तिस हजार घुस खाएका नायब सुब्बा प्रमोद पाण्डे लाइ कैद र जरिवाना होला ?
वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग रु.३०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज नायब सुब्बा प्रमोद पाण्डेलाई सेवाग्राहीबाट रु. ३०,०००।– (तीस हजार रुपैयाँ) लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डेले बैंक खाता सुचारु गरिदिने तथा तारेख लगायत मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भनी…
पुरा पढौ
सूचनाको हक को लागि सुन्नै पर्ने हेर्नै पर्ने भिडियो
https://www.youtube.com/watch?v=LXZw82ndueA
पुरा पढौ
सूचनाकोहक कि सूचना अधिकारी सूचना अभियन्ता द्वारा बाल संस्कार प्रबर्द्धन गर्न जग्गा दान
हल्दिबारीमा बाल संस्कार केन्द्रका लागि सूचना अभियन्ता जग्गा इश्बरा तिबारी कडेल द्वारा जन कल्याण प्रतिष्ठान झापालाई जग्गा उपलव्ध भएको थियो यसरी जग्गा उपलब्ध गराएकोमा प्रतिष्ठानको सम्पन्न बैठकले जग्गा दातालाई धन्यबाद दिएको छ।प्रतिष्ठानका अध्यक्ष श्री शंकर भट्टराईको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठान अन्तर्गत एकल बिध्यालयको झापा ,इलाम र मोरंङ तीन जिल्ला समेटेर गरेको सप्ताहब्यापी कार्यक्रमको झापाको अर्जुनधारा-६स्थित बाल बिकास केन्द्रमा आगामी चैत्र २१ गतेदेखि आयोजना गरने निर्णय गरेको प्रतिष्ठानका सचिब श्री देबेन्द्रकिशोर ढुङगानाले बताउनु भयो ।बैठकमा प्रतिष्ठानका कोषाध्यक्ष श्री सत्येन्द्रकुमार कर्ण, सदस्य…
पुरा पढौ
पहुँचवाला प्रहरीको शक्ति
नेपाल प्रहरीमा तल्लो तहका प्रहरी कारबाहीमा पर्ने तर माथिल्लो तहलाई केही नहुने प्रवृत्ति अझै रोकिएको छैन । विभिन्न कान्डमा परेका प्रहरीमाथि कारबाही प्रक्रिया रोकिदा अनियमितता गर्ने प्रहरीको मनोबल बढीरहेको छ । पश्चिम नवलपरासीमा रहँदा तस्करीको लाइन खुलाएको पुष्टि भएकोमा कारबाही सिफारिस भएका एसपी ऋषिराम कँडेलमाथि अझै कुनै निर्णय भएको छैन । कारबाही रोकाउन कँडेल दौडधुपमा लागेका छन् । यसअघि गाउँपालिकाका अध्यक्षसँग मिलेर दुई भारतीयलाई लागूऔषध मुद्दामा फसाएको घटनामा पनि उनीमाथि सामान्य मात्र कारबाही गरेर जोगाइएको थियो । त्यस्तै, बालाजु बसपार्कको…
पुरा पढौ
नौ सिमेन्ट कम्पनीसहित २७ जनाविरुद्ध परेको मुद्दामा सफाइ
विशेष अदालतले नौ सिमेन्ट कम्पनीसहित २७ जनाविरुद्ध परेको भ्रष्टाचार तथा राजस्व चुहावट सम्बन्धी मुद्दामा सफाइ दिएको छ। चुनढुङ्गा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोप लगाउँदै खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघ १२ गते विशेष अदालतमा मुद्दा हालेको थियो। शुक्रबार बसेको न्यायाधिश रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त इजलासले अख्तियारको आरोप प्रमाणित नभएको भन्दै सबैजनालाई सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक घिमिरेसहित नौ जना कर्मचारी, नौ वटा सिमेन्ट…
पुरा पढौ
बालाजु घटना: डिएसपी रविन विष्टको तीन वर्ष बढुवा रोक्का
बालाजुमा प्रहरीको गाडीमाथि आगजनी र तोडफोडको घटनामा प्रहरी वृत्त बालाजुका तत्कालीन डिएसपी रविन विष्टमाथि कारबाही गरिएको छ। कारबाहीस्वरूप उनको तीन वर्ष बढुवा रोक्का गरिएको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो। काठमाडौंको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको थियो। बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरेको थियो। विष्टको तीन वर्ष बढुवा रोक्का र प्रहरी…
पुरा पढौ
गोपनियताको संस्कारमा हुर्केको प्रशासनिक संयन्त्र
सूचनाकै कारण साँघुरो बनेको विश्वमा अहिले कसले छिटो सूचना दिने र थाहा पाउने भन्ने होडबाजी चलिरहेको छ। जोसँग धेरै सूचना हुन्छ त्यो नै शक्तिशाली मानिन्छ। सूचनाको यो शक्तिलाई हरेक नागरिकले समान रूपमा उपयोग गर्न सके हरेक क्षेत्रमा पारदर्शिता, जबाफदेहिता र सुशासन कायम गर्न सकिन्छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना माग गर्न पाउने हकको व्यवस्था गरेको छ। सूचनाको हक के हो? सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा ‘सूचना’ भन्नाले सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्त्वको…
पुरा पढौ
सूचनाको हक प्रयोगकर्ता माथी दुर्व्यवहार
कपिलवस्तुको मायादेवी गाउँपालिका भ्रष्टाचारको अखडा भएका समाचार सार्वजनिक नभएका होइनन्, स्थानीय तहको पुनःसंरचना लगत्तै पालिकाका पदाधिकारी र कर्मचारी नेतृत्वहरु भ्रष्टाचार र अनियमितताको जञ्जालमा फसेका, कामकारबाही चुस्त, दुरुस्त नराखेका समाचारहरु कयौंपटक स्थानीय एवम् राष्ट्रिय विभिन्न संचार माध्यमबाट प्रकाशित तथा प्रसारित हुँदै आएका छन् । पालिका भित्रका सिमित कर्मचारीको मिलेमतोमा खाजानास्ता, इन्धन खर्चमा अनियमित तवरले राज्यको श्रोतको दोहन हुने गरि खर्च गर्ने गरेको पालिकाकै कर्मचारीको गुनासोको आधारमा पत्रकारले तथ्यपरक सुचनाको माग गर्दै समाचार संकलन गर्न खोजेका थिए । मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय…
पुरा पढौ
नक्कली लाइसेन्सको कारोबारी वीरगञ्जमा पक्राउ
नक्कली सवारी चालक अनुमतिपत्र कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्रेको छ । वीरगञ्ज महानगरपालिका २५ का २४ वर्षीय पारस साह तुराहलाई नक्कली सवारी चालक अनुमतिपत्रको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको बताइन्छ । टोलीले तुराहको शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट ई वर्गको अनुमतिपत्रलाई ए, बी र ई वर्गको नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गरेको अवस्थामा फेला परेको हो । पक्राउ परेका उनलाई लिखितसम्बन्धी…
पुरा पढौ