समाचार

सुनको सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझीलाई पक्राउ गरिएको जानकारी गराएको हो । पछिल्लो एक महिनायता विशेष गरी मोर्निङ वाकमा निस्किने महिलाहरुको घाटीमा लगाइएको सुनको सिक्री लुटिने क्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताउनु… पुरा पढौ

खानेपानीको ट्याङ्की निर्माणको नाममा ८ जना मिलि भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला हुम्ला, चंखेली गाउँपालिका वडा नं.-२ स्थित खानेपानीको ट्याङ्की निर्माणको लागि आ.व. २०७८।०७९ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रकम बिनियोजन भई उपभोक्ता समितिलाई कामको जिम्मा दिएकोमा आधा काम बाँकी हुँदै ट्याङ्की निर्माणको काम सकियो भनी फर्जी विल भरपाई पेश गरी सम्पूर्ण रकम निकासा लिई हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा चंखेली गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीले आ.व. २०७७/०७८ मा जिल्ला हुम्ला, चंखेली गाउँपालिका वडा नं. २ देवकोटाबाडास्थित खानेपानी ट्याङ्की निर्माण समेतका कार्यमा काम नै नगरी… पुरा पढौ

वडा अध्यक्ष बुलन यादव उपर घुस लिएको सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला धनुषा, नगराइन, नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वुलन यादव र सोही वडाका वडा सचिव अमृत नारायण मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, वर्दिवासबाट खटिई गएको टोलीले निज वडाअध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई सेवाग्राहीबाट रु.७०,०००।–(सत्तरी हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा जिल्ला धनुषा, नगराइन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बुलन यादव र वडा… पुरा पढौ

नागरिकले मागेका सूचना समयमै दिनु : जिसस प्रमुख थापा

जिल्ला स्तरीय कार्यालय प्रमुख, सूचना अधिकारी, जनप्रतिनिधि, संचारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि हरुको सहभागिता रहेको कार्यक्रममा सूचना आयुक्तले सूचनाको हक कार्यन्वयनमा सबैको भूमिका रहने र सक्रियता पुर्वक लाग्नु पर्नु विचार राख्नु भएको थियो । गोर्खाको कार्यक्रमको स्वागत मन्तव्य आयोगका उपसचिव राम प्रसाद ढकाल र संचालन अधिकृत हरिहर कार्कीले गर्नुबहेको थियो जिल्ला समन्वय समिति गाेरखाका प्रमुख माेहन बहादुर थापा मगरले नागरिकहरुले सूचनाकाे हक प्रयाेग गरी माग गरेका सूचना समयमै दिन निर्देशन दिएका छन् । राष्ट्रिय सूचना आयाेगका आयुक्त रत्नप्रसाद मैनालीकाे अध्यक्षतामा… पुरा पढौ

ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईलाइ घुस सम्बन्धी आरोप-पत्र दायर

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईले ल्याब दर्ता प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत रु.५०,०००।–(पचास हजार रुपैयाँ) माग गरी लिएको पुष्टी… पुरा पढौ

वडा अध्यक्ष सबदुल मियाँउपर घुस लिएको सम्बन्धि आरोप-पत्र दायर

जिल्ला सप्तरी, अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सबदुल मियाँले भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज वडाअध्यक्ष सबदुल मियाँलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा जिल्ला सप्तरी, अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सबदुल मियाँले निर्माणाधीन भवनको अन्तिम किस्ता रकम भुक्तानीको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु.५०,०००।–(पचास हजार रुपैयाँ)… पुरा पढौ

इमान्दार नेताको घरमा बैंकमाभन्दा धेरै पैसा

https://twitter.com/i/status/1661371804575752203 भारतीय प्रहरीले एक जना नेताको घरमा छापा मारेको छ । गुजरात राज्यको सुरत शहरस्थित आम आदमी पार्टीका नेताको घरमा प्रहरीले नसोचेको परिमाणमा भारतीय रुपैयाँ फेला पारेको बताइएको छ ।  भारतमा अहिले उक्त पार्टीलाई सबैभन्दा इमानदार राजनीतिक दलको रुपमा हेरिन्छ । सोही पार्टीका सबैभन्दा इमानदार नेता भनेर चिनिएका शेखर अग्रवालको घरमा प्रहरीले छापा मार्ने क्रममा अर्बौं नगद फेला पारेको हो । प्राप्त भिडियोमा उनको घरमा फेला पारिएको नगद गन्न प्रहरीले पाँच वटा मेशिन प्रयोग गरेको देखिन्छ । कोठामा बैंकको ढुकुटीमा… पुरा पढौ

भारतीय नागरिक नेपालकी उपमेयर हाल पक्राउ, श्रीमान फरार

`सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव पक्राउ परेकी छन् । उनीमाथि फर्जी कागजातको आधारमा नेपाली नागरिकता बनाएको आरोप लागेको छ ।  उनी र उनका श्रीमानविरुद्ध किर्ते कागजातको आधारमा नेपाली नागरिकता लिएको उजुरी परेपछि पक्राउ परेकी हुन् । प्रहरी र जिल्ला प्रशासनले उनीविरुद्धको उजुरी नलिएपछि अभियन्ताले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेका थिए । जेठ ५ गते जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयको नाममा परमादेशपछि उनी अप्ठेरोमा परेकी थिइन् । उच्च अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी… पुरा पढौ

गाउँपालिकाका लेखापाल रौशन कुमार राउत रु.१,२५,०००/- घुस रकमसहित नियन्त्रणमा।

जिल्ला महोत्तरी, सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउतले सम्सी गाउँपालिका वडा नं. ५ मा संचालन भएको कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज रौशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई सेवाग्राहीबाट रु.१,२५,०००।–(एक लाख पच्चीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित सम्सी गाउँपालिकाको कार्यालयबाट मिति २०८०।०३।२० गते नियन्त्रणमा लिएको हो   पुरा पढौ