समाचार

गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री सुरु

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् ।  महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो । १० ग्राम सिक्काको रु.१,६०० र २५ ग्राम सिक्काको रु.४,००० मूल्य निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ… पुरा पढौ

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

 घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ ।  यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताए ।  विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लागेका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला सयपत्री फूल ढकमक्क फुलाएका छन् । उनले मेचीनगर नगरपालिका–९ मा तीन कठ्ठा र विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । तीमध्ये मेचीनगरमा लगाइएको… पुरा पढौ

स्कुलको भवनमा घोटाला गरेको ठहरसहित पाँच जनाविरुद्ध अदालतमा मुद्दा

जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका, वडा नं. ८, कचोर्वास्थित जनता मा.वि.को भवन निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीले प्राविधिकले तयार गरेको मूल्याङ्‍कन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको देखिँदा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी रु.६,५८,४४०।१६ भुक्तानी दिएको कारण सरकारी रकम हानिनोक्सानी हुन गई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा… पुरा पढौ

भोजपुरमा गर्भवती र सुत्केरीलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम

भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो ।   यो अभियानअन्तर्गत यहाँका सबै छवटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुईवटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । यसरी वितरण गरिएको कुखुरालाई पालेर उनीहरूले आवश्यकरूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो । “गर्भवती र सुत्केरीको स्वास्थ्यलाई लक्षित गरेर ‘आफैँ पाल्दै आँफै खाँदै’कार्यक्रम सञ्चालन भइरहेको छ”,… पुरा पढौ

पाथीभरा मन्दिरको भेटी बापतको ८८ लाख बढी रकम हिनामिना भएको दावी 

इलामको रोङ गाउँपालिकाले सानो पाथीभरा मन्दिर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । रोङ गाउँपालिका(३ स्थित पाथीभरा मन्दिरको सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीले सार्वजनिक नगरेपछि गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा पाथीभरा मन्दिरको भेटी बापतको ८८ लाख बढी रकम हिनामिना भएको दावी गरिएको छ । अध्ययन प्रतिवेदनमा ८८ लाख ८३ हजार एक २४ रुपैयाँ पाथीभरा संरक्षण संस्थासँग नगद मौज्दात रहेको दावी गरिएको छ । त्यस्तै १७ लाख ६६ हजार नौ सय नौ… पुरा पढौ

देउताको नाममा अफवाह फैलाउदै खुकुरी प्रहार

शनिबार दिउँसो खुकुरी प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भयो । छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले दिउँसो दुई बजे खुकुरी प्रहार गर्दा आफ्नै घरनजिकै उनको घटनास्थलमै ज्यान गयो । हमालले प्रहार गरेको खुकुरीको चोटले अरु दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते उनेमा स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल रहेका छन् घाइते कमलाकुमारीको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर… पुरा पढौ

मंत्री को पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ  ।  उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै मन्त्री आचार्यले भन्नुभयो, “सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आयो, त्यसपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय भयो र दिल्ली महिला आयोग, दूतावासको समन्वयमा मेरै पहलमा हामीले दिल्लीबाट सफलतापूर्वक उद्धार गर्यौं, यसका लागि शक्ति समूहको महत्वपूर्ण भूमिका छ ।” बेचिएका किशोरीको उद्धार कार्यको जानकारी गराउँदै शक्ति समूहकी अभियानकर्मी चरिमाया तामाङले… पुरा पढौ

ज्येष्ठ नागरिकको स्याउ बगैंचा रित्तै

बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उहाँले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गर्नुभयो । तर यसपटक भने उहाँको स्याउ बगान रित्तै छ । गत चैत र वैशाखमा परेको असिनाका कारण उहाँको स्याउ बगानको उत्पादनमा कमी आएको छ । उहाँले विसं २०४८ देखि  परम्परागत तरिकाले स्याउखेती गर्दै आउनुभएको छ ।   उहाँको मसगाउँमा रहेको १५… पुरा पढौ

औद्योगकि क्षेत्र व्यवस्थापनको जिम्मा पोखरालाई

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा पोखराका उद्योगी बाबुराम पन्त नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषदको भदौ २९ को बैठकले पन्तलाई अध्यक्ष नियुक्त गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ अनुसार उनलाई नियुक्त गरिएको हो । पन्तको कार्यकाल बढीमा ३ वर्षको हुनेछ । अध्यक्ष नियुक्तिको पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज २ गते पन्तलाई पठाएको छ । निर्देशिका अनुसार अध्यक्षका लागि चाहिने योग्यतामा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक गरी सम्बन्धित… पुरा पढौ

भन्सार छलीको अवैध माछा बरामद

२०८० असाेज ५ गते  जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ६ बोधबारमा अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेकाे अवस्थामा बरामद गरेकाे छ ।   रोहिणी गाउँपालिका वडा नं. ६ बोधबारमा बस्ने जलिल गद्दीको खाली घरमा लुकाई छिपाई राखेको अवस्थामा रहेको ३२ कार्टुन (१६ क्विन्टल)  लगभग रू. ४,८०,०००। बराबरको माछा बेवारिसे अवस्थामा फेला पारिएकाे थियाे ।   प्रहरीले स्थानीय मानिसहरुको रोहवरमा बरामद गरी आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाईन चेकपोष्ट बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला… पुरा पढौ