सुशासनका लागि सूचनाको हक
एकपछि अर्को भ्रष्टाचार र अनियमितताका घटनामा उच्च पदस्थ व्यक्ति दोषी ठहरिने क्रम बढिरहेको छ । यसले सूचना र सुशासनको महत्वलाई झनै तीव्र बनाइदिएको छ । यसको मतलब जति बढी सूचना सम्बन्धित निकायले सार्वजनिक गरिदिन्छ त्यति नै बढी देशमा सुशासन र पारदर्शिता कायम गराउन सहयोग पुग्ने अपेक्षा राख्न सकिन्छ । यो कुरा पछिल्लो समय भएका विभिन्न भ्रष्टाचारका कसुरको सार्वजनिकीकरणले प्रस्ट पारेको छ । उच्चपदस्थ व्यक्तिहरू एकपछि अर्काे समातिनुले सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा आमनागरिकमा झिनो आशा पलाएको छ । सूचनाको हक…
पुरा पढौ
प्रशिक्षण केन्द्रहरुलाई सूचनाको हकको विषय तालिममा समावेश गर्ने तथा स्वत प्रकाशन गर्ने सम्बन्धी
प्रशिक्षण केन्द्रहरुलाई सूचनाको हकको विषय तालिममा समावेश गर्ने तथा स्वत प्रकाशन गर्ने सम्बन्धी नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि बिषयको सूचना माग्ने र पाउने हक हुनेछ उल्लेख गरी नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेका आफ्नो र सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने अधिकार प्रदान गरेको छ । सोही व्यवस्थालाई कार्यन्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (१) मा प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ र उपदफा…
पुरा पढौ
सूचना अधिकारीलाई मोबाइल उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय
सूचना अधिअकरिको पक्षमा राज्यले बिभिन्न कार्य हरु गरिरहेको छ सो सन्दर्भ लाइ जोडेर पुन: प्रकासन गरिएको छ
पुरा पढौ
सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट अर्याल सम्मानित
सूचनाको हक, सुशासनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका विज्ञ टङ्कराज अर्याललाई सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट सम्मान गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र आइएचआरसी नेपालगन्जले आफ्नो ११औँ वार्षिक साधारण सभामा सूचनाको हकका विज्ञ अर्याललाई राष्ट्रिय अवार्डले सम्मान गरेको हो । अर्यालले लामो समयदेखि सूचनाको हकको कार्यान्वयन, सचेतना, सरोकारवाला निकायको भूमिका लगायतका विषयमा उल्लेख्य भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँ अहिले सार्वजनिक निकायले सूचनाको हक सम्बन्धी ऐन २०६४ लाई कार्यान्वयन गर्न डिजिटल प्रविधिको प्रयोग…
पुरा पढौ
राजमार्गका पसलमा व्यापारीहरुको ब्रम्हलुट
शंकर श्रेष्ठ एक पाकेट लेज (जङ्क फुड) किन्दा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मेघनाथ गौतम आफैं नमज्जाले ठगिए । धादिङको धुनीवेशी नगरपालिका–६ को खाना खजाना होटलद्वारा सञ्चालित कोल्ड स्टोरले ७५ रुपैयाँको लेजलाई एक १२० लियो । १०५ रुपैयाँको बदाम जुसलाई १५० रुपैयाँ लिएको पाइयो । बजार अनुगमनको क्रममा ग्राहक बनेर सामान किन्दा आफुमाथी भएको व्यवहार सुनाउँदै गौतम भन्छन्, ‘राजमार्ग क्षेत्रका खुद्रा पसलेहरुको नियत ग्राहकलाई खाए खा, नखाए घिच भनेजस्तै देखियो, देख्दा थोरै रकम भएपनि व्यापारीले कालोबजारी नै चलाएको…
पुरा पढौ
कराेडाैं मूल्यको काठ षडेर नष्ट सरोकारवाला निकाय उदासिन
हिमाली जिल्ला मुगुमा २०७६ सालमा सडक निर्माणको क्रममा काटिएका काठको सदुपयोग नहुदाँ सडेर कुहिने अवस्थामा पुगेका छन् । ग्रामीण पहुँच कार्यक्रम तेस्रो मुगु हुम्ला लिंक रोड निर्माण गर्ने क्रममा छाँयानाथ रारा नगरपालिका १४ वाम चंखेलीमा रहेको चंखेली सामुदायिक बन क्षेत्रमा सडक निर्माण गर्दा काटिएका २५ सय क्युफिटका काठ कुहिने अवस्थामा पुगेको स्थानीयले बताएका छन् । सडक निर्माण गर्दा ढालिएका ७ सय क्युफिटका सल्लाको काठ र १८ सय क्युफिटका बाज, धुसीलगायत अन्य प्रजातिका काठ विभिन्न स्थानमा वेवारिसे अवस्थामा राखिएपछि कुहिने अवस्थामा…
पुरा पढौ
बहुमुल्य सामान भनेर ठगी धन्दा चलाउने छ जना समातिए
प्राचिन तथा पुरातात्विक बहुमूल्य सामान हो भनी सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी कार्यमा संलग्न छ जना पक्राउ परेका छन् । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई आज समातेको हो । पक्राउ पर्नेमा झापाका ३० वर्षीय अनिल गदाईली, ललितपुरका ४७ वर्षीय रमेश नापित, मकवानपुरका ३५ वर्षीय सत्यनारायण कपाली र ५६ वर्षीय मुरली न्यौपाने, काभ्रेपलाञ्चोकका ३४ वर्षीय विकाश श्रेष्ठ र ओखलढुंगाका ५३ वर्षीय लालबहादुर सुनुवार रहेका छन् । उनीहरुले प्राचिन पुरातात्विक सामान दुई करोडमा खरिदबिक्री गर्ने भनी झुक्याएर त्रिभुज आकारको…
पुरा पढौ