९१ वटा देशसँग नेपालको व्यापार घाटा, बंगलादेशबाट मात्र पौने ३३ करोड घाटा
चालु आर्थिक वर्षको पहिलो महिना विश्वका १०२ भन्दा बढी देशसँग व्यापार (आयात र निर्यात) गरेको नेपालले ९१ देशसँग घाटा बेहोरेको छ । व्यापार गरेको अधिकांश देशसँग घाटा बेहोरेको मुलुकले १२ वटा देशसँग मात्र केही नाफा गरेको हो । भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको हो । समीक्षा महिनामा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १ खर्ब १६…
पुरा पढौ
डीडीसी लुम्बिनीले किसानलाई ९ करोड भुक्तानी गर्न बाँकी
रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीका शान्ताराम थारुले ५ वटा भैँसी पालेका छन् । ६१ वर्षका शान्तारामले दैनिक ६० लिटर दूध सोही ठाउँमा रहेको पशुपति दुग्ध उत्पादक संस्थालाई बेच्ने गर्दछन् । विगतमा दुग्ध सहकारीले नियमित रूपमा थारुलाई दिने पैसा गरेको थियो । तर पछिल्लो एक वर्ष यता नियमित रूपमा किसानलाई रकम भुक्तानी गर्न सहकारीलाई सकस भएको छ । किनकि किसानसँग ल्याएको दूध सहकारीले उनले दुग्ध विकास संस्थान (डीडीसी)लाई विक्री गर्ने गरेको छ । डीडीसीले सहकारीलाई २०८० साल पुस १५ गतेदेखि यताको रकम दिएको…
पुरा पढौ
स्थानीय तहको स्वमूल्याङ्कनमा धादिङको बेनिघाट रोराङ गाउँपालिका अब्बल
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गुणस्तर परीक्षण २०७९/०८० प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रलायले ७४९ स्थानीय तहमा गरेको मूल्याङकनमध्ये गाउँपालिकातर्फ धादिङको बेनिघाट रोराङ गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै बराबरी अंक ल्याएर गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका द्धितीय स्थान हासिल गर्न सफल भएका छन् । उनीहरुलाई मन्त्रालयले प्रसंशापत्र प्रदान गरेको छ । रोराङले ८७.२५ अंक र इन्द्रावाती र रुरुको ८७ समान अंक छ ।
पुरा पढौ
कन्सल्टेन्सी नवीकरणका लागि मन्त्रालयले दियो अर्को मौका प्रदान
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई नवीकरणका लागि पुनः आह्वान गरेको छ । यसअघि गत असार १६ गते नवीकरण गर्न आह्वान गरेको थियो । उक्त समयभित्रमा ८७५ ले मात्रै नवीकरण गरेका थिए । नवीकरण गर्न बाँकी रहेका संस्थाहरूलाई नवीकरणका लागि आह्वान गरेको हो । शिक्षा मन्त्रालयबाट एक हजार ४७३ संस्थाले अनुमति लिएका छन् । ति मध्ये ८७५ वटाले मात्रै नवीकरण गरेका हुन् । बाँकी रहेका ५९८ संस्थालाई नवीकरणका लागि…
पुरा पढौ
सूचनाको हक प्रयोग गर्दै ने.बि.संघ
स्ववियु सदस्य ने.बि.संघ का युवा नेता किशोर भण्डारीले सूचनाको हक प्रयोगमा चासो देखाएर अगाडी बढेको काम बाट प्रभावित हुँदै सिंगो ने.बि.संघले यस्लाई अङ्गीकार गरि सूचनाको हक कार्यान्वयनमा अगाडी बढेको छ l नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितिले छात्रवृत्ति कार्यान्वयन भए नभएको विषयमा अनुगमन सुरु गरेको छ र सूचनाको हक प्रयोग गरेर जवाफ पनि मागेको छ । कानुनले जेहेनदार तथा आर्थिक रूपमा शिक्षा लिन असक्षम विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरे पनि त्यसको कार्यान्वयन फितलो रहेको भन्दै नेविसंघ काठमाडौं समितिले अनुगमन गरेको हो ।…
पुरा पढौ
सूचनाको हकसम्बन्धी ऐनको १७ वर्षः नागरिक अधिकार कार्यान्वयनको लेखाजोखा
आजभन्दा १७ वर्ष पहिले अर्थात् २०६४ मा आजैका दिनदेखि सूचनाको हक कार्यान्वयनमा आएको हो । सोही वर्षको साउन ५ गते संसद्बाट पारित भएको यो ऐन ३० दिनभित्र जारी हुने प्रावधानअनुसार भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको हो । सूचनाको हक कार्यान्वयनमा आउनेबित्तिकै सुशासनका साथै पारदर्शी र सहभागितामूलक लोकतन्त्र प्रवर्द्धनका सन्दर्भमा नयाँ बहस प्रारम्भ भयो भन्दा अस्वाभाविक हुँदैन । कालान्तरमा यो वहस यतिमा मात्र सीमित रहेन । यो वहस, सूचनाको हकलाई भ्रष्टाचारमा लगाम लगाउने एक सशक्त औजार, नागरिक स्वतन्त्रताको उपयोगलाई थप परिष्कृत…
पुरा पढौ
१८ औं सूचना दिवस आयोगले मनायो, महासंघको कार्यक्रम केन्द्र, प्रदेश र जिल्लामा शुन्य
नेपालमा सुचनाको हकको ऐन आएको १८ बर्ष पुगेको छ यहि अबसरमा देशभर सूचना दिवस कहिँ कतै पनि खासै मानिएको पाइएन l सूचनाको हकका लागि राष्ट्रिय महासंघ गठन भइसकेको अबस्थामा महासंघले कुनै पनि प्रदेश र कुनै पनि जिल्लामा कार्यक्रम गरेको पाइएन l सूचनाको हकका लागि राष्ट्रिय महासंघले औपचारिक कार्यक्रम नगरेपनि केहि पदाधिकारी भने सूचना आयोगले गरेको कार्यक्रममा उपस्थित भएका थिए l महासंघका कुनै पनि प्रदेश र कुनै पनि जिल्लाले केन्द्रको भनाइलाइ किन मानेनन् ? र कार्यक्रम गरेनन ? यो आफैमा अनौठो…
पुरा पढौ
सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्दछः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने उल्लेख गर्नुभएको छ । राष्ट्रिय सूचना आयोग स्थापनाको १८औँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले सही सूचनाको प्रवाहद्वारा मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्न गई शासन व्यवस्थाले वैधता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सो अवसरमा प्रमुख सूचना आयुक्त, आयुक्तलगायत सम्पूर्ण कर्मचारीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले नेपाली नागरिकलाई प्रदान गरेको…
पुरा पढौ
सूचनाको हक : लोकतन्त्रको खम्बा
विचार तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्रमुख गहना हो । यस्तो किसिमको स्वतन्त्रता प्रयोग गरेर नै नागरिकले लोकतन्त्रमा सक्रिय सहभागिता जनाएका हुन्छन् । यो भनेको नागरिकले सार्वजनिक सरोकारका निकाय मात्र होइन, आफूले मत दिएर जिताएका जनप्रतिनिधिले कस्तो काम गरेका छन् भनेर जान्न पाउने हक पनि हो । त्यसैले सार्वजनिक सरोकारवाला निकाय र आफ्ना जनप्रतिनिधिले गरेका कामका सम्बन्धमा जान्न, आलोचना गर्न र खबरदारी गर्न पाउनु हरेक नागरिकको हक हो । यसरी राज्यले नागरिकलाई स्वतन्त्रता दिनु पछाडिको प्रमुख कारण भनेको राज्यको तहबाट हुने…
पुरा पढौ
घुससहित पक्राउ परेका दार्चुलाका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ९ लाख १२ हजार बिगो कायम
जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज मोहन सिंह धामी र अशोक सिंह धामीलाई सेवाग्राहीबाट नगद रु.४,१२,०००।–(चार लाख बाह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र अशोक सिंह धामीको नाममा काटिएको रु.२,५०,०००।– (दुई लाख पचास हजार रुपैया) को २ (दुई) वटा…
पुरा पढौ