एमाले संसदलाई खेद्ने मिडिया संसद अरुण चौधरीको बारेमा किन बोलेन
अरूण चौधरी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सांसद छन्। उनि अदालतको आदेश अनुसार थुनामा बसेका पनि छैनन र जरिवाना पनि बुझाएका छैनन तर एमाले संसदलाई पकाउ नगरेको भनि रविको खेदो खन्ने मिडिया यी बिषयमा किन मौन रह्यो एक रेग्मी थर गरेका पूर्व शिक्षक भन्नुहुन्छ कांग्रेश हरु भोट घट्छ भनेर बोल्दैनन एमालेले चौधरी हाम्रै मतदाता हुन् भनेर मौन बस्छन यो बिषय सबैलाई थाहा भएको तर आफुले हारिन्छ कि भनेर बिरोध नगरेको हो भन्नुहुन्छ अहिले उसैले जितेपछी बल्ल यो कुरा झिकिएको बताउछन…
पुरा पढौ
मुख्यसचिवले भने- सूचना गोप्य राख्ने निर्णय फिर्ता लिन्छौं
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मुख्यसचिव शंकर दास वैरागीले सरोकारवाला पक्षसँगको छलफलमा सूचना वर्गीकरणको निर्णय फिर्ता लिने बताएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले बताए। “अहिलेको निर्णय फिर्ता लिएर संविधान र कानून अनुसार गोप्य राख्ने सूचना मात्रै संरक्षण गरिनेछ,” तिमिल्सिनाले भने, “नागरिकलाई सूचनाको हकबाट वञ्चित नगरिने गरी नयाँ निर्णय हुन्छ।” सरोकारवालासँग मुख्यसचिव वैरागीले सोमबार छलफल गरेका थिए। गल्ती भएको भन्दै मुख्यसचिव वैरागीले सबैसँग परामर्श गरेर मात्रै फेरि टुङ्गोमा पुग्ने बताएको छलफलमा सहभागी सूचनाको हक सम्बन्धी अभियन्ता दीपक आचार्यले बताए। ८७ किसिमका सूचना बढीमा…
पुरा पढौ
नक्कली कागज बनाएर नगर प्रहरीमा भर्ती, पूर्व-नगर प्रहरीसहित दुई पक्राउ
सुरक्षा निकायको नक्कली कागजात बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। पक्राउ पर्नेमा पूर्व नगर प्रहरी ललितपुरकी २७ वर्षीया मनिषा परियार र सामाखुसीमा स्टेशनरी सञ्चालन गर्दै आएकी चितवनकी ४४ वर्षीया भवानी घिमिरे छन्। कार्यालयको टोलीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको हो। यस्तै उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ। एसपी कोइरालाका अनुसार नक्कली कागजात बनाउन मनिषाले पैसा लिने गर्थिन् भने भवानीले नक्कली कागजात…
पुरा पढौ
उत्तर साटासाट गरेर लोक सेवाको परीक्षा दिने २ जनालाई कारवाही
लोकसेवा आयोगले एक अर्काबाट उत्तर साटासाट गर्ने २ जना परीक्षार्थीलाई कारवाही गरेको छ । खरिदार वा सो सरह पदको ३० पुस २०७९ मा लोक सेवाले लिएको परीक्षामा सहभागी भई उत्तर पुस्तिका एक आपसमा साटेर उत्तर सारेर लेखेको भन्दै आयोगले कारवाही गरेको हो । जयप्रकाश यादव र राजनारायण रायको उक्त विज्ञापनसँग सम्बन्धित उत्तरपुस्तिकाहरू रद्द गरिएको आयोगले जनाएको छ । साथै उनीहरूमध्ये यादवलाई २ वर्ष र रायलाई १ वर्ष परीक्षा दिन नपाउने गरी कारवाही गरेको छ । आयोगले लोक सेवा आयोग ऐन,…
पुरा पढौ
भारतीय वायुसेनाको विमान दुर्घटना
मध्यप्रदेशको मुरैना जिल्लामा प्रहरीले एक पाइलटको शव फेला पारेको र दुई पाइलटको सकुशल उद्धार गरिएको जनाएको छ । मोरेनाको पहाडगढ क्षेत्रमा पाइलटको शव फेला परेको हो । घटनास्थलबाट दुई लडाकु विमानको भग्नावशेष निकाल्न उद्धार कार्य जारी छ। राजस्थानको रतनगढमा पनि लडाकु विमानको भग्नावशेष खसेको प्रहरीले जनाएको छ । भारतीय वायुसेनाका दुई लडाकु विमान सुखोई ३० र मिराज २००० मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएका छन् । बीबीसीसँग कुरा गर्दै मोरेनाका प्रहरी उपरीक्षक आशुतोष बागरीले ग्वालियर बेसबाट सुखोई–३० र मिराज–२००० लडाकू विमान उडेको बताए…
पुरा पढौ
ईन्जिनियर योगेन्द्र ढुङ्गेल घुस सहित नियन्त्रणमा
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, ववरमहल, काठमाण्डौका आठौं तहमा कार्यरत ईन्जिनियर योगेन्द्र ढुङ्गेलले सेवाग्राहीसँग अनुज्ञापत्रको लागि रु. १,५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज योगेन्द्र ढुङ्गेललाई सेवाग्राहीबाट रु. १,५०,०००।–(एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइ सकेको अवस्थामा उक्त रकम सहित जिल्ला काठमाण्डौ, का.म.न.पा वडा नं. ११ स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कम्पाउन्डबाट बाहिर निस्कने क्रममा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
पुरा पढौ
जुम्लाका कार्यालय प्रमुख अंगद बहादुर शाहीलाइ भ्रष्टाचार सम्बन्धी आरोप ।
जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही र तत्कालीन स्टोरकिपर सहित ३ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।----------------------------------------------------------------------------------------------------जिल्ला जनस्वास्थ्य कार्यालय, जुम्लाका कार्यालय प्रमुख, जिल्लाका अन्य कार्यक्रम सुपरभाइजर, लेखा प्रमुख, स्टोर प्रमुखको मिलेमतोमा कार्यालयमा सामान नल्याई फर्जी खरिद तथा दाखिला आदेश तयार गरी विलमात्र खरिद गरी कार्यालयको संचालन बजेट खर्च गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही र तत्कालीन स्टोरकिपर गोविन्द खनालले…
पुरा पढौ
सूचना नदिने सिरहा नगरपालिका कार्यालय प्रमुखलाई आयोगद्वारा कारबाही
सूचना नदिने सिरहा नगरपालिका कार्यालय प्रमुखलाई जरिवाना भएको छ सिरहा जिल्ला, सिरहा न. पा.–७ निवासी परशुराम साहबाट सिरहा नगरपालिकाको कार्यालय, सिरहासमक्ष सूचना माग गरेकोमा सूचना उपलब्ध नगराएकोले उपलब्ध गराई पाउँ भनी सूचना आयोग समक्ष मिति २०७९।०२।२३ मा पुनरावेदन परेको थियो । प्रस्तुत पुनरावेदनको सम्बन्धमा यस आयोगबाट सिरहा नगरपालिकाको कार्यालय, सिरहाका नाममा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १० को उपदफा (२) बमोजिम ७ (सात) दिनभित्र आयोग समक्ष लिखित व्यहोरा पठाउनू भनी मिति २०७९।०२।२३ मा आदेश भएको थियो । आयोगको आदेशपश्चात्…
पुरा पढौ