समाचार

सूचनाको हकमा महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया

सूचना आयोगको आयोजना र नेपाल बार, मकवानपुरको संयोजनमा सूचनाको हकमा महिला सशक्तिकरण बिषयक अन्तरक्रिया अन्तक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। राष्ट्रिय सूचना आयोग सचिव होमप्रसाद लुइँटेलले सूचनाको हक सम्बन्धि व्यवस्था,सार्वजनिक निकायको दायित्व,सूचना मागकर्ताको भुमिका,सूचना प्रवाह गर्न नहुने विषय, सूचनाका लागि तिर्नुपर्ने दस्तुर, सूचना प्राप्त गर्ने विधि, आयोगमा उजुरी,  पुनरावेदन गर्नु पुर्व पालना गर्नुपर्ने विधि, आयोगमा पुनरावेदन दिने व्यवस्था, पुनरावेदनको कारबाही, सूचनाको अध्यावधी र स्वत सार्वजनिकिकरण ,व्यक्तिगत सूचना संरक्षण, सूचनाको दुरुपयोग गर्दा हुने सजाय, क्षतिपूर्तिबारे प्रस्तुत गर्नुभएको थियो । सामाजिक विकास… पुरा पढौ

चन्द्रागिरि नगरपालिका वडा नं. २ का वडा अध्यक्ष भाई कृष्ण तामाङ्ग पक्राउ

जिल्ला काठमाडौं, चन्द्रागिरि नगरपालिका वडा नं. २ बस्ने धुर्व बहादुर कडायतले व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि चन्द्रगिरि नगरपालिका वडा नं. २ का वडाध्यक्ष भाई कृष्ण तामाङको निर्देशन बमोजिम सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले विचौलिया धुर्व बहादुर कडायतलाई सेवाग्राहीबाट नगद रु.२,००,०००/- (दुई लाख रुपैयाँ) र निजको नाममा काटिएको रु. २,००,०००।– (दुई लाख) को चेक थान-१ (एक) गरी जम्मा रु.४,००,०००।–(चार लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा… पुरा पढौ

कटहरिया नगरपालिका, रौतहटका नगर प्रमुख अजय प्रकाश, नगर उप-प्रमुख रीता देवी, प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसमेतलाइ भ्रस्टाचार मुद्धा

जिल्ला रौतहट, कटहरिया नगरपालिका, वडा नं. २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आ.व. २०७८/०७९ मा टायल्सको कामका लागि रकम बिनियोजन भएकोमा स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला रौतहट, कटहरिया नगरपालिका अन्तर्गत आ.व. 2078/079 मा नगरपालिकाको वडा नं. 2 जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स फ्लोरिङको कार्य लागि उपभोक्ता समिति मार्फत निर्माण गर्ने गरी योजना सम्झौता गरी कार्य गर्दा भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४.४१ वर्ग.मी.… पुरा पढौ

आइडियल यमुना सहकारी अध्यक्ष उप्रेती पक्राउ

‘उपचार गर्न भारत जान्छु’ भन्दै हिँडेका आइडियल यमुना सहकारी अध्यक्ष केबी उप्रेती करिब दुई महिना पछि पक्राउ परेका छन् । यो  सहकारीका करिब २ सय बचतकर्ताले झन्डै २ अर्ब बचत फिर्ता माग्दै सहकारी विभागमा उजुरी दर्ता गराएका थिए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुबाट बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै अहिले महाराजगञ्ज प्रहरीवृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए… पुरा पढौ

अख्तियारकी आयुक्तको घरमा महानगरले चलायो डोजर

मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ । ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड (पर्खाल) बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो । डा. सुमित्रा अमात्य र डा. दिवस अमात्य दम्पतीले १ असोज २०७८ मा १५ आना ३ पैसा क्षेत्रफल रहेको घरजग्गा किनेको महानगरपालिकामा पेस भएको कागजातबाट देखिन्छ । घरजग्गा खरिद गरेपछि उनीहरूले पर्खाल बनाएका थिए । त्यसक्रममा मन्दिर र सम्पदाको जग्गा मिचिएको स्थानीयहरूको आरोप छ ।… पुरा पढौ

बलात्कार आरोप लागेका इन्सपेक्टर शिवाकोटी पुर्पक्षका लागि थुनामा

बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ जेठमा पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको  मुद्दा दायर गरेको थियो । बालिकालाई  काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार… पुरा पढौ

सहसचिब पनि भ्रस्टाचार मा जेल जाने भए

सर्वोच्च अदालतले भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालयमा इन्जिनियरको रूपमा कार्यरत सहसचिव अरुणकुमार रञ्जितकारलाई भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले सोमबार भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो । न्यायाधीशद्वय राउत र फुयाँलको संयुक्त इजलासले जेठ २० गतेदेखि निरन्तर सुनुवाइ गर्दै  निसु तोकेको  थियो । यसअघि  उक्त मुद्दामा बहस सकेर असार १० गतेसम्म दुवै पक्षबाट बहस नोट पेस गर्ने र १७ गते फैसला सुनाउने मिति तोकेको थियो  ।  विशेष अदालतले पनि… पुरा पढौ

इन्जिनियर जीवन प्रसाद अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली भन्दै अख्तियारले चलायो मुद्धा

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वर, काठमाडौंमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवन प्रसाद अधिकारीको शैक्षिक प्रमाणपत्र छानबिन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निजले भारतको कोलकतास्थित  The Institution of Engineers (India), Kolkata बाट Electronics & communication Engineering पास गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी इलेक्ट्रोनिक्स ओभरसियर साउण्ड (सहायक स्तर प्रथम प्रा.) पदमा नियुक्ति लिई हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर… पुरा पढौ

‘सूचना मागकर्ताको संरक्षणका लागि कानुन आवश्यक’

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना मागकर्ताको संरक्षणका लागि कानुन आवश्यक रहेको बताएका छन्।      असल शासन संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक कार्यान्वयनमा पत्रकारिता’ विषयक कार्यशालामा प्रमुख आयुक्त गुरुङले सूचना मागेकै कारण हाल चारजनाले  फौजदारी मुद्दा खेपिरहेका र उनीहरुको न्यायका लागि आयोगले  सहजीकरण गरिरहेको बताए। आयोग स्थापना भएको १७ वर्षमा सम्बन्धित कार्यालयमा माग गरिएका सूचना नपाएका कारण आयोगमा नौ हजार एक सय ७० पुनरावेदन प्राप्त भएकामा ९३ प्रतिशत फछ्र्र्योेट गरिएको उनले जानकारी दिए। ‘सूचनाको हक… पुरा पढौ

प्रवक्तालाई नै सूचना पाउन चुनौती

नेपालमा प्रबक्ता भन्दा सूचना अधिकारि जुनियर राख्ने प्रचलन छ यस्तो अबस्थामा प्रवक्ताको नै पहुँच सूचनामा नपुगेको अबस्थामा सूचना अधिकारीको कसरि पुग्ला र ??? सरकारका मन्त्रालय र संवैधानिक निकायका निर्णय पारदर्शी हुँदैनन् र सूचना लुकाइन्छ भन्ने आम नागरिकलाई लागिरहेका बेला सङ्घीय मन्त्रालयकै धेरै प्रवक्ताले समयमा सूचना पाउन नसकेको गुनासो गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको सङ्घीय मन्त्रालय र संवैधानिक आयोगका प्रवक्ताहरुको बैठकमा धेरैले आन्तरिक रुपमै सूचना प्राप्त गर्न कठिनाइ भइरहेको गुनासो गरे । प्रवक्ताले नै गुनासो पोखेपछि बैठकले… पुरा पढौ