समाचार

भ्रष्टाचार, कुशासन र पत्रकारिता

प्रजातन्त्रमा एकातिर मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति हुन्छ भने अर्कातिर भ्रष्ट प्रवृति, कानुन मिच्ने, निर्धालाई दुःख दिने प्रवृत्ति पनि उत्तिकै प्रवल हुन्छ, जो विधिको शासनका लागि ठूलो चुनौती बन्न पुग्दछ। राज्यव्यवस्था अन्तर्गत सुशासन र कुशासन सँधैं चर्चा भइरहने शब्दावली हुन्। कुशासनका लागि फितला नियम–कानुन, ढङ्गहीन र गलत कार्यशैली, साधनहरूको दुरुपयोग, काममा लापरबाही आदि धेरै पक्षरू जिम्मेवार रहेता पनि त्यसमा भ्रष्टाचार र आर्थिक हिनामिनाको प्रतिशत निकै बढी हुने गर्दछ। कसै–कसैले भ्रष्टाचार नै कुशासन हो भन्ने ठान्दछन्, तर यो सोचाई त्यति युक्तिसंगत… पुरा पढौ

शिक्षा मन्त्रालयमा सूचना पाउनै सकस

रिपोर्टरको डायरी भनि तारा चापागाई ले अन्नपूर्ण पोस्ट मा लेखेको जस्ताको तस्तै बिस्तृत जानकारिको लागि अन्नपुर्ण पोस्ट हेर्नुहोला नेपालको संविधानको धारा २७ मा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ।’ त्यसमुताबिक कानुन तयार भइसकेको त छैन, तैपनि सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सूचना नदिने सार्वजनिक निकायका अधिकारीलाई सजायको भागिदार बनाएको छ।  संविधान–ऐनले दिएको अधिकार र नियम पालना गर्दै मैले फागुन १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा केही सूचना माग… पुरा पढौ

शुक्लागण्डकी नगरपालिकाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर बानिया सहित २० जनालाई भ्रस्टाचार मुद्दा ।

जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं १६ स्थित हिमाली प्रा.वि. तनहुँको तत्कालीन विद्यालय व्यवस्थापन समितिले निर्णय गरी विभिन्न व्यक्तिहरुलाई घरसारको कागज बनाई सार्वजनिक जग्गा गैरकानूनीरुपमा विक्री वितरण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हिमाली प्रा.वि. तनहुँको विद्यालय व्यवस्थापन समितिको वैठकले मिति २०५१।०१।११ गते निर्णय गरी साविक ढोरफिर्दि गा.वि.स मा रहेको सरकारी/सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आफैले घडेरी नम्बर कायम गरी सरकारी सार्वजनिक सम्पत्ति (जग्गा) गैरकानूनीरुपमा भोगचलन गर्ने गराउने गरेको, विक्री भएका जग्गा घडेरीमा पक्की घरसमेत संरचना बनाएको पाईएकोले प्रतिवादीहरु विद्यालय… पुरा पढौ

ज्येष्ठ नागरिक को भत्ता हिनामिना गर्ने सचिब हरु धमाधम अख्तियारको खोरमा

केहि समय अगाडी मात्र ज्येष्ठ नागरिकको भत्ता हिना मिना गर्ने हरुलाइ अख्तियारले मुद्दा चलाएको छ ६/८ बर्ष अगाडिको हिनामिनामा अहिले मुद्दा चल्नुमा नागरिक सचेतना प्रमुख कारण रहेको छ । जागौ नेपाल का अभियन्ताहरु अहिले एस्तो खोजीमा गाउँ गाउँ पुगेका छन् साथै सूचना अभियन्ताहरु टोल टोल मा पुगेर आफ्नो करको हिसाब माग्न आम नागरिक लाइ अपिल गरेका छन् जसको कारण अख्तियार सम्म हिनामिनाको उजुरी पुग्ने गरेको छ । हालै जिल्ला गोरखा, अजिरकोट गाउँपालिका वडा नं. ३ हंशपुर र वडा नं. ५… पुरा पढौ

देशको अर्थतन्त्र कोमामा

मुलुकको आर्थिक तथा वित्तीय स्थिति कोमामै पुग्ने अबस्थामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।। राष्ट्र बैंकले जारी गरेको पछिल्लो प्रतिबेदन अनुसार देशको आर्थिक अबस्था खस्किँदै गई सबै सूचकहरु नकारात्मक विन्दूमा झरेको उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले वर्तमान सरकार गठनपछिको पछिल्लो सात महिनाको तथ्यांकमा आधारित विवरण सार्वजनिक गर्दै अर्थतन्त्र निराशाजनक रहेको देखाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ठिक यतिबेला वैदेशिक रोजगारीमा जानेको संख्या ८५ प्रतिशतले घट्दा रेमिट्यान्स भने बढेको थियो । तर यस वर्ष अघिल्लो वर्षको… पुरा पढौ

मालपोतका खरिदार लक्ष्मण बस्नेतले भ्रष्टाचार गरेको भनि आरोप-पत्र दायर ।

मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस/रिसवत बापत रु १,३५,०००।- माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा निज खरिदार लक्ष्मण बस्नेतलाई सेवाग्राहीबाट रु १,३५,०००।– (एक लाख पैंतीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।११।१२ गते नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग रु.१,३५,०००।– घुस/रिसवत… पुरा पढौ

बजारभरि गुणस्तरहिन लेज, कुरकुरे, हर्लिक्स र बर्नभिटा

 नेपाल मा आउने अधिकांस खाध्य सामाग्री हरु गुणस्तरहीन हुने हल्ला र समाचार बेलाबखत मा सुनिदै आइएको छ । भारतमा डेट एक्सपाएर भनि नस्ट गर्न को लागि ठेक्कामा समान पाउनेले उक्त समान नस्ट नगरी गोदाम बाट उठाई नेपालमा बिक्रि वितरण गर्दै आइरहेका छन् । हावा गएको केहि समय मा लेज र कुरकुरेहरु डेट एक्सपाएर हुन्छन । त्यसरी म्याद रहेपनि हावा कम नै भएको कारण एक्सपाएर भएको लेज कुरकुरे हरु नस्ट गर्ने चलन छ तर नेपालमा अधिकांस कम हावा भएका लेज र… पुरा पढौ

मादी गाउँपालिकाले मनायो स्थापना दिवस

कास्की जिल्लाको मादी गाउँपालिकाले स्थानीय तह स्थापना दिवस भव्यताकासाथ गाँउपालिकाको कार्यालय याङ्जाकोटमा विविध कार्यक्रम गरी मनाएको छ । नेपालको संविधानले परिकल्पना गरेको संघीय शासन प्रणाली बमोजिम २०७३ फागुन २७ गतेका दिनमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्थानीय तहको घोषणा गरेको दिनको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पालिकाको आर्थिक, सामाजिक, भौतिक, मानवीय विकास, सुशासन लगायतका समग्र विकासहरुमा जस्तै कला, संस्कृति, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणका क्षेत्रमा पाँच वर्षमा गरेका… पुरा पढौ

कोकाकोला बिरुद्द ७ अर्ब राजस्व ठगीको मुद्दा

राजस्व अनुसन्धान विभागबाट बोटलर्स नेपाल लिमिटेड समेत रहेको राजस्व चुहावट सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा मिति २०७८।१1।27  गते दायर भएको छ । जसको विवरण यसप्रकार रहेको छ । कसूरको संक्षिप्त विवरण तथा बिगो: नेपाल स्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुवई स्थित कम्पनि कोका कोला साब्को एशिया (Coca Cola SABCO Asia Limited)को शत प्रतिशत शेयर सन् २०१४ अक्टोबर २४ तदअनुसार 2071/07/07 मा कोका कोला साब्को (Coca Cola SABCO) ले आयरलैण्ड स्थित यूरोपियन रिफ्रेसमेन्ट (Europian Refreshment) लाई विक्री गरेको… पुरा पढौ