा जनउत्तरदायी शासनको उदय भयो । त्यसैगरी जवाफदेही शासन, सुशासन लगायतका शासनका नवीनतम चिन्तनहरू पनि । यी नवीनतासँग नजिकको सम्बन्ध छ, सूचनाको हकको । सूचनाको हक पारदर्शिताको कडी हो । लोकतन्त्र सबलीकरणको आधार तत्व हो । सुशासन प्रवर्धनको द्योतक हो ।सरकार र त्यसका निकायले आफ्ना कामकार्वाही खुला गर्नुपर्दछ । ती काम सरोकारवाला नागरिकले थाहा पाउनुपर्छ । हरेक नागरिकलाई आफ्नो र सार्वजनिक सरोकारको सूचना माग्ने र प्राप्त गर्ने अधिकार हुन्छ । त्यस्तो अधिकार नै सूचनाको हक हो । सूचनाको… पुरा पढौ

पोखरा महानगरको मेयर मा यु टर्न

देशकै ठूलो महानगर पोखरा महानगर गठबन्धन मा नेकपा समाजबादी को भागमा परेको छ । काङ्ग्रेस र माओबादिको गठबन्धन लाई पराजित गर्दै अगिल्लो चुनाब मा एमालेले मेयर उपमेयर दुबै जितेको थियो । अहिले निकै आलोचित बनेको छ महानगर आन्तरिक भ्रस्टाचार मा चुर्लुम्म डुबेको महानगरमा कति सम्म श्वेत भ्रस्टाचार छ र कति सम्म राजनैतिक संरक्षण छ भन्ने कुरा आम पोखरेलिले सहजै अनुमान लगाउन सक्छन । बर्सेन करोडौ रकम फर्जी तरिकाले हिसाब मिलान गर्दा पनि हिसाब मिलान गर्नै नसक्ने गरि भ्रस्टाचार हुने नेपालको… पुरा पढौ

थपिदै अटेरी उम्मेदवार

पोखरा । अटेरी उम्मेदवारको संख्या दिनानुदिन थपिदै छ । स्थानीय तहलाई दल रहित बनाउने उद्देश्य बोकेर पोखराबाट सुरु भएको अटेरी अभियानमा उम्मेदवारी दिनेको संख्या बढ्दै गएको हो । हालसम्म देशभर १ सय ५० जनाले आउदो स्थानीय तहबाट उम्मेदवारी घोषणा गरि सकेका छन् । पोखराबाट मात्रै १२ वडामा अटेरी उम्मेदवारी घोषणा भएको छ । ‘तपाईंहरुलाई थाहै छ, अहिले अटेरी अभियानमा सामेल हुनेको संख्या दिनहुँ बढी रहेको छ । देशभर डेढ सय बढीको उम्मेदवारी घोषणा गरि सक्नु भएको छ,’ अटेरी अभियानका निर्वाचन… पुरा पढौ

चुनाव जित्न पैसा कि एजेन्डा ?

 निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई… पुरा पढौ

लाइसेन्स परीक्षामा भारतीय नक्कली परीक्षार्थी

सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय, लुम्बिनीले लिएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका चार जनालाई प्रहरीले समातेको हो । पक्राउ परेकामध्ये दुई जना नेपाली र दुई जना भारतीय रहेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । रुपन्देहीको देवदह नगरपालिका–७ का २२ वर्षीय उदयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारतको उत्तर प्रदेश जिल्लाको महाराजगञ्जका १९ वर्षीय सन्दिप कुर्मी र १९ वर्षीय महिप बर्मा पक्राउ परेका… पुरा पढौ

बालुवाटार बिचौलिया भनेर चिनिने चन्दने ले यौटै ठेक्का मा २५ करोड सेटिंग मिलाउन नसकेपछि

जमलमा निर्माण हुँदै गरेको राष्ट्रिय पुस्तकालय भवनको विवादित ठेक्का प्रक्रिया टुंगो लगाउने अन्तिम तयारीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लागेको खबर छ । राष्ट्रिय पुस्तकालय भवनको बोलपत्र सूचना निकालेदेखि नै प्रतिष्ठा निर्माण सेवालाई ठेक्का दिनेगरी सेटिङ गरिएको बिषयमा समाचार सार्वजनिक भएपछि शिक्षा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले आफूलाई भएको अधिकार सहसचिव युवराज सुवेदीलाई प्रत्यायोजन गरेको खबर छ  ।  पुस्तकालय भवनको निर्माणका लागि ७५ करोडको लागत अनुमान गरिएकोमा प्रतिस्पर्धा गराउँदा ५० देखि ५५ करोड रुपैयाँमा बोलपत्र प्रस्ताव पर्न सक्ने अवस्था विद्यमान थियो… पुरा पढौ

जसपा नेता धर्मेन्द्र प्रसाद पटेल र सामुदायिक वन उपभोक्ता समुहका सचिव दिपक थापा मगर र जनक थापा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला रौतहट, देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग रु.५,००,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल, निजका सहयोगी अशोक प्रसाद पटेललाई सेवाग्राहीबाट घुस/रिसवत बापत रु.२,५०,०००।– (दुई लाख पचास हजार रुपैयाँ) नगद र रु. २,५०,०००।– (दुई लाख पचास हजार रुपैयाँ) को चेक लिइसकेको अवस्थामा मिति २०७८।११।१५ गते नियन्त्रणमा लिइएको… पुरा पढौ

भरतपुर का टोल–टोलमा आपत्कालीन राहत कोष स्थापना

बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गरेका छन् । आर्थिकरूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा उनले राहत कोष स्थापना गरेका हुन् । हिजो भरतपुर महानगरपालिका–११ को गणेशधाममा आयोजित कार्यक्रममार्फत उनले वडा नं २ को मिलनटोल र ११ को सिद्धार्थटोलमा कोष स्थापना गरी आर्थिक सहयोग गरेका हुन् । हरेक कोषमा सुवेदीले रु. ५० हजार आर्थिक सहयोग गरेका छन् । यसअघि उनले भरतपुर–२ को इन्द्रेणीटोल, ११ को दरबारचोक टोल र १२ को नवरत्न… पुरा पढौ

१०० भन्दा बढीलाई ट्रयाल पास गराइदिने व्यक्ति पक्राउ परेकै दिन छुटे

सवारी चालक अनुमतिपत्र(लाइन्सेस)को लिखित तथा प्रयोगात्मक(ट्रायल) परीक्षामा सहभागी भाडामा परीक्षार्थीलाई पक्राउ गरी मुद्दा नचलाई छाडिएको छ । यसमा यातायात कार्यालय र प्रहरीको भुमिका शंकास्पद देखिएको छ । यातायात व्यवस्था कार्यालय, ठूलो भ¥याङले आइतबार गुर्जुधारास्तित ट्रायल सेन्टरमा एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले झन्डै एक सय व्यक्तिको परीक्षा दिइसकेको बताए । तर, ती व्यक्तिलाई कारबाही नगरी छाडिएको छ ।यातायात कार्यालयले नक्कली र सक्कली परीक्षार्थी दुवैलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाएको थियो । थानकोटले घटनाको अनुसन्धान नै नगरी… पुरा पढौ