आशा र आशंका को बिचमा स्थानीय सरकार
कागती र सुन्तला निर्यात गर्ने सपना राखेर गुल्मीको धुर्कोट गाउँपालिकाले यस वर्षको संविधान दिवस मनाएको छ । ‘खाद्यान्नमा आत्मनिर्भर र फलफूल निर्यात गर्न बाँझो जमिन जोत्ने गाउँपालिकाको योजना सुरु भएपछि रोपिएका कागती फल्न थालेका छन्, यसै वर्ष बजारमा जान्छ । अर्को वर्षदेखि सुन्तला फल्छ’ गाउँपालिका अध्यक्ष भुपाल पोखरेल भन्छन्, ‘ब्रान्डिङ र बजारीकरण अबको योजना हो ।’ बालेन ले काठामाण्डु बनाउन सकिन्छ भनेर एउटा आशा जगाए धरान मा हर्कको कारण कतै देश धार्मिक द्वन्द मा त जादैन भनि आशंका समेत जागेको…
पुरा पढौ
सूचनाको हक व्यवहारिक कार्यान्वयनका चुनौती
शेरबहादुर केसीघटना एकसमाचारका लागि एक वर्ष अघि काठमाडौंस्थित एउटा कार्यालयबाट सूचना लिनु पर्ने थियो । कार्यालयका एकजना इञ्जिनियरको मोबाइल नम्बर प्राप्त भएपछि जानकारीका लागि अनुरोध गरेँ । उनले हार्दिकतापूर्वक भने—‘सूचनाका लागि सूचना अधिकारीलाई सम्पर्क गर्नुस् है । यहाँबाट सूचना दिने काम सूचना अधिकारीले मात्रै गर्ने व्यवस्था गरिएको छ ।’उनको आग्रह अनुसार, मैले सूचना अधिकारीलाई सम्पर्क गरेँ । सूचना अधिकारीलाई विनम्रतापूर्वक आग्रह गर्दै भने—‘सूचना आयोगले तयार गरेको ढाँचामा निवदेन दिएको छु, कृपया उपलब्ध गराएर सहयोग गर्नुहोला । ’ मेरो कुरा टुंगिन…
पुरा पढौ
सूचनाको हक सम्बन्धि बिशेस जानकारी मुलक भिडियो
https://www.youtube.com/watch?v=_c1itp5uTV4&t=68s
पुरा पढौ
कर बढाएको विरोधमा बर्दियाको राजापुर नगरपालिकामा तालाबन्दी
बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकिकृत सम्पत्ति करप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दलले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । नगरपालिकाले आम नागरिकको चाहाना विपरित अत्यधिक कर बृद्धि गरेको भन्दै विरोधमा उत्रिएका उनीहरुले राजापुर बजार समेत बन्द गरेका छन् । भदौ २२ गत शुक्रबार नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, नागरिक उन्मुक्ती, नेकपा एस, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी नेकपाले तालाबन्दीसँगै बजार बन्द गरेका हुन् । नागरिकको बेवास्ता गर्दै मनोमानी ढंगले नगरपालिकाले चर्को कर असुलेको दलहरुको आरोप छ । भदौ १५ गते वडा कार्यलयहरु…
पुरा पढौ
बैतडीका क्लिनिक सञ्चालक कृष्णसिंह कार्की पक्राउ
बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले अनुगमन गर्दा स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित कविर मेडिकल हल, दोगडाकेदार–७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार–३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । पञ्ज्युनयाँस्थित कविर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई…
पुरा पढौ
सूचना मांग्न सक्ने वातावरण बनाउन सिरहाका सिडियोको निर्देशन
बिभिन्न कार्यालयमा सूचना मागकर्ता असुरक्षित रहेको मात्र होइन केहि कार्यालयमा सूचना दाता हरुपनि असुरक्षित रहेका छन् यहि चिन्तालाइ मध्यनजर गर्दै सूचना आयोगले सूचनादाताको संरक्षण मा बिशेस पहल गरेको छ भने सूचना मागदाताको संरक्षण गर्न सूचना मागदाताहरुलाई बिना डर सूचना माग्ने बातावरण बनाउन आयोगले सरकारका बिभिन्न निकायहरुलाई भनिरहेको छ पटक पटक ताकेता गरिरहदा पनि सूचना मागकर्ता हरु ढुक्कताका साथ् यो आफ्नो अधिकार हो भनि सूचना माग गर्न सकिरहेका छैनन् अहिले केहि दिन अगाडी मात्र गृह मन्त्रालयले सबै जिल्ला स्थित जिल्ला प्रशासन…
पुरा पढौ
एन जी ओ कि हाकिम ६० हजार तलब भएकी २७ वर्षकी डाक्टरकि प्रेमिका सुन चोरेको अभियोग मा पक्राउ
पछिल्लो केही समयदेखि जिल्ला सदरमुकाम बेसीशहर वरपरका बासिन्दाको घरबाटै तोलाका तोला सुन चोरीको हल्ला भुसको आगो झैँ फैलिएपनि प्रहरीमा कसैको उजुरी परेको थिएन । गत साउन ३० गते बेसिशहर नगरपालिकाको योजना शाखाका शम्भु घिमिरे ५ बजेतिर घरमा पुग्दा तल गेटदेखि बेड रूमसम्म सबै कोठा खुलै देखेपछि सदरमुकाम कै विद्यालय जनविकास माविकी शिक्षिका बालकुमारी अधिकारीलाई फोन गरेर किन ताला नलगाएको भन्दै कराए । एक घण्टापछि बालकुमारी पनि आइपुगिन् । घर पुगेपछि बालकुमारीले आफ्नो गरगहना राखेको दराज खुल्लै देखिन् । सुन राखेको पोकै…
पुरा पढौ
कम्पनीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन
कम्पनीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन प्रस्तावना : आर्थिक उदारीकरणद्वारा उद्योग, व्यापार र व्यवसायका क्षेत्रमा लगानी प्रवद्र्धन गरी मुलुकको आर्थिक विकासमा गतिशीलता ल्याउन तथा कम्पनीको संस्थापना, सञ्चालन तथा प्रशासनलाई अझ बढी सुगम, सरल र पारदर्शी बनाउन कम्पनीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ । परिच्छेद १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यस ऐनको नाम “कम्पनी ऐन, २०६३” रहेको छ । (२) यो ऐन…
पुरा पढौ
दानमा समेत घोटाला गर्ने अध्यक्ष कारबाहीमा
जिल्ला सोलुखुम्बु, लिखुपिके गाउँपालिका वडा नं. २ मा वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गर्दा अनिमियतता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सोलुखुम्बु, लिखुपिके गाउँपालिका वडा नं. २ का तत्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेतले लिखुपिके गाउँपालिका वडा नं. २ को भवन निर्माणको लागि जग्गा नि:शुल्क दानपत्रमार्फत प्राप्त गरी उक्त दानपत्रबाट प्राप्त जग्गालाई रु.६,००,०००।–(छ लाख रुपैयाँ) मा खरिद गरेको भनी देखाई भुक्तानीको लागि लिखुपिके गाउँपालिकामा पेश गरी जिल्ला सोलुखुम्बु, लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी…
पुरा पढौ
नक्कली सर्टिफिकेट देखाएर जागिर खाएका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका अधिकृत (छैठौं तह) हीमकुमारी सुनार भ्रष्टाचारमा मुछिएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सुनारले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई नियम विपरीत सरकारी सेवामा कार्यरत रहेको अख्तियारको दावी छ । माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएकी उनले सरकारी लाभ र सुविधा प्राप्त गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन,…
पुरा पढौ