समाचार

छात्रवृत्ति नदिने ३४२ निजी विद्यालयको पर्दाफास गरे बालेनले

काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ। काठमाडौं महानगरपालिकाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो। त्यसअनुसारको विवरण पेश नगर्ने ३४२ वटा विद्यालयको सूची प्रकाशित गरेको छ। ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ। जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४… पुरा पढौ

जिल्ला समन्वय प्रमुख गोपालराज भण्डारी ठेकेदारलाई भ्रष्टाचार गरेको भनि अख्तियारले चलायो मुद्धा

जिल्ला समन्वय समितिको कार्यालय, सुनसरीले संवैधानिक र कानूनी प्रावधानबिपरीत कृषि तथा बनकस जडिबुटिको जिल्ला निकासी कर संकलन गर्न ठेक्का लगाउँदा कानूनबमोजिम लिनुपर्ने जमानत नलिई र सम्झौतासमेत नगरी गैरकानूनीरुपमा कर संकलन गर्न लगाएकोले कर संकलन गरी कबोल अनुसारको रकम जिल्ला समन्वय समितिलाई नबुझाई हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला समन्वय समितिको कार्यालय, सुनसरीबाट नेपालको संविधानको अनुसूची र स्थानीय सरकार कार्य संचालन ऐन, 2074 समेतले कर संकलन गर्न अधिकार नै नदिएको अवस्थामा आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर गई आ.व. 2075/076 को… पुरा पढौ

मेयर, उपमेयर, कार्यकारी लगाएत ९ जना बिरुद्द भ्रस्टाचार मुद्धा

जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ७ स्थित बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छायाँनाथ रारा नगरपालिका, मुगुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इन्जिनियर महेश सिंह कठायत र असिष्टेण्ट सब-इन्जिनियर हस्त बहादुर मल्लले आ.व.२०७४।०७५ मा जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ७ मा निर्माण सम्पन्न भनिएको बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण गर्ने क्रममा वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी नभए नगरेको कार्यसमेत गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले गलत नापी किताब, उपभोक्ताको बिल र कार्य… पुरा पढौ

५० हजार घुससहित वडाअध्यक्ष मिया पक्राउ

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका हुन् । घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार बिद्यालयबाटै पक्राउ गरेको हो । आयोगको बिज्ञप्ति जिल्ला सप्तरी, अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सब्दुल मियाँले भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि… पुरा पढौ

ठग्नेहरुलाई कसरी लाउने होला ठेगान ?

छलछाम र ठगठागको दुनियाँमा ठग्ने होइन छलिने/ठगिनेचाहिँ दोषी हुँदो रहेछ । ठग्नेहरू उल्टै पानीमाथिको ओभानो बन्दा रहेछन् । राज्यका शक्तिहरू नै तिनै ठगका पक्षमा उभिए पछि पीडितहरूले रुँदै हिँड्नुबाहेक अरु के नै गर्न सक्छन् र ? लहरो तान्दा पहरो थर्केकै शैलीमा भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइलवालाहरू तानिइरहँदा उस्तै डरलाग्दो ठगी धन्दा बाहिर आएको छ । पिरामिड शैलीको कारोबारमा हजारौं सर्वसाधारणलाई ठगी गरेका एक कसुरदारलाई काठमाडौं जिल्ला अदालतका श्रीमान्ले साढे सात लाख धरौटी तिरेर छाडेपछि हामी झन् मर्माहत भएका छौं । वस्तुको… पुरा पढौ

राज्यलाई भएको २१ अर्ब नोक्सानमा चाटर्ड एकाउन्टेन्ड सहित चुडामणि जेल जाने

विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो । सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । उनीहरुको सजाय भने निर्धारण भएको छैन । विशेष अदालतका… पुरा पढौ

३ पूर्वपदाधिकारी भ्रष्टाचारी ठहर

स्वास्थ्य उपकरण खरिदमा भएको अनियमिततामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन उच्चपदस्थ पूर्व पदाधिकारी दोषी ठहर भएका छन् । विशेष अदालतले पूर्वउपकुलपति बलभद्रप्रसाद दास, पूर्वरजिष्ट्रार नन्दकुमार थापा र पूर्वनिर्देशक अरविन्दकुमार सिन्हालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै एक/एक वर्ष कैद र २५ हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए । विशेष अदालतका सदस्यहरु बलभन्द्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले विहीबार स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको ठहर गरेको हो । ३० असार २०७६ मा अख्तियारले… पुरा पढौ

विशेष भाँडोमा हालेर रक्त चन्दनको तेल ओसारपसार

प्रहरीले झण्डै दुई करोड मूल्य बराबरको रक्तचन्दन तेलको अवैध कारोबार गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । काठमाडौंको चावहिल बस्दै आएका ३० वर्षीय सुशिल पाठक, २८ वर्षीय विनोद बराल, ५८ वर्षीय निलकान्त भुसाल, काँडाघारीका ३५ वर्षीय नवीन दाहाल र गोकर्णहरि दाहाल समातिएका हुन् । कलंकीका ३६ वर्षीय ज्ञानबहादुर ओली, जडिबुटीका ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र महांकालका ४० वर्षीय खेमराज घिमिरे पनि सोही आरोपमा प्रहरी खोरमा पुगेका छन् ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको… पुरा पढौ

पत्रकारको गोली हानि हत्या

फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो ।  मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई  उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताएका छन् ।  आक्रमणको प्रतिकार गर्दै पत्रकार बन्डुक्विनका छोराले बन्दुकधारीहरूलाई आफ्नो गाडीले ठक्कर दिएपछि आक्रमणकारीहरू मध्ये एक जनाको मृत्यु भएको छ । बाँकी आक्रमणकारी भने भाग्न सफल भएका छन् । उनीहरूको खोजी जारी रहेको कर्नेल डेलोरिनोले बताएका… पुरा पढौ