एआईजी बढुवामा पाँच जना डिआईजी सिफारिस
नेपाल प्रहरीमा रिक्त पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवाको निम्ति पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआईजी) को नाम सिफारिस भएको छ । गृह मन्त्रालय, बढुवा समितिको सचिवालयका अनुसार सिफारिसमा डिआईजीहरु क्रमशः मधेश प्रदेश प्रहरीका कार्यालय, जनकपुरका वसन्तबहादुर कुँवर, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका टेकप्रसाद राई र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका दिपक थापा परेका छन् । त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका श्यामलाल ज्ञवाली र प्रहरी प्रधान कार्यालय, प्रशासन विभागका किरण बज्राचार्य पनि बढुवाको निम्ति सिफारिस सूचीमा परेको समितिका…
पुरा पढौ
गलत सिफारिसमा हस्ताक्षर गर्ने वडा अध्यक्ष लाइ मुद्धा
जिल्ला सर्लाही, साविक हरिवन गाउँ विकास समिति वडा नं. २(ग) हाल हरिवन नगरपालिका वडा नं. १० नयाँरोड बजार अन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको मुल्य न्यूनतम मूल्याङ्कन पुस्तिकामा उल्लेख भएको न्यूनतम मुल्यभन्दा कम राखी रजिस्ट्रेशन पास गराई राजस्व हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हरिवन नगरपालिका वडा नं. १० का तत्कालीनका तथा हाल समेतका वडा अध्यक्ष शम्भु प्रसाद मैनालीले जिल्ला सर्लाही साविक हरिवन गाउँ विकास समिति वडा नं. २(ग) हाल हरिवन नगरपालिका वडा नं.…
पुरा पढौ
निशिखोला बाट जडीबुटीसहित मिलन र रेशम पक्राउ
बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र ९ किलो वन लसुनसहित उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका–५ कारीगाउँका मिलन भण्डारी र निसीखोला–४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो । उनीहरूले जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए ।
पुरा पढौ
बाल क्लबका कारण रोकियो बालविवाह
खोटाङमा प्रहरीले बालविवाह रोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १७ वर्षीय किशोरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २२ वर्षीय युवाबीच हुन लागेको विवाह रोकिएको हो । स्थानीय बाल क्लबले किशोरीको उमेर २० वर्ष नपुग्दै विवाह हुन लागेको जानकारी नगरपालिकालाई गराएपछि नगरपालिका र प्रहरीको समन्वयमा विवाह रोकिएको हो । अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा मंगलबार १७ वर्षकी किशोरी र २२ वर्षका युवाबीचमा विवाहको तयारी भएको थियो । बालविवाह गर्न लागेको खबर आएपछि प्रहरीचौकी तालखर्कका प्रहरी पुगेर सम्झाई बुझाई गरेपछि…
पुरा पढौ
भोजमा छुवाछुत गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न दलित मोर्चाको माग
सिराहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न संयुक्त दलित मोर्चा सिराहाले माग गरेको छ । गत सोमबार अध्यक्ष यादवले आफ्नी आमाको १३ औं पुण्य तिथिमा गरेको भोजमा दलित समुदायलाई अपमानित गरेको भन्दै मोर्चाले उनलाई कारबाही गर्न माग गरेको हो । आज(शुक्रबार) सिराहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाउँदै मोर्चाले जातीय छुवाछूत गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको हो । दलित मोर्चा सिराहाका सचिव रबिन कुमार महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित,…
पुरा पढौ
संचारकर्मी गुप्तामाथि दुर्व्यवहार, घटनाको छानबिन गरी दोषीउपर कारवाहीको माग
प्रेस चौतारी नेपाल बाराका जिल्ला कार्यसमिति सदस्य एवम् एसएलएफ खबरका संचालक रोशन गुप्तामाथि बिहीबार जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ५ को कार्यालय अगाडी दुर्व्यवहार भएको छ । समाचार संकलनका लागि पुगेका गुप्तालाई केही व्यक्तिले दुर्व्यवहार र हातपात गरेका हुन् । सडक ढलान योजनाको भुक्तानीको विषयलाई लिएर समाचार संकलन गर्न पुगेका गुप्तामाथि घनश्याम चौधरीसहित केही व्यक्तिले दुर्व्यवहार गरेका हुन् । गुप्तामाथि हातपात गर्दै उनको मोबाइल समेत फुटाइएको छ । गुप्तामाथि हातपात हुन थालेपछि स्थानीयले छुट्याएका थिए । आफूमाथि हातपात भएपछि गुप्ताले दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।…
पुरा पढौ
शिक्षा अधिकृत शेषकान्त पौडेल रु.१,००,०००।- घुस रकमसहित नियन्त्रणमा।
जिल्ला ललितपुर, ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज शिक्षा अधिकृत शेषकान्त पौडेललाई सेवाग्राहीबाट रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०७९।११।२५ गते निजको कार्य कक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
पुरा पढौ
अर्काको नाममा ट्रायल दिने र दिन लगाउने दुई जना पक्राउ
नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार सर्लाहीको बलरा नगरपालिका- ६ घर भइ काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोष कुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका- ४ घर भइ भक्तपुरको लोकन्थली बस्दै आएका २० वर्षीय रविकुमार साहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुईपाङ्गे सवारी…
पुरा पढौ
राजस्वका डीजी, काममा भन्दा भाषणमा बिजी !
राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नारायण सापकोटाको नेमप्लेट देखिन्छ । तर उनले विभागमा गएपछि के काम गरे भन्ने अहिलेसम्म कसैले जानकारी पाउन सकेका छैनन् । कहिले गृह, कहिले अर्थ मन्त्रालयका निकायमा घुम्दैआएका सापकोटा एउटै कार्यालयमा मुस्किलले ६ महिनासम्म टिक्न नसक्ने कर्मचारीका रुपमा दरिन पुगेका छन् । यसअघि सहसचिवसम्म हुँदा हालका सचिव मधुसुदन बुर्लाकोटीले यस्तै छाप बनाउन सफल भएका थिए । बुर्लाकोटी सचिवमा बढुवा भएपछि कुनै मन्त्रीले पनि लिन नमानेपछि आफैंले नेतृत्व गर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव पदमा कार्यरत छन् ।…
पुरा पढौ