समाचार

फर्जी भरपाई बनाउने सचिवलाइ भ्रष्टाचार सम्बन्धि मुद्दा

जिल्ला मुगु साविक रारा गा.वि.स. वडा नं. १ देखि ९ सम्मको आ.व. २०७१/०७२ र २०७२/०७३ मा सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक/बृद्धा भत्ता, अपाङ्ग भत्ता, एकल महिला, आदि) र बाल पोषण भत्ताबापतको रकममा किर्ते कागज बनाई अनियमितता गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक रारा गा.वि.स.मा आर्थिक वर्ष २०७१/०७२ देखि २०७२/०७३ सम्म गा.वि.स. सचिवहरुले नेपाल सरकारलाई हानी पुर्‍याउने बदनियतले सामाजिक सुरक्षा तथा बाल पोषण अनुदान भत्ता नै वितरण नगरी वितरण गरेको फर्जी भरपाई खडा गर्ने, नामै नभएका व्यक्तिको नाम राख्ने, एउटा… पुरा पढौ

पर्यटन बोर्डमा अध्यक्ष सचिब को ताण्डब, शक्ति को अगाडी सबै मौन

शक्ति केन्द्रमा भएमा सरकारी ढुकुटीबाट व्यक्तिगत रुपमा लाखौ रुपैयाँ खर्च गर्दा पनि सो बारे अनुसन्धान र कारबाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बस्ने गरेको प्रमाण फेला परेको छ । बालुवाटारमा स्रोत नखुलेको सम्पत्ति लगाई १२ करोड रुपैयाँमा घर किनेर विवादमा परेका सचिव महेश्वर न्यौपाने र उपाध्यक्ष चन्द्र रिजालले अहिले बोर्डको पैसा आफुखुशी खर्च गर्दै आएको बिषय बाहिरिएको छ । रिजाल बोर्डका उपाध्यक्ष समेत भएकाले र शक्तिकेन्द्रमै रहेकाले गैरकानुनी रुपमा बोर्डको पैसाबाट व्यक्तिले विदेश भ्रमण गरेको अनुभबलाई किताव छाप्न… पुरा पढौ

सूचना माग्ने तरिका सूचनाको हकको आधारमा

(१) आरटीआई ऐन अन्तर्गत कुनै पनि जानकारी प्राप्त गर्न चाहने नेपाली नागरिकले त्यस्तो सूचना प्राप्त गर्ने कारण उल्लेख गरी सम्बन्धित सूचना अधिकारी समक्ष निवेदन दिनु पर्नेछ। (२) यदि कुनै आवेदन आरटीआई ऐनको उप-धारा बमोजिम प्राप्त भयो भने सूचना अधिकारीले तुरुन्त सूचना उपलब्ध गराउनु पर्नेछ यदि यसको प्रकृतिबाट जानकारी तुरून्त प्रदान गर्न सकिन्छ र सूचनाको आवेदनको मितिदेखि पन्ध्र दिन भित्रमा जानकारी दिनुपर्‍यो यसको प्रकृति द्वारा तुरून्त प्रदान गर्न सकिएन। (३) यदि सूचना अधिकार ऐनको उप-धारा बमोजिम जानकारी उपलब्ध गराउन सकेन भने… पुरा पढौ

नागरिकका लागि शक्तिशाली अस्त्र, सूचनाको हक ।

सूचना :मानव मस्तिष्कले कुनै पनि कुरा पहिलो पटक थाहा पाएपछि त्यसको कुनै न कुनै रुपमा तत्काल प्रतिक्रिया दिन्छ, त्यस्ता विषयलाई नै सूचना भनिन्छ । हरेकको जीवनमा सूचनाको प्रभाव अत्यन्तै ठूलो हुन्छ । सूचना त्यस्तो शक्ति हो जसले व्यक्ति, नागरिक वा जनतालाई अधिकारका बारेमा स्पष्ट बनाउँछ र अधिकारको खोजीमा क्रियाशील बनाउँछ । त्यसैकारणले सूचनालाई ज्ञान, शक्ति र सम्पत्तिको श्रोत पनि भन्ने गरिन्छ । सूचनाको सम्बन्ध मानवीय जिज्ञासासँग हुन्छ । मानिसका मनमा हर समय अनेकन प्रश्नहरु उब्जि रहन्छन्, ती प्रश्नहरुको उत्तर नै… पुरा पढौ

मुक्तक

चामलकै लागि भएपनि धान कुटिनुपर्छबोटकै लागि भएपनी बिउ फुटिनुपर्छम खुशी हुन तिमी संगै हुनुपर्छ नभन्नुस् नमुस्कुराउन पनि त दुई ओठ छुटिनुपर्छ । आफ्नो मान्छेले त झन् सताउँदा मज्जा लाग्नेमुटु नै चिरे पनी यादहरू आउँदा मज्जा लाग्नेमाया हो कि पागलपन हो सीमा नै नाघ्यो अबउसले दिएको घाउ छ कोट्याउँदा मज्जा लाग्ने । सोझो मनलाई बाठो झुट काफि हुन सक्छअन्धो प्रेममा धेरै गल्ती माफी हुन सक्छधेरै सोच बिचार गर्नुस् कसैलाई मन दिनु अधिअनजानमै कसैको स्वार्थ हाबी हुन सक्छ । उसलाई मात्र चुन्थेँ… पुरा पढौ

प्रहरी को बर्दीमा गेट खोल्ने प्रहरी नै हुन् वा तेस्तै ड्रेस मा गेटपाले ?

भ्रस्टाचार आरोपमा भारतका पूर्वअर्थमन्त्री पी चिदम्बरम पक्राउ परेका थिए । उनलाई भारतीय प्रहरीले दिल्लीस्थित घरबाटै पक्राउ गरेको थियो । दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिन पछि उनलाई पक्राउ गरिएको हो । उनका छोरासमेत मुछिएको उक्त अभियोग ‘भारतीय जनता पार्टीको राजनीतिक मनसायबाट प्रेरित रहेको’ उनका वकिलले अदालतमा बताएका थिए । दुईपटक भारतको अर्थमन्त्री भइसकेका उनी विपक्षी कंग्रेस पार्टीका वरिष्ठ नेता हुन् । सन् १९८४ यता भारतीय सांसदका रूपमा रहेका उनी गृहमन्त्रीसमेत भएका थिए । एक मलेसियाली कम्पनीले… पुरा पढौ

भ्रस्टाचार

“जिब्रोको टुप्पोमा पुगिसकेको मह वा बिषको थोपोको स्वाद लिन्न भन्न जति असम्भव छ, तेसै गरी राज्यका कर्मचारीलाई सरकारी राजस्व खान्न भन्न त्यतिकै असम्भब छ, यो स्वाद लिने; ४० थरिका छलछाम गर्ने बाटो हुन्छन ।” – कौटिल्य ( कौटिल्य अर्थशास्त्र, १९९१) Photo:Google हाम्रा शासक र कर्मचारीहरु पहिलेदेखि नै घुसखोरी र भ्रस्टाचारी भएको इतिहासका पानाहरुले देखाउँछन। मात्रै खाने तरिका, मात्रा, समय, नगद वा जिन्सी, हातहातै कि घर पुर्याउनु पर्ने, खाममा राखेर कि डिजिटल प्रणालीबाट ट्रान्सफर गर्ने त्यो बसेको ठाउँ, नेटवर्किंग, सामिप्यता अनुसार… पुरा पढौ

समृद्ध नेपाल र सुखी नेपालीको वाधक: भ्रष्टाचार

सरकारले घोषणा गरेको समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल गर्नको लागि मुख्य आधार नै सुशासन हो । सुशासनबिना न देश समृद्ध हुन्छ न जनता सुखी हुन्छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०१८ को भ्रष्टाचार अवधारणा सुचकांकमा नेपालको स्थान १२४ औं देखाएको छ । यो विगतको वर्षको तुलनामा दुई स्थान तल हो । ट्रान्सपरेन्सी नेपालले नै गरेको नेशनल इन्टिग्रिटी सर्वेमा निजी क्षेत्र, गैरसरकारी संस्थाहरुदेखि धार्मिक संस्थाहरुसम्म भ्रस्ट रहेको देखाएको थियो । नेपाल भ्रस्ट देशहरुको सुचीमा भरतभन्दा निकै… पुरा पढौ

सुशासन र संस्थागत सुशासन सम्बन्धी जानकारी

सुशासनकाे अवधारणामा सभरबस केसी लेख्नुहुन्छ   सामान्य अर्थमा सुशासन भन्नाले राम्रो शासन अर्थात् असल ढंगबाट शासन गर्ने भन्नेे बुझिन्छ ।  जनताको हित र कल्याणलाई सर्वाेपरी ठानी पारदर्शी, उत्तरदायी, सहभागीतामूलक, समन्वयक, सुदृढ, स्वच्छ, सक्षम तथा कुशल विधिवत शासन नै सुशासन हाे ।  उपलब्ध श्राेत, साधन र अवसरकाे समानुपातिक वितरण भई जनताकाे निरन्तर समृद्धि भएमा मात्र शासन उच्चतम अवस्थामा पुग्दछ । यसरी उच्चतम अवस्थालाई नै सुशासन भनिन्छ । विस्तृत रूपमा भन्नुपर्दा, राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताकाे आवश्यकताअनुसार सेवा प्रवाह गर्नु तथा… पुरा पढौ