समाचार

तुलसीपुरमा घरको नक्सापास नगर्नेको सेवा कटौती

दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको छ । उपमहानगरपालिकाले नक्सापास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ । गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास नगरि निर्माण गरिएका तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिए । उपमहानगरले पक्की घरको रु एक हजार, कच्ची घरको रु पाँच सय,… पुरा पढौ

श्रीलंकाको सूचनाको हक सम्बन्धी आयोगका प्रतिनिधिमण्डल नेपालमा

श्रीलंकाको सूचनाको हक सम्बन्धी आयोगका प्रतिनिधिमण्डलले राष्ट्रिय सूचना आयोगका आयुक्तहरु र कर्मचारी संग आयोगमा सूचनाको हक कार्यन्वयन बारेमा छलफल गर्यो । साथै नेपालले प्रस्ताव गरेको दुई आयोगहरु बीचको समझदारीपत्र वारेमा श्रीलंका सकारात्मक रहेको र कुटनैतिक माध्यमबाट अगाडी बढाउने सहमति भएको छ । श्रीलंकाको सूचनाको हकसम्बन्धी आयोग (राइट टु इन्फर्मेसन अफ श्रीलंका) को टोली नेपाल आइपुगेको छ । आयोगका अध्यक्षसहितको टोली नेपालमा सूचनाको हकसम्बन्धी कार्यान्वयनको अवस्था अध्ययन तथा अवलोकन गर्न नेपाल आएको कुरा सूचना अभियन्ता दीपक आचार्यले बताउनुभयो । टोलीले राष्ट्रिय… पुरा पढौ

बर्जु गाउँपालिका इन्जिनियर अजय कुमार मेहतालाइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला सुनसरी, बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताले घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर अजय कुमार मेहतालाई सेवाग्राहीबाट रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा बर्जु गाउँपालिका, सुनसरीका इन्जिनियर अजय कुमार मेहताले घर जग्गा नक्सा पास गर्नका निम्ति सेवाग्राहीसँग रु.२०,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निज अजय कुमार मेहताले भ्रष्टाचार निवारण ऐन, २०५९ को… पुरा पढौ

बुढीनन्दा नगरपालिकामा सूचनाको हक सम्वन्धि कार्यक्रम सम्पन्न

जिल्लाको बुढीनन्दा नगरपालिका सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुढीनन्दा नगरपालिकाको आयोजना र राष्ट्रिय सूचना आयोग काठमाडौको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको हो । नगरपालिकाबाट जनताले हरेक सूचनाहरू सहज रूपमा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले बताएको छ ।अन्तरक्रिया कार्यक्रमकोे राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सहजिकरण गरेकि थिईन् । उनले लेख्दा सुचना माग्ने प्रक्रिया, कहाँ सूचना माग्ने , सुचना प्रबाह गर्न हुने र नहुने विषयमा प्रकश पार्नुका साथै हरेक… पुरा पढौ

बिल बीजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको पिकअप नियन्त्रणमा

 बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको माल बाहक पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । मिति २०८०।०२।०९ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २५ चण्डालचोक स्थित सडकखण्डबाट  BR05GC 3017 नम्बरको मालवाहक पिकअप रोकी जाँच गर्ने क्रममा बिल बीजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र सो विल बिजक संकास्पद देखिएकोले जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।  अन्दाजी मूल्य रू १७,३९,४४८।- (सत्र लाख उन्नचालीस हजार चार सय अठ्चालीस ) बराबरको खुद्रा तथा विभिन्न… पुरा पढौ

फजुल खर्चमा निर्ममतापूर्वक कटौती र विकास बजेट बढाउनै पर्छ

(सरकारले २०८० जेठ ५ गते शुक्रवार संसदको संयुक्त सदनमा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यो सताभरी सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रमबारे संसदमा सांसदहरुले घनिभूत रुपमा बहस चलाउने भएका छन् । बहस सकिए लगत्तै आजको ठीक अर्को हप्ता सोमवार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको लागि आयव्यय विवरण सहित बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । मुलुकको खस्कदो अर्थतन्त्रलाई संवोधनका साथै सुधारका लागि बजेटमा समेटिनुपर्ने प्राथमिक विषयका बारेमा यतिखेर बहस चुलिरहेको छ ।… पुरा पढौ

सिन्धुलीको मरिण गाउँपालिकाद्वारा एक सय ६० छात्रालाई साइकल वितरण

सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो । यसैगरी उहाँले कक्षा १० सम्मको पढाइ सकाउनुभयो ।  कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ । विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ ।  “साइकल… पुरा पढौ

दुई कराेडकाे खेलाेमा एक थान मन्त्री ? जसपामा विद्राेहकाे तयारी !

जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीमा वीरेन्द्र महतोलाई पठाएपछि पार्टीभित्र नयाँ तरंग उत्पन्न भएको छ । मन्त्रीको दौडमा भएका सांसदलाई उछिनेर महतो कसरी मन्त्री हुन पुगे भन्ने मात्र चासो रहेको छैन, अध्यक्ष उपेन्द्र यादव आफै किन मन्त्री बन्न गएनन ? भन्ने प्रश्न पनि उठेको छ । मन्त्रीका लागि प्रदीप यादव र राजकिशोर यादवमध्ये को जाने ? भन्ने लडाइँ थियो । राजकिशोर यादव वन मन्त्री बन्ने लगभग टुंगाेमा पुगेकाे थियाे । उपेन्द्र यादवलाई पार्टी चलाउन राजकिशाेर यादव, प्रदीप यादव र अशोक… पुरा पढौ

सूचना माग्दा सूचना अधिकारी नै गायब !

सूचना मागको औपचारिक निवेदन लिएर सञ्चार संस्थाका प्रतिनिधि र नागरिकहरू कार्यकक्षमा छिर्न थालेपछि सरकारी कार्यालयका सूचना अधिकारी नै हराउन थालेका छन् । सिरहाको लहान नगरपालिकाका सूचना अधिकारी इञ्जिनियर सुशीलकुमार साह यस्तै बेपत्ता हुने मध्येका एक हुन् । हिजो सूचना र जानकारी मागिएको निवेदन दर्ता गराउन उनको कार्यकक्षमा पुगेका सञ्चारकर्मीहरूलाई कार्यकक्षमै पर्खार साह बेपत्ता भएको बताइन्छ ।  सुरूमा उनले निवेदन दर्ताका लागि कार्यालय प्रमुख प्रशासकीय अधिकत शुभद्रा गौतमको तोक आवश्यक पर्ने बताए । तोकको निम्ति सञ्चारकर्मीहरू गौतमको कार्यकक्षमा पुगे ।  प्रमुख… पुरा पढौ

भन्सारमा नक्कली प्रज्ञापन पत्र, एकै प्रज्ञापन पत्रमा फरकफरक मालवस्तु

‘भन्सार बुझी नसक्नुको संसार’ भन्ने कथन यतिबेला सार्थक भएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेल राजस्व नउठेको जतिबेला पनि भुटभुटाइरहेका हुन्छन् । तर, उनकै कार्यालय प्राङ्गणमा नक्कली प्रत्रापन पत्र, नक्कली राजस्व बुझाएको भौचर तयार पारिदा पनि उनले चाल पाउँदैन ।  भन्सारको सुरक्षाको लागि अन्नपूर्ण टर्मिनल्स प्रालिलाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ । सोही कम्पनीले कार्यालय वरपर सिसिटिभी जडान गरेको छ । त्यस्तै, गेटगेटमा सुरक्षा गार्ड, भित्र पार्किङ्ग स्थल र गोदामको चारैतिर सुरक्षा सतर्कता अपनाएको दाबी कम्पनीले गर्दै आएको छ… पुरा पढौ