जब पातकीको फन्दामा परियो
पुरुषबाटै पाएको धोखाधडीका कारण मनको एउटा कुनामा लाग्थ्यो, यो पुरुष भन्ने जातको मुखै नहेरुँ, पाइलै नहेरुँ । फेरि अर्र्काे मनले भन्थ्यो एउटा कुहिएको फेला प¥यो भन्दैमा सबैलाई उही आँखाबाट हेर्दिनँ, हेर्नुहुन्न । सबै पुरुष एकैनाशका पनि त नहोलान् । तर, जब जो जसको संगतमा पुगेँ अहँ पुरुष कोही पाइएनन् फरक । तौल, रूपमा फरक होलान् बानी व्यहोरा सबै उस्तै । तंग्रदै थिएँ, एउटा व्यथाबाट फेरि आइलाग्यो अर्काे बज्रपात । यस्ता बज्रहरू मान्छेलाई नै पर्ने हो । ढुंगालाई त किन पथ्र्याे…
पुरा पढौ
रास्ट्रपति चुनावको मौका छोपेर प्रहरीको गुपचुप सरुवा
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू भएको मौका छोपेर नेपाल प्रहरीले गुपचूप केही इन्स्पेक्टरको काज सरुवा गरेको छ । आचारसंहिताको कारण फागुन १८ गतेदेखि सरुवा बढुवा रोकिएको बताइएको थियो । तर दुई दिनअघि फागुन १६ गतेको मितिमा इन्स्पेक्टरहरुको काज सरुवाको पत्र बनाएर डिस्प्याच गरिएको तथ्य खुलेको छ । फागुन १६ गते गरिएको काज सरुवाको पत्र १० दिनपछि हिजो मात्रै सार्वजनिक गरिनुले पनि गडबडीको आशंकालाई बल मिलेको छ । यता काजको लिष्ट हिजो सार्वजनिक भए पनि सरुवा भएका भनिएका इन्स्पेक्टरहरु भने तोकिएको…
पुरा पढौ
मकवानपुरमा वित्तीय अराजकताले सीमा नाघ्यो,व्यावसायिक संघ संगठन मौन
मुलुकको आर्थिक अवस्था शिथिल भएको मौका छोपेर व्यवसायी र व्यापारीहरु आफ्नो स्वार्थ पूरा गर्न लागिपरेका छन् । व्यवसाय सञ्चालन गर्न भनेर ऋण लिएका ती व्यवसायी र व्यापारीहरु नै अहिले समाजमा अफवाह फैलाउन र अराजक सन्देश दिन अग्रसर भएका छन् । मकवानपुरका ३२ वटा व्यापारी तथा व्यवसायगत संघ संस्थाका व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाविरुध्द अराजक ढंगले अघि बढेका छन् । उनीहरुले आजदेखि सर्वसाधारणलाईसमेत भड्काउने ढंगले सुन्दा आकर्षक तर अराजक सन्देशसहित कार्यक्रम गर्न लागेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्माण…
पुरा पढौ
‘जनताले मागेका सूचना छिटोभन्दा छिटो दिनुपर्छ’
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले सूचनाको हक कार्यान्वयनका लागि एकात्मक चिन्तनले प्रभाव पार्ने गरेको बताएका छन् । प्रदेश सूचना पुनरावेदन समितिले आज यहाँ आयोजना गरेको सूचनाको हक प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशमा सूचना लिन संघीय सूचना आयोगलाई मात्र जिम्मेवारी दिएर नहुने भएकाले छुट्टै संरचना निर्माण गरिएको जानकारी दिए । समिति भर्खरै स्थापना भएकाले धेरै काम गर्न नसके पनि स्थानीय तहका वडासम्म पुगेर सूचनाको हक कार्यान्वयनका लागि जागरण अभियान फैल्याउने गरी तयारी भएको मन्त्री श्रेष्ठले बताएका छन् । ‘सूचनाको…
पुरा पढौ
अनियमितताको आरोप लागेपछि सूचना लुकाउँदै राजविराज नगरपालिका
सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार प्रत्येक सार्वजनिक निकायले हरेक तीन महिनामा सूचना अद्यावधिक गर्नुपर्ने व्यवस्था छ । हरेक चौमासमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ पनि गर्नुपर्ने ऐनमा उल्लेख छ । तर, राजविराज नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्नुपर्ने कुरा त परै जाओस्, सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ अनुसार माग गरेका सूचनासमेत दिन आलटाल गर्ने गरेको पाइएको छ । राजविराजका एक स्थानीयले सूचना अधिकारीलाई सम्बोधन गरी ०७९ माघ २२ गते नगरपालिका कार्यालयमा सूचना माग गर्दै निवेदन दर्ता गराए । सूचना…
पुरा पढौ
के तपाईलाई मानसिक रोग लागेको छ ?
मनोरोग भुतप्रेत, पिशाच, दैवी स्राप, बोक्सीको बिगार र जंगली लागेर हुन्छ यसैले डाक्टरी दबाइले यो रोग निको हुँदैन भन्ने भ्रम हाम्रो समाजमा छ । मनोरोगीहरु हिंसात्मक हुन्छन् र एकपल्ट मनोरोग लागेपछि ठीक हुनै सक्दैन, मनोरोग लागेको मान्छेसँग सम्पर्क गरयो भने आफुलाई पनि सर्छ र मनोरोगको उपचार महंगो हुन्छ भन्ने पनि भ्रमहरु छन् । त्यस्तै युवा अवस्थामा मनोरोग लाग्यो भने बिहे गरिदिएपछि ठीक हुन्छ भन्ने कतिपयको मान्यता छ । हाम्रो समाजमा अझै पनि मनोरोग अन्य रोग जस्तै समान्य रोग हो र…
पुरा पढौ
झुट्टा साक्षी बस्नेलाई अख्तियारले चलायो मुद्धा
प्रतिवादी शिवनारायण यादव भएको घुस/रिसवत मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरेका बेचन यादव मगरदैताले श्री विशेष अदालत, काठमाडौंसमक्ष वकपत्र गर्दा प्रतिकूल वकपत्र गरेको सम्बन्धमा अनुसन्धान हुँदा बाबा कृष्णा राम पशु फार्म, सप्तरीका संचालक बेचन यादव मगरदैतालाई अनुसन्धानको क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार सजायको मागदाबीमा पूर्णरुपमा छुट दिई सरकारी साक्षीका रुपमा पेश गरेकोमा निजले विशेष अदालत, काठमाडौंमा वकपत्र गर्ने क्रममा आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण…
पुरा पढौ
ठूला व्यवसायीले राष्ट्र बैंक कै अनुमतिमा विदेशमा यि व्यावसयीले लगे रकम
तिब्र खबरमा रोशन कार्की लेख्नुहुन्छ देश आर्थिक महासंकटमा पुगेको छ । आर्थिक अवस्था जर्जर बन्दै गएपनि सरकारी निकायबाट नेपाली व्यवसायीहरुले गैरकानुनी तरबबाट विदेशमा पैसा लगेपनि कुनै चासो नदिएकै कारण अहिले देश कंगाल बन्दै गएको अर्थविद्हरुको भनाई रहेको छ । विदेशमा लगानी गर्न नेपालको कानुनले अनुमति दिँदैन । तर, गैरकानुनी रुपमा विदेशमा पुँजी पलाइन भैरहेको सरकारी निकायले थाहा पाउदाँ र दैनिक जासो समाचार प्रकाशन गर्दा समेत अबैधधन्दा गर्ने र विद्यमान कानुनलाई लत्याउनेमाथी कुनै कारबाही गरिएको छैन । देश दुनियाँ सबैलाई थाहा…
पुरा पढौ
ठगबहादुरले श्रीमतीको खाता मार्फत घुस लिएको आशंका
नेतासँग साँठगाँठ भएका प्रहरी अधिकारीहरुले कतिसम्म गर्दा रहेछन् भन्ने कुरा एक डिएसपीको घटनाले उजागर गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालिन डिएसपी ठगबहादुर केसीले एक वर्षको अवधिमा करोडौं रकम असुलेको खुलेको छ । हाल निलम्बनमा रहेका डिएसपी केसीको सम्पत्ति विवरण सुनेर प्रहरी अधिकारी नै चकित परेका छन् । डेरामा स्रोत नखुलेको सुन र नगद बरामद भएपछि पक्राउ परेका डिएसपी केसीमाथि यतिबेला विस्तृत अनुसन्धान भइरहेको छ । जसक्रममा उनले नाम अनुसार नै काम गरेको र व्यापक भ्रष्टाचार गरेको पत्ता लागेको…
पुरा पढौ
सहसचिवको जाँचमा जम्मा डेढ प्रतिशत उम्मेदवार उतिर्ण
लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत पुस ५, ६ र ९ गते लिएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, परराष्ट्र र न्याय तथा सरकारी वकिलतर्फको नतिजा प्रकाशित गरेको हो । आयोगका अनुसार यी तीन पदको लागि लिइएको परीक्षामा ७९६ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा १२ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त…
पुरा पढौ