समाचार

प्रहरी अस्पतालमा अख्तियारले थाल्यो छानबिन

नेपाल प्रहरी अस्पतालमा श्रृङखलाबद्ध रुपमा अनियमितता मौलाएको छ । मेडिकल व्यवसायीसँगको मिलेमतोमा हरेक सामानको खरिदमा अनियमितता हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।पछिल्लो समय एमआरई मेसिन तथा सि–आर्म मेसिन खरिदमा सेटिङ देखिएपछि आयोगले छानबिन थालेको छ । अहिले एफपिडी प्रविधिको ‘सी–आर्म’ आइसकेकोमा अस्पताल प्रशासनले सिसिडी प्रविधिको सि–आर्म उच्च मूल्यमा खरिद गर्न लागेपछि सेटिङ खुलेको हो । जिई कम्पनीबाट उत्पादित सि–आर्मलाई मिल्ने गरी ‘लक स्पेशिफिकेन’ बनाएर खरिदमा अनियमितता हुन लागेको हो । यसमा अस्पतालकी एआइजी डा.आशा सिंहको प्रत्यक्ष… पुरा पढौ

गृह मन्त्रालयद्धारा २५ कर्मचारीको सरुवा

गृह मन्त्रालयले २५ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरेको हो । अतिरिक्तमा रहेका ११ सहसचिवको पदस्थापन र तीनजनाको सरुवा गरेको छ भने ११ जना सहसचिवको विभिन्न निकायमा सरुवा गरिएको गृह सचिव विनोदप्रकाश सिंहले जानकारी दिए । मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ । त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सारिएको छ ।… पुरा पढौ

८ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र एक खर्ब १४ अर्ब रुपैयाँ बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले दुई खर्ब ४२ अर्ब २६ करोड वैदेशिक ऋण र ५५ अर्ब ४६ करोड रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य… पुरा पढौ

बिरामीमाथि खेलबाड गर्दै जनकपुरका निजी अस्पताल, पैसा असुल्छन् अनि रेफर गर्छन्

अरमान अस्पताल (बाँया) र जानकी हेल्थकेयरको प्रांगणमा ककुल्तीदेवीका आफन्तहरु । धनुषाको जनकनन्दनी गाउँपालिका दुहबीकी ३२ वर्षीया ककुल्ती देवी साहलाई २९ गते फागुनको मध्यराति सुत्केरी ब्यथाले च्याप्यो । घरमै सामान्य रुपमा बच्चा जन्मिने आशमा परिवारका सदस्यले गाउँकै स्वास्थ्यकर्मीसँग जाँच गराए । स्वास्थ्यकर्मीले दुखाइ कम गर्ने सुई लगाइदिए । तर सुत्केरी ब्यथा लामो हुँदै गयो, बच्चा जन्मिएन । ३० फागुनको बिहानै सवा ५ बजे श्रीमान अशोकले जनकपुरको अरमान हस्पिटलमा भर्ना गराए । आफन्तको सल्लाहमा सो अस्पतालमा लगिएको अशोक बताउँछन् । त्यहाँ स्टाफ… पुरा पढौ

राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय, नयाँबजार पोखराले साइमन पार्टि प्यालेश पोखराको जाल्पा हलमा वरिष्ठ राजयोगी ब्रह्माकुमार राजु घले ज्यूको प्रशिक्षण रहेको “मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर“ विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।दिनमा तिनवटा सत्र सञ्चालन हुने उक्त कार्यक्रमको जाल्पा हलमा सम्पन्न भएको प्रभातकालीन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय पञ्चमान गुरुङ ज्यूले आध्यात्मिकता प्रतिको आफ्नो गहिरो रुचि र झुकाव प्रकट गर्दै वर्तमान युगमा बिज्ञानको सहायताबाट… पुरा पढौ

घरजग्गा नै खरिद बिक्री काराेवार सबै शून्य, राजश्व संकलन ठप्प

काठमाडौँ उपत्यकालगायत देशैभर दुई वर्षअघिसम्म जग्गाघर किन्ने यत्तिकै हुन्थे । यता मालपोत कार्यालयमा पनि घरजग्गा नामसारी गर्नेको लाम हुन्थ्यो । उता जग्गा दलालीहरु दुई वर्षअघिसम्म चिप्लो गाडीमा हिड्थे, महंगो रेस्टुरेष्टमा खाना खान्थे त चिटिक्क परेर हिड्थे । विदेशबाट पैसा कमाएर नेपाल फर्केका, जीवनभर जागिर खाएर पैसा कमाएका र व्यापारव्यवसाय गरेर कमाएको रकमले समेत मानिसहरु घरजग्गा नै खरिद गर्न रुचाउँथे । तर, पछिल्लो समय ठ्याक्कै यसको उल्टो भएकोछ । अहिले घरजग्गा किन्ने शून्य भएका छन् भने बेच्ने चाहिं बढेकै छन् ।… पुरा पढौ

सर्वाधिक कामुक महिला : यदि कसैले मलाई नग्न तस्बिर र सन्देश पठाउँछ भने मेरो के दोष ?

बेलायती टेलिभिजन प्रस्तोता (टिभी स्टार) एमिली अटाकलाई हरेक दिन सयौं अश्लील तस्बिर र सन्देशहरू आउँछन् । यसो गर्ने पुरुषहरूलाई के कुराले उत्प्रेरित गर्छ र तिनीहरूलाई रोक्न के गर्न सकिन्छ भनेर उनी सोध्छिन् ? TV star Emily Atack is sent hundreds of explicit pictures and messages every day. She asks what motivates the men who do this and what can be done to stop them? हरेक बिहान जब उनी उठ्छिन्, एमिलीले नग्न मानिसको तस्बिर देख्नुपर्छ, जसलाई उनले पठाउन भनेकी थिइनन् ।… पुरा पढौ