सबै सूचना दिन संसद तयार
सभामुख देवराज घिमिरेले कानूनले प्रतिबन्ध लगाएकोबाहेक सबै सूचना उपलब्ध गराउन संसद् प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसदद्वारा आज आयोजित ‘संसद्-सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रियामामा उनले सूचनाको हक कति प्राप्त गर्ने भन्ने सीमालाई बुझ्न भने जरुरी रहेको धारणा राखे । सभामुख घिमिरेले भने, “संसद् सकेसम्म धेरै सूचना दिन प्रतिबद्ध छ । सञ्चारको माध्यमबाट संसद्लाई कसरी प्रभावकारी बनाउन लैजान सकिन्छ भन्नेमा प्रयत्न भइरहेको छ ।” सूचना लिने र दिने मात्र विषय नभई लोकतन्त्र र जनसरोकारको विषय भएको बताउँदै उनले कतिपय अवस्थामा परिस्थितिमा…
पुरा पढौ
विद्यालय ब्यबस्थापन समितका अध्यक्ष नै घुससहित पक्राउ
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ स्थित सिद्धिगणेश माध्यमिक विद्यालयका प्रधानाध्यपाक वुद्धिविकास धिताल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा १६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । शिक्षक छनौट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । आयोगको टंगालबाट खटिएको टोलीले उनीहरुलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको समेत पुष्टि हुन आएकाले भ्रष्टाचार निवारण ऐन,…
पुरा पढौ
कास्कीको एउटा सहकारी फेरी डुब्यो उजुरी दिन प्रहरीको अनुरोध
जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध उजुरी दिन आग्रह गरेको छ । पोखरा महानगरपालिका ४, नालाको मुखमा निक्षेप जम्मा गरेका सूर्यदर्शनका पीडित बचतकर्ताहरुलाई उजुरी दिन कास्की प्रहरीले आह्वान गरेको छ । उक्त सहकारी संस्थाका सञ्चालक समिति पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना एवम् ठगी गरेको व्यापक गुनासो आएको जनाइएको छ । सहकारीका सञ्चालकहरुलाई कारबाही गर्नुपर्ने मागसहित केही निक्षेपकर्ताले उजुरी दिइसकेको उल्लेख गर्दै कार्यालयले बाँकी पीडितलाई नागरिकता, सहकारीमा रकम जम्मा गरेको आधार देखिने…
पुरा पढौ
पेस्तोल सहित नेपाल भारत सहजै आउजाउ गर्छन नेपालि युबा
स्वचालित र नलकटुवा पेस्तोल बोकेका दुई जना सर्लाहीमा पक्राउ परेका छन् । उनीहरुलाई पर्सा गाउँपालिका ६, पर्सा बोर्डर नजिकै सशस्त्र प्रहरी बलको बिओपी टोलीले हतियारसहित पक्रेको बताइको छ । सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा भारत सहोर्वाबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआरआई ९जीए४१४१ नम्बरको मोटरसाइकलबाट जीवनकुमार यादव र प्रकाशचन्द्र यादवलाई नियन्त्रणमा लिएको हो । सर्लाही हरपुर्वा नगरपालिका ६ का जीवनको साथबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.६५ केएफ लेखिएको गोली १५ थान,…
पुरा पढौ
मिलन केन्द्र बन्दै छ ज्येष्ठ नागरिकको सहारा
ज्येष्ठ नागरिक गङ्गाराम भट्टराई घरमा बसिरहन पट्यार लागेपछि वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा पुगेर भजन कीर्तनमा रमाउनुहुन्छ। सो सेवा केन्द्रमा नियमित हुने भजन कीर्तन, प्रवचन र देउडा गीतमा रमाउन उहाँसँगै अन्य नागरिक पनि त्यहाँ पुग्नुहुन्छ। २०६५ सालदेखि नै उहाँ नियमित सेवा केन्द्रमा जाने गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, “दैनिक गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै उमेरका नागरिकसँग भलाकुसारी पनि गर्न पाइन्छ।” सेवा केन्द्रमा छरछिमेकका अरूलाई पनि लिएर जाने गरेको उहाँ बताउनुहुन्छ। घरमा बसिरहँदा खासै आनन्द आउँदैन,…
पुरा पढौ
जिल्ला प्रशासन कार्यालयले नै दिँदैन सूचना
जिल्ला प्रशासन कार्यालय डोटीले मागेअनुसार सूचना नदिएको सेवाग्राहीहरुको गुनासो छ । देशमा १७औं राष्ट्रिय सूचना दिवस मनाइरहेका बेला जिल्ला प्रशासन कार्यालयबाटै सूचना नदिएको सर्वसाधारणले गुनासो गरेका हुन् । ‘मैले विधिपूर्वक सूचनाको हक प्रयोग गरी निवेदन दिएको थिएँ’, डोटी दिपायल सिलगढी नगरपालिका- २ का रतनबहादुर कठायतले भने, ‘तर जिल्ला प्रशासन कार्यालय डोटीका सूचना अधिकारी दीपा जोशीले यो सूचना गोप्य हो भन्दै दिन मान्नुभएन ।’ सूचना दिन नमिल्ने भए लेखेर दिन आफूले भन्दा सूचना अधिकारीले नदिएको उनको गुनासो थियो । कठायतले साउन…
पुरा पढौ
सिराहामा मनाइयो १७औँ राष्ट्रिय सूचना दिवस
सिराहामा विभिन्न कार्यक्रम गरी १७औँ राष्ट्रिय सूचना दिवस मनाइएको छ। सिराहा पुस्तकालयको आयोजनामा सूचना मागौँ, भ्रष्टाचार अन्त गरौँ नारासहित प्रभातफेरी र समुदाय जागरण अभियानअन्तर्गत सरोकारवालाको सहभागितामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे हाे। सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा सिराहा पुस्तकालयको आयोजनामा दिवस मनाइएको हो। सिराहा सदरमुकामको सहिद राजेश ठाकुर पार्कदेखि निकालिएको प्रभातफेरी सिराहा बजारको परिक्रमा गरी सिराहा पुस्तकालयमा पुगेर अन्तर्क्रियामा परिणत भएको थियो। अन्तर्क्रियामा मधेस प्रदेशका पूर्वराज्यमन्त्री सञ्जयकुमार यादव, प्रदेश सभा सदस्य जिवछीकुमारी यादव, सहायक प्रमुख जिल्ला अधिकारी आनन्दराज पौडेल, नेपाल…
पुरा पढौ
सूचना उपलब्ध गराउन कोसी प्रदेशका मन्त्रालयमा खबरदारी
सूचनाको हकका अभियन्ता तथा सञ्चारकर्मीहरुले समयमै सूचना उपलब्ध गराउनुपर्ने माग राखेर आइतबार कोसी प्रदेशका मन्त्रालयहरुमा खबरदारी गरेका छन्। ऐनले तोकेको समयभित्र सूचना उपलब्ध नगराइएको भन्दै १७ औं राष्ट्रिय सूचना दिवसको अवसर पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, कृषि तथा सहकारीलगायतका मन्त्रालयहरुमा खबरदारी गरिएको हो। विभिन्न मन्त्रालयमा पुगेर सूचनाको हकका अभियन्ता राजु श्रेष्ठ, पत्रकार चुमन बस्नेत, नवीन कर्ण, सोनुकुमार दाससमेतको समूहले खबरदारी गरेको छ। खबरदारीका लागि ‘सूचनाको अधिकार, विकास र समृद्धिको आधार’, ‘नागरिकलाई सूचना दिन्नभन्ने…
पुरा पढौ
सूचनाको हक र सुशासन
विश्वमा सूचनाको हकसम्बन्धी अवधारणाको विकास सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउन भएको हो । शासक/प्रशासकबाट हुन सक्ने गलत निर्णय र भ्रष्टाचारजन्य गैरकानुनी कार्यमाथि नागरिकले प्रश्न गर्न पाउनु पर्छ भन्ने मान्यताका साथ यो अवधारणाको विकास भएको हो । नागरिकबाट कर उठाएर राज्यकोषमा जम्मा भएको रकम राजाले कहाँ, कसरी खर्च गरे भनेर नागरिक प्रतिनिधिलाई जानकारी दिन सन् १७६६ मा स्विडेनको तत्कालीन संसद्ले राजा एडोल्फ फ्रेडरिकलाई आग्रह ग-यो । जननिर्वाचित संसद्को आग्रहप्रति राजाले आनाकानी गरे । संसद्ले आफूले तिरेको कर कहाँ र कसरी खर्च भएको…
पुरा पढौ
सूचनाको हकलाई आम जनतामा पुर्याई भ्रष्टाचार नियन्त्रण गर्न महाअभियान सञ्चालन गर्नुपर्ने : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सार्वजनिक निकायहरूमा डिजिटल गभर्नेन्सको प्रयोग बढाउनुपर्ने र सूचनाको हकलाई आम जनतामा पुर्याई भ्रष्टाचार नियन्त्रण गर्न महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सूचना आयोगले काठमाडौँमा आज आयोजना गरेको १७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले कानुन कार्यान्वयनमा सार्वजनिक निकायलाई अझै बढी जिम्मेवार र जबाफदेही बनाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सरकार देशको समृद्धि र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक अघि बढेको भन्नुहुँदै भष्टाचारजस्तो जघन्य अपराधलाई जरैदेखि उखेलेर सुशासन कायम गर्ने कार्यमा सबैको साथ र सहयोगको…
पुरा पढौ