बालेन शाहद्वारा ६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने चेतावनी
काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै नियमन र कारबाहीका लागि विवरणसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतसमक्ष अनुरोध गर्नुभएको छ । कानुनअनुसार विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने छुट नदिएको भन्दै ६८ स्वास्थ्य संस्थालाई कारबाहीका लागि उहाँले आग्रह गर्नुभएको हो । महानगर प्रमुख शाहले आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै सात दिनभित्र कारबाही नगरिए स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने चेतावनी दिनुभएको छ । महानगरले यही जेठ ६ गते एक…
पुरा पढौ
भन्सार प्रमुख नियुक्तिमा बोलकबोल
देशमा राजश्व असुली यसरी घटेको छ कि कर्मचारीलाई तलब खुवाउन समस्या भइसक्यो । तर, राजश्व उठाउने सरकारी कार्यालयहरुमा अलिकति पनि सुधार हुन सकेको छैन, बेथिति र सेटिङ उस्तै छ । यसको उदारण भन्सार विभाग बनेको छ । विभाग दुई सातादेखि नेतृत्वविहिन छ । विभागमा महानिर्देशक रहेका चक्रबहादुर बुढालाई दुई साताअघि नै पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । तर, अहिलेसम्म नयाँ महानिर्देशक पठाउन सकिएको छैन । नयाँ महानिर्देशक नियुक्तिमा बोलकबोल चलिरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ । सहसचिवहरु शोभाकान्त पौडेल, राजेश्वर ज्ञवालीदेखि…
पुरा पढौ
सुन तस्करीमा समेत मुछिए गृहमन्त्री बालकृष्ण ?
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्दा सुन तस्करीसम्बन्धि विवरणका केही तथ्य समेत खुलेका छन् । बालकृष्ण खाण गृहमन्त्री हुँदा प्रहरी मिलेमतोमै सुन तस्करी भएको विवरणहरू उनका पिए नरेन्द्र केसी, तत्कालीन सचिव टेकनारायण पाण्डे तथा बिचौलिया केशब दुलालबीचको मोबाइलबाट खुलेको छ । दुलालले एयरपोर्टबाट सुन तस्करीका लागि भनिदिनुप¥यो भनेका छन् । जसमा सचिव पाण्डेले यसमा प्रहरीले नमान्ने जवाफ दिएका छन् । त्यस्तै, दुलालले खाणका पीए केसीलाई पनि त्यस्तै आग्रह गरेकोमा आइजिपीलाई भनिदिने भनेर जवाफ दिएका छन् । जसले त्यतिबेला सुन तस्करी…
पुरा पढौ
यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५…
पुरा पढौ
ट्राफिक प्रहरी कार्यालय भत्काएर कफी शप र एटीएम
बागलुङ नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय भत्काएर कफी शप र बैंकको एटीएम बनाउने तयारी थालेको छ । नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय, बागलुङको भवन भत्काएर कफी शप र बैंकको एटीएम बनाउने निर्णय गरेपछि स्थानीयले विरोध जनाएका छन् । ‘गाउँघरमा सिंहदरबार’ भन्ने नाराको दुरुपयोग बढेको भन्दै स्थानीयले चर्को आलोचना गरिरहेका छन् । एकातिर ट्राफिक कार्यालयको स्थायी संरचना छैन । ‘बिरालोले बच्चा सारेझैं’ कार्यालय सार्दै काम सञ्चालन गर्नुपर्ने बाध्यता छ । यस्तोमा ट्राफिक प्रहरी कार्यालय भत्काउन खोजेपछि विरोध हुनु स्वाभाविकै हो । बर्खायाम…
पुरा पढौ
शीर्ष नेताहरु भ्रष्ट भएकोले लोकतन्त्र खतरामा
काठमाडाैं । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा काठमाण्डौंमा आयोजना गरेको धर्ना प्रदर्शनबाट प्रहरीले १७ जना अधिकारकर्मीलाई गिरफ्तार गरेको छ । प्रदर्शनमा भ्रष्टाचार हटाऊ : लोकतन्त्र बचाऊ, शीर्ष नेताहरुको सम्पत्ति छानविन गर, नक्कली शरणार्थी प्रकरण : शीर्ष नेताहरुमाथि छानविन खोइ ?, शीर्ष नेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन्, DEMOCRACy\ UNDEr\ THREAt\ BECAUSe\ TOP LEADERs\ ARe\ CORRUPt\ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो । २०८० जेठ १४ गते…
पुरा पढौ
ठगिएकाहरुलाई प्रहरी हुँ भनेर ठगेको आरोपमा एक पक्राउ
प्रहरी हुँ भनेर ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले एक जनालाई पक्राउ गरेको एसपी सिताराम रिजालले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ बस्ने २३ वर्षीय जीवन श्रेष्ठ छन्। उनले आफूलाई प्रहरीको परिचय दिएर वैदेशिक रोजगारको लागि विदेश जाने सिलसिलामा ठगीमा परेकालाई नै ठगेको आरोप छ। उनले पीडितलाई ठग्ने व्यक्तिलाई पक्राउ गर्छु भनेर विश्वासमा लिएको प्रहरीले जनाएको छ। एसपी रिजालका अनुसार उनले पक्राउ गर्नुपर्ने व्यक्ति सिराहमा रहेको र स्याटलाइटबाट खोज्नुपर्छ भनेर पीडितलाई फकाएका थिए। स्याटलाइट खरिद गर्न…
पुरा पढौ
गल्फमा दलालको मनपरी लिन्छन ३ देखि ६ लाख सम्म
१०/२० हजार मा गल्फ जान पाइन्छ भन्ने सुने पनि हाल मलेसिया को ३ लाख र दुबइको ६ लाख सम्म लिने गर्छन मेनपावर कम्पनि हरु सर्लाही गौडेता-३ का रामजतन महतो खेतीपाती गरेर परिवार चलाइरहेकै थिए । तर आमा बिरामी भएपछि उनको परिवार ऋणमा पर्यो । काठमाडौंको शिक्षण अस्पतालमा तीन महिना आमाको उपचार गरेर ऋणसहित सर्लाही फर्किएका उनलाई मेनपावर ऐजेण्टको काम गरिरहेका नरेन्द्र ठाकुरले मलेसियामा आकर्षक जागिर खुलेको भन्दै जान फकाए । ठाकुरले मलेसिया जान ३ लाख रुपैयाँ खर्च लाग्ने र पुगेपछि…
पुरा पढौ
सूचनाको हक प्रयोगको दुरुपयोग
राष्ट्रिय सूचना आयोगमा हालै नेपाल राष्ट्र बैङ्कबाट एउटा लिखित गुनासो आयो, “सूचनाको हक प्रयोग गरेर हामीबाट लिएको सूचना मागकर्ताबाट दुरुपयोग भयो। सूचना दुरुपयोग गर्नेलाई कारबाही गरिपाऊँ।” बैङ्कको गुनासोपछि आयोगले सूचना मागकर्तालाई बोलाएर यसबारे जानकारी लिए पनि चित्तबुझ्दो जवाफ आएन। यस विषयमा आयोगले थप अध्ययन गरिरहेको छ। यसभन्दा भिन्न अर्को घटना पनि केही समयअघि भएको छ। सूचना माग्ने नाममा आफूहरूलाई दुःख दिएको र त्यस्तो कार्य रोक्न माग गर्दै नेपाल बैङ्कर्स सङ्घको टोली नै आएर आयोगमा गुनासो ग-यो। सूचना माग्ने नाममा आफूहरूलाई…
पुरा पढौ