मधेशबाट अवैध तरिकाले पोखरासम्म सामान पुर्याउने तस्करसँग डिल गर्ने एस पी माथि कारबाही होला
सशस्त्र प्रहरी बल नेपालका एक जना एसपीमाथि १० लाख रुपैयाँ डिलमा संलग्न भएको भन्दै छानबिन थालिएको छ । मकवानपुरका एसपी अनिल कार्कीविरुद्ध उजुरी छानबिन गर्न आइजी राजु अर्यालले सीमा सुरक्षा बिभागका डिआइजी गणेश ठाडा मगरलाई त्यसतर्फ पठाएका छन् । कार्कीले मधेशबाट अवैध तरिकाले राजधानी र पोखरासम्म विभिन्न सामान पुर्याउँदै आएका तस्करसँग डिल गरेको उजुरी पर्नासाथ मुख्यालय हलचोकले कारबाही प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ । टोली हेटौंडा पुगेर फर्किसकेको छ । एसपीलाई मकवानपुरमै राखिएको छ,तर अनुसन्धानको प्रक्रिया पूरा नभएकाले थप…
पुरा पढौ
मोटरसाइकल र स्कुटी चोरी गर्नेलाई सार्वजनिक
दाङको तुलसीपुर प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने ६ जनालाई पक्राउ गरी तुलसीपुर इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो। मोटरसाइकल चोरी गर्ने तीन र स्कुटी चोरी गर्ने तीन जनालाई विभिन्न समय र स्थानबाट पक्राउ गरिएको उक्तकार्यालयका प्रमुख प्रहरी तथा नायब प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा बाँके जिल्ला बैजनाथ गाउँपालिका–४ बस्ने १९ वर्षीय विशाल बुढा, सोही ठाउँ बस्ने २८…
पुरा पढौ
खेतमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु
सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। ब्रहम्पुरी गाउँपालिका-५ सखुअवा बस्ने ५० वर्षीय विद्यानन्द रायको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान आफ्नै खेतमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले बताएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
पुरा पढौ
आफैंले बोकेको बन्दुक अचानक पड्किएर मृत्यु
अर्घाखाँचीमा बाँदर धपाउन बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका-७ का पदम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले बताए। उनले शुक्रबार बिहान घर नजिकैको मकैबारी बारीमा बाँदर र बदेल धपाउन भरूवा बन्दुक बोकेर गएका थिए। अचानक गोली पड्किएर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी रिजालले जानकारी दिए। 'बन्दुक कसरी पड्कियो भन्नेबारे अनुसन्धान भइरहेको छ,' डिएसपी रिजालले भने।
पुरा पढौ
भजनी नगरपालिकाका वडा नम्बर ३ र ८ डुबानमा
घरभित्र बाढीको पानी पसेर नगरबासीको बिचल्ली भएपछि कैलालीको भजनी नगरपालिकाका मेयर केवल चौधरीले सहयोगका निम्ति अपिल गरेका छन् । गत सोमबार देखिको निरन्तर वर्षाका कारण वडा नम्बर ३ र ८ डुबानमा परेपछि उनले विभिन्न सरकारी, गैरसरकारी संघ संस्था, निजी क्षेत्र, नागरिक समाजसँग सहयोगका लागि आग्रह गरेका हुन् । बाढीका कारण अधिकांश घरबारविहीन भएको उल्लेख गर्दै उनले दैनिक छाक टार्नसमेत स्थानीयलाई समस्या परेको बताए । विस्थापित नगरबासीलाई हुलाकी राजमार्ग, विद्यालय, सामुदायिक भवनलगायत सुरक्षित स्थानमा राखिएको छ । भजनीमा वर्षेनी बर्खाको समयमा…
पुरा पढौ
नक्कली नोट कारोबारमा संलग्न नौ जना पक्राउ
राजधानीबाट नक्कली नोट कारोबारमा संलग्न नौ जना पक्राउ परेका छन् । उनीहरुसँगै ५२ लाख ७५ हजार नक्कली नोट फेला परेको बताइएको छ । काठमाडौं प्रहरी परिसरले आज नक्कली नोट र कारोबारमा संलग्नहरुबारे जानकारी गराएको हो । हिजो थानकोट नागढुंगाबाट चाउचाउको बक्सभित्र हालिएको नक्कली नोट प्रहरीले बरामद गरेको हो । परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार लु.१ प ५ नम्बरको पर्यटक बसमा राखेर नक्कली नोट ल्याउँदै गरेको अवस्थामा बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएपछि थप रहस्य खुलेको हो । त्यसपछि बालाजु…
पुरा पढौ
बुंगल नगरपालिकाका कर्मचारी ६ दिन पछी मृत फेला
बझाङको बुंगल नगरपालिकामा कार्यालय सहयोगीको काम गर्दै आएका एक जना कर्मचारी बेपत्ता भएको ६ दिनपछि मृत फेला परेका छन्। बुङ्गल नगरपालिका–३ विर्पैयाँका ४० वर्षीय धनबहादुर बोहरा बिहीबार मृत फेला परेको प्रहरीले जनाएको हो। उनको शव डोटीस्थित दिपायलको सेती नदीमा फेला परेको हो। मृतक बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक फेला परेको थियो। चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिएको थियो। उनको शव ६ दिनपछि डोटीमा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी जागेश्वर भण्डारी…
पुरा पढौ
विभिन्न ठाउँबाट लागुऔषधसहित आठजना पक्राउ
कैलाली, बर्दिया र तनहुँबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका-१४ खुटियाघाटबाट अवैध लागुऔषध चरेश ४ किलो ३० ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्युठान लुङ गाउँपालिका-७ बस्ने ४२ वर्षीया मिना बुढाथोकी र रुकुम (पश्चिम) बासिकोट गाउँपालिका-७ बस्ने ३९ वर्षीय भिमसेन खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । कैलालीकै गोदावरी नगरपालिका-४ बुढीतोलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ५३ हजार रूपैयाँसहित डोटी जोरायल…
पुरा पढौ
अनलाइनमार्फत् श्रम स्वीकृतिका लागि आवेदन दिने प्रणाली पूर्णरुपमा सुचारु
अस्तिदेखि अवरुद्ध भएको अनलाइनमार्फत् श्रम स्वीकृतिका लागि आवेदन दिने प्रणाली पूर्णरुपमा सुचारु भएको छ । वैदेशिक रोजगार विभागले ‘फरेन इम्प्लोइमेण्ट इन्फरमेसन म्यानेजमेण्ट सिस्टम’ आजदेखि पूर्ण रुपमा सुचारु भएको जानकारी दिएको छ । प्रणालीको फाइल सर्भरमा माइग्रेटको कार्य सम्पन्न भइसकेको उल्लेख गर्दै विभागले अनलाइनमार्फत् फाइल अपलोड गर्न सकिने जनाएको छ । त्यस्तै, विगतमा देखिएको समस्याका कारण श्रम स्वीकृति दिने पालो बाँकी रहेकाले सो नभएसम्म हवाई टिकट नलिन विभागले सुसूचित गराएको छ । ‘यस विभागमा सञ्चालित एफईआइएमएस प्रणालीको फाइल सर्भर माइग्रेटको कार्य…
पुरा पढौ
१४ बुँदे मागसहित तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा
चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले आगामी आइतबार सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । सो दिन कलेज सञ्चालकहरु, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरु देशव्यापी रुपमा शान्तिपूर्ण बृहत र्यालीमा सहभागी हुने बताइएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले १४ बुँदे मागसहित तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने क्रममा उक्त कार्यक्रम राखेको हो । पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमबाट आफूहरुको माग सम्बोधन नभएको उल्लेख गर्दै समितिले तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलन कार्यक्रम राखिएको जनाएको छ । आज जारी…
पुरा पढौ