२० वर्षीय युवा २० लाखसहित पक्राउ
नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्षमण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा रहकसहित पक्राउ परेका हुन् । कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा रकम बरामद गरिएको हो। मोटरसाइकल चालक भारततर्फ भागेका थिए। रकमसहित…
पुरा पढौ
बर्दीमा भिडियो बनाउने प्रहरी कारबाहीमा
बर्दी लगाएर टिकटक भिडियो बनाउने २०८ जना प्रहरी कारबाहीमा परेका छन्। प्रहरी प्रधान कार्यालयले बर्दी लगाएर भिडियो बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो। २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए। उनका अनुसार २०७७/७८ मा ८२ जना, २०७८/७९ मा ३० जना र २०७९/८० मा ९६ जना प्रहरीलाई कारबाही गरिएको हो। ‘पहिलोपटक चेतावनी दिन्छौँ। दोहोरिएमा एक दिनको तलब कटौटी गर्नेदेखि वढुवा रोक्कासम्म हुन्छ,ʼ डिआइजी कडायतले…
पुरा पढौ
भक्तपुरको जंगलमा मृत महिला फेला
भक्तपुरमा १५ दिनदेखि हराएकी महिला मृत भेटिएकी छन्। सुर्यविनायक नगरपालिका-७ गुन्डुबस्ने ३८ वर्षीया माया नगरकोटी बिहीबार साँझ मृत भेटिएकी हुन्। असार १३ गतेदेखि हराइरहेकी महिला गुन्डुकै जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त पाठकले जानकारी दिए। ‘शव काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएको छ, बाहिरी चोटपटक देखिएको छैन,ʼ डिएसपी पाठकले भने। उनलाई प्रहरीले १६ गतेदेखि खोजीरहेको थियो। तर भेटिएकी थिइनन्। उनका श्रीमान् रामकुमार नगरकोटीको आग्रहमा बिहिबार पुन जंगलको बाहिरी भागमा खोज्दा माया मृत भेटिएको डिएसपी पाठकले जानकारी दिए।
पुरा पढौ
विद्यालयको जमिनबाट माटो बेचेको आरोपमा चार जनामाथि भ्रष्टाचारको मुद्दा दायर
कञ्चनपुरमा विद्यालयको जमिनबाट माटो बेचेको आरोपमा चार जनामाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ। लालझाडी गाउँपालिका–४ बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चार जनाविरूद्ध मुद्दा दायर गरेको हो। गैरकानूनी रूपमा उत्खनन गरी माटो स्थानीय इँटा उद्योगहरूलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरूपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। सो विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, न्यू भगवती इँटा उद्योगका म्यानेजर राजेन्द्र बहादुर भाट र सिद्ध वैजनाथका प्रोपाइटर धनबहादुर…
पुरा पढौ
कुवेत हिँडेका ११७ श्रमिकलाई विमानस्थलबाट फिर्ता
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत हिँडेका ११७ श्रमिकलाई विमानस्थलबाट फिर्ता पठाएको छ। श्रम स्वीकृति लिएर हिँडेका ११७ श्रमिकहरूको कागजात शंकास्पद भेटिएपछि फर्काइएको कार्यालय प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए। उनका अनुसार यसरी फर्काइएका अधिकांश महिला छन्। कार्यालयले भिसा शंकास्पद देखिएको भन्दै बुधबार साँझ सलाम एयरमार्फत् कुवेत जान लागेका १०१ जना फर्काएको हो। भिसा शंकास्पद देखिएपछि बिहीबार पनि कुवेत हिडेका १६ जनालाई फर्काएको हो। उनीहरूले विभिन्न म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएका थिए। कुवेतस्थित विभिन्न कम्पनीहरूमा काम गर्ने भनेर श्रम स्वीकृति दिइएको थियो। …
पुरा पढौ
आफ्नै छोरीलाई बलात्कार गर्ने बुवा थुनामा
छोरीलाई बलात्कार गर्ने बुवालाई दैलेख जिल्ला अदालतले ३३ वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार उक्त फैसला गरेको हो। दैलेखका ५० वर्षीय ती बाबुले १७ वर्षीया आफ्नी छोरीलाई २०७९ चैत १ गते बलात्कार गरेका थिए। चैत २१ गते बालिका पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो। २१ गते नै प्रहरीले अभियुक्त बुवालाई पक्राउ गरेको थियो। बलात्कार पुष्टि भएपछि बुलावाई हाडनाता करणी मुद्दामा २५ वर्ष र उमेरअनुसारको करणी मुद्दामा ८ वर्ष गरी ३३ वर्ष कैद सजाय सुनाइएको हो। मुलुकी…
पुरा पढौ
सुदूरपश्चिम प्रदेशमा बजेट प्रति सांसदहरू नै असन्तुष्टि
बजेटलाई लिएर सुदूरपश्चिम प्रदेशमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले असन्तुष्टि जनाएका छन्। सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वमा सरकार छ। कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह मुख्यमन्त्री छन्। अर्थमन्त्री भने एकीकृत समाजवादीका नरेश शाही छन्। उनले गत असार १ गते सदनमा बजेट पेश गरेका थिए। बजेटमाथि यसअघि प्रदेश सभामा छलफल हुन सकेको थिएन। आफूहरूले प्रस्ताव गरेका योजनामा बजेट नपरेको भन्दै सत्तारूढ दलकै सांसदहरू सरकारसँग असन्तुष्ट छन्। प्रदेश सभामा बैठक नगरेर मुख्यमन्त्री कार्यालय, संसदीय दल…
पुरा पढौ
धम्क्याएर ३० करोड माग गर्ने व्यक्ति पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड माग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार महाराजगञ्जबाट रमेश गुरूङलाई पक्राउ गरेको एसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनले केही दिनअघि प्रसाईंलाई फोन गरी ३० करोड रुपैयाँ चन्दा माग गरेका थिए । तर बार्गेनिङ गर्दा पाँच करोडसम्मको ‘डिल’ भइसकेको थियो । रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रसाईंको आरोप छ । यसरी पैसा माग गरेको भन्ने खबर पाएपछि केही दिनदेखि सिआइबीले उनको खोजी गरिरहेको थियो । त्यही…
पुरा पढौ
आँखाको निःशुल्क उपचार गर्ने सम्बन्धी सम्झौतापत्र
नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेसनका बीचमा आपसी सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ । उक्त सम्झौतापत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रा डा चेतराज पन्त र फाउन्डेसनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका हुन् । फाउन्डेशनले सन् २०२३ का लागि करिब आठ हजार आँखाका बिरामीको निःशुल्क शल्यक्रियाका लागि सङ्घलाई अनुदान रकम उपलब्ध गराउने छ । सङ्घले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रममार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित नागरिकको निःशुल्क आँखाको उपचार गर्ने सङ्घका महासचिव भरतबहादुर चन्दले बताए…
पुरा पढौ
विषालु च्याउ खाँदा ११ जना अस्पतालमा भर्ना
डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको…
पुरा पढौ