समाचार

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्ती सम्बन्धी परेको रिटमा अन्तरिम छलफलका लागि आदेश

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्ती यथासिघ्र होस् भनी परेको रिटमा सर्वोच्च अदालतबाट कारण देखाउ आदेश सहित अन्तरिम आदेश छलफलको लागि आदेश गरेको छ ।सूचना अभियन्ता अधिवक्ता सविन पोख्रेलद्वारा दायर रिटमा मिति २०७८।०५।१८ गते तत्कालिन मन्त्रीले कोषको सदस्य सचिवमा मिलनकुमार थापालाई ४ वर्षे कार्यकालका लागि लागि नियुक्त गरेकोमा तत्कालिन सदस्य सचिव थापालाई पशुपतिनाथको गर्भगृहमा रहेको शिवलिंगमा राखिएको सुनको जलहरीमा घोटाला भएको आरोपमा मिति २०८०।०६।०६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको कारण तत्कालिन कोषका सदस्य सचिव… पुरा पढौ

सूचनाको हक प्रचलनमा लागेकालाई कसैले धाकधम्की दिए किटानी जाहेरी दिनु , प्रमुख जिल्ला अधिकारि

सूचना माग्नेलाई मांग बमोजिमको सूचना उपलब्ध गराउनु सार्वजनिक निकायको दायित्व रहेको र ती दायित्व पूरा नगर्ने सार्वजनिक निकायका सूचना  अधिकारी र कार्यालय प्रमुख  सजायको भागीदार हुने राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले बताउनु भएको छ ।                     बास नेपाल सिरहा शाखाले सिरहामा आयोजना गरेको , सूचनाको हक सम्बन्धी अन्तरकृयात्मक अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिनुहुदै आयुक्त मैनालीले सो कुरो बताउनुभएको हो ।                … पुरा पढौ

सूचनाको हक भनेको के हो

RTI भनेको सूचनाको अधिकार हो। सूचनाको हक ऐन 2005 ले सरकारी जानकारीको लागि नागरिकको अनुरोधलाई समयमै जवाफ दिनुपर्छ। सूचनाको हकले प्रत्येक नागरिकलाई सरकारसँग कुनै पनि जानकारी लिन, कुनै पनि सरकारी कागजातहरू निरीक्षण गर्न र त्यसको प्रमाणित फोटोकपीहरू खोज्ने अधिकार दिन्छ। सूचनाको हकले नागरिकहरूलाई कुनै पनि सरकारी कामको आधिकारिक निरीक्षण गर्न वा कुनै काममा प्रयोग हुने सामग्रीको नमूना लिन पनि अधिकार दिन्छ। सूचनाको हक संविधानको धारा १९(१) अन्तर्गत मौलिक हकको एक अंग हो । धारा १९ (१) ले प्रत्येक नागरिकलाई वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको हकमा… पुरा पढौ

सूचनाको हकः एक परिचय, कार्यान्वयनका चुनौती र समाधानका उपायहरु

परिचय शासन, विकास र सेवाप्रवाहमा पारदर्शिता ल्याई सुशासन प्राप्तिमा सहयोग गर्ने एक औजार सुचनाको हक हो। जसलाई लोकतन्त्रको प्राणवायुका रुपमा समेत लिइन्छ। सुचनाको हक लोकतान्त्रिक शासन प्रणाली र खुला सरकारको मान्यतालाई संस्थागत गर्ने शिलशिलामा विकास भएको हो। लोकतान्त्रिक शासन प्रणालीमा नागरिकहरुले आफ्नो र सार्वजनिक सरोकारको विषयहरुमा माग्ने र पाउने व्यवस्थालाई नै सुचनाको हक भनिन्छ। समाजमा खुलापन र लोकतान्त्रिकरण बढेसँगै सूचनाको हक आजको विश्वको अपरिहार्य सिद्ध भइसकेको छ। सूचनाको हकलाई पहिलो पटक स्वीडेनले Freedom Press Act 1766 लागु गर्दै कानुनी रुपमा कार्यान्वयनमा ल्याएका थिए।त्यस्तै… पुरा पढौ

कुश्माका प्रमुख प्रशासकीय अधिकृत १ करोड घुष काण्डमा फरार

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुली मोबाइल स्विच अफ गरेर फरार भएका छन् l पालिका श्रोत का अनुसार पर्सि आइतबार उहाले सह सचिब को एग्जाम दिनुहुनेछ l यता कास्की प्रहरीले भने पक्राउ पुर्जी जारि गरेको भनेर कास्कीको डन न्युज अनलाइन संचार माध्यमले लेखेको छ उक्त अनलाइनले लेखेको समाचार यस प्रकार रहेको छ मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस… पुरा पढौ

कारागारबाट छुटे नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री खाण

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण केन्‍द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका छन्।  शुक्रबार दिउँसो उनी कारागारबाट छुटेर जिल्ला अदालत काठमाडौंमा गएको कारागारका सहायक जेलर मित्र लुइँटेलले जानकारी दिए। उनका अनुसार जिल्ला अदालतबाट छुटेर खाण सम्पत्ति शुद्धीकरण विभागमा जाँदैछन्।  त्यहाँबाट उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा लगिनेछ। अख्तियारबाट छुटेपछि भने उनी तारेखमा हुनेछन्। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएसँगै छुटेका हुन्। उच्च अदालतबाट जिल्ला अदालतमा मिसिल पठाएसँगै खाणका आफन्तले ३०… पुरा पढौ

चौथो पटक पनि सारियो कांग्रेस महासमिति बैठक, पुस १२ गते केन्द्रीय समिति बैठक

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ । आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको सहमहामन्त्री भिष्मराज आङदम्बेले जानकारी दिए । केन्द्रीय समिति बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन तथा महासमिति बैठकका एजेन्डाबारे छलफल हुने छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने भनिएको महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको थियो ।… पुरा पढौ

संविधानले तीनै तहको सरकारको अधिकार प्रष्ट गरेको छ : प्रधानमन्त्री

काठमाडौं, मङ्सिर २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले सहकारिता र सहअस्तित्वको आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको बताउनुभएको छ । शुक्रबार २९ औं काठमाडौं महानगर दिवस समारोहमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संविधानले परिलक्षित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन सङ्घीय कानुनहरूको निर्माण पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिन्छ भन्ने विश्वास गर्नुभयो । तसर्थ, संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौं महानगरपालिका… पुरा पढौ

सरकारले तोक्यो हड्ताल गर्न नपाइने २५ क्षेत्र

सरकारले हड्ताल गर्न नपाइने क्षेत्रहरू तोकेको छ। राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले हड्ताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो। गृहमन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार हडताल निषेधित क्षेत्र तय गरिएको जनाएको छ। राजतन्त्रमा प्रकाशित सूचना अनुसार डाँक तार टेलिफोन सेवा, जल स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन र मर्ममत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न पाइँदैन। यस्तै सरकारले सञ्चार, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, पर्यटन अवास, मोटेल, होटेल रेष्टुराँ र रिसोर्टसम्बन्धी सेवा,… पुरा पढौ

बढ्यो सुनचाँदीको मूल्य

२९ मंसिर, काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४००  र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आजका लागि छापावाल सुनको मूल्य एक लाख १९ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० र एक हजार ४७० रुपैयाँ तोकिएको छ । हिजो बिहीबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० रुपैयाँमा तेजावी सुन र एक हजार… पुरा पढौ