समाचार

सूचना अधिकारीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीकोमा पुगे सूचना अभियन्ता, पत्रकार र वकिल

"सूचना माँग्नेलाई शिष्ट व्यवहार गराैं, सूचना माँग्न आउनेलाई धाक, धम्की हाेईन, सहयाेग गराैं ।" भन्ने भाव नै उन्नत लोकतन्त्रको भाव हो तर नेपालमा यो वा त्यो बहानामा सूचना मागकर्ताहरु असुरक्षित रहेको महशुस सूचना अभियन्ताहरुले गर्दछन l नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी समक्ष सूचना माँग गर्न जाँदा गरिएकाे अभद्र व्यवहारकाे लागि कार्वाहीकाे माँग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य-माेहम्मद आरिफ अन्सारी, सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष-अधिवक्ता विश्वजीत तिवारी, सूचना अभियन्ता अरुणकुमार तिवारी हेमन्त… पुरा पढौ

लागु औषध कारोबारमा २२ बर्षे युवती सहित बिभिन्न व्यक्ति पक्राउ

पोखरा महानगरपालिका-५ ज्योति मार्ग डेरा गरी बस्ने स्याङजा विरूवा गाउँपालिका-११ घर भएकी २२ वर्षीया सुस्मिता नेपालीसमेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुस्मिताको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, केराबारी गाउँपालिका-८ खदम खोलाको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-७ बस्ने १९ वर्षीय साजन लिम्बुसमेत… पुरा पढौ

अमृता कोइराला ६ लाख घुस सहित पक्राउ

वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले निज लेखा अधिकृत अमृता कोइरालालाई सेवाग्राहीबाट नगद रु.१,५०,०००।– (एक लाख पचास रुपैयाँ) र रु.४,५०,०००।– (चार लाख पचास हजार रुपैयाँ) को चेकसहित घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. ४, कटहर चोकबाट मिति २०८१।०४।०६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ

पत्रकार सम्मेलन मार्फत सूचना आयोगले सार्बजनिक गर्यो प्रगति प्रतिबेदन

राष्ट्रिय सूचना आयोगले समय समयमा पत्रकार सम्मेलन मार्फत प्रगति प्रतिबेदन सार्बजनिक गर्ने कार्य गरिरहेको छ सो कार्य अन्तर्गत आज मिति २०८१ साल साउन ०४ गते सूचना आयोगकी प्रबक्ता सूचना आयुक्त कमला ओलीले पत्रकार सम्मेलन मार्फत प्रेस बिज्ञप्ति सार्बजनिक गर्नुभएको छ l राष्ट्रिय सूचना आयोगबाट २०८१ बैशाख, जेठ र असार महिनामा सम्पादन भएका मुख्य मुख्य कार्यहरु सम्वन्धी प्रेस विज्ञप्ती राज्यका कामकारबाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिक प्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचनामा आमनागरिकको… पुरा पढौ

सूचनाको हक र पारदर्शिता विचको अन्तर सम्वन्ध

प्रश्न  सूचनाको हक र पारदर्शिता भन्नाले के बुझ्नुहुन्छ ? सूचनाको हक प्रचलनका सिमितता उल्लेख गर्दै सूचनाको हक र पारदर्शिता विचको अन्तरसम्वन्ध प्रष्ट पार्नुहोस् । समाधान सूचनाको हक लोकतन्त्रको प्राणवायू :सूचनाको हक कुनै पनि व्याक्तिलाई आफ्नो वा सार्वजनिक सरोकारका जुनसुकै विषयका सूचनामाथि सहज पहँचको सुनिचितता हुनु नै सूचनाको हक हो । सूचना प्राप्त गर्नु जनताको अधिकार हो भने सूचनाको सहज सम्प्रेषण गर्नु सार्वजनिक निकायको कर्तव्य हो । नेपालको संविधानको धारा २७ मा सूचनाको हक नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । सूचनाको हक §  पारदर्शिता… पुरा पढौ

गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने कर्मचारी पक्राउ

गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्। विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते (शुक्रबार) थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए। प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको थियो। गृह मन्त्रालयमा रहेर… पुरा पढौ

वर्षाका कारण राजमार्गहरु अवरुद्ध

वर्षाका कारण देशभरिका राष्ट्रिय राजमार्गहरू ५ हजार ४५९ घण्टा अवरुद्ध भएको सडक विभागले जनाएको छ । विभागका अनुसार यो तथ्यांक गत वैशाखदेखि २४ असारसम्मको हो । देशभरि यो अवधिमा २१९ स्थानमा सडक अवरुद्ध भएको थियो । जसमध्ये सोमबारसम्म २० स्थान बाहेक अन्य स्थानमा भने यातायात सञ्चालनमा आइसकेको र २० स्थानमा भने अझै पनि राजमार्ग अवरुद्ध रहेको विभागले जनाएको छ । यसरी राजमार्ग अवरुद्ध भएका राजमार्ग तथा सडकको संख्या ३१ रहेको छ । अवरुद्ध भएकामध्ये १०८ स्थानमा एकतर्फी रुपमा यातायात चलिरहेको… पुरा पढौ

नक्कली प्रमाणपत्र पेश गरी सरकारी जागिर

जिल्ला डडेलधुरा, आलिताल गाउँपालिका बस्ने मेख राज जोशीले खरिदार पदमा जागिर खाने गरी सेवा प्रवेश गर्दा एस.एल.सी. परीक्षा अनुत्तीर्ण भएकोमा नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको हुँदा प्रमाणपत्र छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज मेघ राज जोशी भन्ने मेख राज जोशीले उत्तरांचल शिक्षा एवं परीक्षा परिषद्‍बाट हासिल गरेको हाईस्कूल तहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी आलिताल गाउँपालिका, डडेलधुरामा प्रशासन सहायक चौथो (खरिदार) पदमा नियुक्ति लिई हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको… पुरा पढौ

जिल्ला धनुषा, मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाष कुमार झासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला धनुषा, मिथिला बिहारी नगरपालिकामा आ.व. 2079/080 मा संचालित वडा नं. 9 को श्री आधारभूत विद्यालय र श्री रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रम अन्तर्गत कुनै काम नगरी भुक्तानी लिएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाष कुमार झा / जिन्सी शाखाका प्रमुख खरिदा/ उपेन्द्र यादवले बिद्यालयमा पोशाक खरिद गर्दा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावली बमोजिम लागत अनुमान तयार गरी कम्तिमा ३ वटा आपूर्तिकर्तासँग लिखित रुपमा दरभाउपत्र माग गरी… पुरा पढौ

जिल्ला सिरहा, नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर, वडा अध्यक्षसमेत लाइ भ्रस्टाचार मुद्दा

आ.व. २०७७/०७८ मा विनियोजित बजेटबाट जिल्ला सिरहा, नवराजपुर गाउँपालिका वडा नं. २ स्थित मझौरा हुँदै बरगाछी देखि पटनासम्म माटो र ग्राभेल निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सव-इन्जिनियर संतोष कुमार यादव र लेखापाल सोम प्रसाद आचार्यले आ.व. २०७७/०७८ मा जिल्ला सिरहा, नवराजपुर गाउँपालिका वडा नं. २ स्थित मझौरादेखि वरगाछी हुँदै पटनासम्म माटो र ग्राभेल योजना सम्झौता र नापी किताबमा उल्लेख भएबमोजिम फिल्डमा काम नगरी लागत… पुरा पढौ