३१ बर्ष अगाडिको सूचनाको हक सम्बन्धि एक आदेश
संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायधीश श्री केशव प्रसाद उपाध्याय सम्बत् २०५० सालको रिट नं. ३०४९ आदेश मितिः २०५१।१।२५।१ विषयः उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी गरी पाउँ । निवेदकः का.जि. का.न.पा वडा नं. ३१ पुतलीसडक बस्ने गोपाल सिवाकोटी । ऐ. ऐ. वडा नं. २९ ठमेल बस्ने राजेश गौतम विरुद्ध विपक्षी : श्री ५ को सरकार, अर्थ मन्त्रालय । श्री ५ को सरकार, जलश्रोत मन्त्रालय । प्रवन्ध निर्देशक, नेपाल विद्युत प्राधिकरण,काठमाण्डौ । प्रमुख निर्देशक, अरुण तेश्रो जलविद्युत परियोजना, नेपाल…
पुरा पढौ
ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी पक्राउ
मोरङको ग्रामथान गाउँपालिका-४ कटहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । शनिबार राति जुवा खालबाट प्रहरीले सोही गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले १८ लाख रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष ग्रामथान-४ का ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका-१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका-१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका-१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ,…
पुरा पढौ
सूचनाको हक : पारदर्शिताको प्रवर्धन
सूचनाको हक र गोपनीयताको अधिकारबीचको अन्तर्क्रियाले दक्षिण एसियामा ठूलो महत्त्व प्राप्त गरेको छ । यसले विश्वव्यापी प्रवृत्तिहरूलाई नै प्रतिविम्बित गर्छ । यस क्षेत्रमा पारदर्शिता र व्यक्तिगत विवरणको सुरक्षाबीचको द्वन्द्व प्रमुख विषय बनेको छ । दक्षिण एसियाली राष्ट्रहरूले सुशासन, सुरक्षा र प्राविधिक विकासका चुनौतीहरूको सामना गर्दा यी अधिकारहरूबीचको सन्तुलन स्थापित गर्न अदालत, व्यवस्थापिका र सार्वजनिक मञ्चमा गहिरो छलफल भइरहेको छ । सूचनाको हक : पारदर्शिताको प्रवर्धन दक्षिण एसियाका धेरै देशले पारदर्शिता र जवाफदेही बढाउने उद्देश्य सहित सूचनाको हकलाई मौलिक अधिकारको रूपमा…
पुरा पढौ
सुचनाको हक बेवास्ता गर्नेलाई आयोगले गर्यो कारबाही
सूचना आयोगले तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेमाथि कारबाहीका लागि सिफारिस गरेको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ (१) बमोजिम उनीमाथि कारबाहीका लागि सिफारिस गरिएको आयोगका सूचना अधिकारी तथा प्रवक्ता कमला ओली थापाले जनाएकी छन् । प्रवक्ता थापाका अनुसार कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गे निवासी बसन्त गिरीले तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह, कपिलवस्तु समक्ष सूचना माग गरेका थिए । तोकिएको समयमा सूचना नपाएपछि गिरीले सूचना आयोगमा गत वर्ष कात्तिक २० गते पुनरावेदन गरेको प्रवक्ता…
पुरा पढौ
सेबोनद्वारा रिलायन्सको आईपीओको बारेमा सूचना दिन आनाकानी, सूचना आयोगद्वारा कारण देखाउ आदेश
राष्ट्रिय सूचना आयोगले नेपाल धितोपत्र बोर्डलाई रिलायन्स स्पिनिङ मिल्सका विषयमा कागजात उपलब्ध गराउन आदेश दिएको छ । निवेदक हरिबहादुर केसीद्वारा राष्ट्रिय सूचना आयोगमा दिएको उजूरीको आधारमा धितोपत्र बोर्डलाई यस्तो आदेश दिइएको हो । निवेदक केसीले रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति माग्दा पेश गरेको सम्पूण कागजपत्र माग गर्दै धितोपत्र बोर्डमा सूचना माग गरेका थिए । उनले सबैभन्दा पहिले सूचना अधिकारी तेज प्रसाद देबकोटा र बोर्ड अध्यक्ष महेश बरालसँग सूचना माग गरेको र दुबैबाट सूचना उपलब्ध नभए…
पुरा पढौ
सूचनाको हक हरेक क्षेत्रले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्छ : आयुक्त गुरुङ
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा.महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा आज ललितपुरको गोदावरीमा दिगो सूचना प्रवर्द्धन परियोजनाअन्तर्गत नागरिक समाजका प्रतिनिधिलाई सूचनामा दिगो पहुँचमा पुर्याउन आयोजित प्रशिक्षक प्रशिक्षणको उद्घाटन सत्रमा प्रमुख सूचना आयुक्त डा.गुरुङले सूचनाको हक नागरिकको अधिकार भएकाले यसलाई अभियानका रुपमा लगिनुपर्ने बताए । उनले सूचना माग्नेलाई कानुनले व्यवस्था गरेअनुसार उपलब्ध गराउनुपर्ने भन्दै सूचना लुकाउनु जायज नहुने धारणा राखे । मधेश र लुम्बिनी प्रदेशमा…
पुरा पढौ
माडी नगरपालिकाको स्वत प्रकाशन
सूचनाको हकसम्बन्धी २०६४ र नियमावली २०६५ बमोजिम माडी नगरपालिकाले स्वत विवरण सार्बजनिक गरेको छ हेर्नुहोस pdf
पुरा पढौ
विदेश पठाउने नाममा १ करोड ठगेको आरोपमा दुई जना पक्राउ
वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङको लमही नगरपालिका–४ का ३० वर्षीय देव सुनार र २७ वर्षीय भीम सुनार छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कन्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो । उनीहरुले ग्रिस, अल्बानिया, पोर्चुगल, माल्टा, युके जस्ता देशमा पठाउने भन्दै ९ जनाबाट ९५ लाख ३४ हजार रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।…
पुरा पढौ
लघुवित्तको कार्यालयमा आक्रमण र आगजनी, दुईजना पक्राउ
मोरङमा शाखा कार्यालय रहेका दुई वटा लघुवित्तको कार्यालयमा आक्रमण र आगजनी भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको कानेपोखरी गाउँपालिका– २ दलेली र नेशनल लघुबित वित्तीय संस्थाको बेलबारी – ६ बाहुनीको शाखा कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको हो । मोरङ प्रहरीका अनुसार मंगलबार दिउँसो साढे १२ बजे अभियान लघुवित्तको मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीमा रहेको शाखामा तोडफोड र आगजनी भएको हो । विहान साढे ११ बजे बेलबारी नगरपालिका– ७ स्थीत नेशनल लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड भएको हो ।…
पुरा पढौ
भारत पुर्याएर मिर्गौला तस्करी गरेको आरोपमा २ जना पक्राउ
भारत पुर्याएर मृगौला तस्करी गरेको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का ४२ वर्षीय शान्तमिाया घलान छन् । खत्रीलाई ९ र घलानलाई ११ गते पक्राउ गरिएको हो। उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ९ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । गत माघको अन्तिममा उनीहरुले एक व्यक्तिलाई कोलकत्ता पुर्याएर मृगौला झिकेको आरोप छ ।…
पुरा पढौ